६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपाको केन्द्रीय बैठक भोलिदेखि

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय बैठक भोलिदेखि मधेश प्रदेशको महोत्तरीमा सुरु हुँदैछ। मंसिर १३ गतेसम्म महोत्तरीको जलेश्वरमा सुरु हुने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा  प्रदेश सभापतिहरूको पनि सहभागिता रहने रास्वपाले जनाएको छ।

उक्त बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन प्रस्तुत हुने छ। 

त्यस्तै सांसदहरूको र संसदीय कार्यको समीक्षा, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने रास्वपाले जनाएको छ।  

प्रकाशित: १० मंसिर २०८० ०५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App