८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

संयुक्त राष्ट्रसंघको सदस्यता सम्बन्धी मेयर बालेनले लेखेको स्टासको सर्वत्र आलोचना

फाइल तस्बिर

नेपाल सम्वत् ११४४ को उपलक्ष्यमा काठमाडौ महानगरपालिका मेयर बालेन्द्र शाह बालेनले फेस बुक पेजमा राखेको स्टाटस प्रति धेरैले टिका टिप्पणी गरेका छन।  

मेयर साहले अस्ति आफ्नो फेसबुक पेजमा नेपाल सम्वत् ११४४ मा सम्पुर्ण नेपालीहरुलाई ११४४ नयाँ बर्षको हार्दिक मङलमय सुभकामना दिदै संयुक्त राष्ट्र संघले नेपाललाई सदस्यता दिन ढिलाई हुनुमा नेपालको आफ्नै भाषा, मुद्रा सम्पदा लिपी र छुट्टै संस्कृतिक नभएर स्वतन्त्र राष्ट्रको हैसियत नभएकोले आवदेन दिएको लगतै संयुक्त राष्ट्र संघले नेपाललाई सदस्यता नदिएको आसयको स्टाटस राखेका थिए। पछि काठमाडौं उपत्यकाका रैथाने नेपाल भाषा, रञ्जना लिपि तथा नेपाल सम्वत्लाई नेपालको मौलिक विशेषता मानेर सोही आधारमा संयुक्त राष्ट्रमा आवेदन दिएपछि मात्र नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो भनेर उल्लेख गरेका थिए । उनको यो स्टाटसलाई लिएर अहिले सबैतिर चर्चा परिचर्चा भईरहेको छ । उनले लेखेको  अस्ति  लेखेको स्टाटस यस्तो छ। 

‘नेपालले स्वतन्त्र देशको रुपमा संयुक्त राष्ट्र संघमा आवेदन गर्दा धेरै देशले यो भारतको एक प्रान्त ठान्दथे ।किनभने मुद्रा, भाषा, लिपि, सम्बत् नेपाल र भारतका एकै थिए । त्यसैले त्यसबेला भारत र सोभियत संघले नेपालले संयुक्त राष्ट्र संघमा सदस्यता हासिल गर्नमा अवरोध गरे । हुन पनि कुनै अलग देश बन्नलाई चाहिने अलग भाषा, संस्कृति, लिपि, सम्बत् आदि तत्कालीन नेपालले देखाउन सकेन । पछि काठमाडौं उपत्यकाका रैथाने नेपाल भाषा, रञ्जना लिपि तथा नेपाल सम्वत् लाई नेपालको मौलिक विशेषता मानेर सोही आधारमा संयुक्त राष्ट्रमा आवेदन दिएपछि मात्र नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो।

आज सोही नेपाल सम्वत् ११४४,  सम्पुर्ण नेपालीहरुलाई ११४४ नया बर्षको हार्दिक मङलमय सुभकामना ।न्हु दया भिन्तुना ।’

उनले लेखेको यो गम्भीर विषयका बारेमा सामाजिक सञ्जालमा सकरात्मक भन्दा नकरात्मक प्रतिक्रिया वढि भेटिएका छन।  

मेयर बालेन्द्र शाहको स्टाटसलाई रामकृष्ण शर्माले दिएको प्रतिक्रियो यस्तो छ,त्यतिबेला संयुक्त राष्ट्र संघ ??? के कुरो हो मेयरसाब यो, राष्ट्रसंघ बनेको १०० बर्ष पुगेको छैन, नेपालसंवत् १११४ पुगिसक्यो...जे भएपनि नेपाल संवत हाम्रो हो, शुभकामना ।

हरिहर न्यौपानेको प्रतिक्रिया भने यस प्रकारको छ, संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रको छुट्टा छुट्टै भाषा छ त? अलि सुचना पुगेनकी! सुचना राम्रो छ तर अधुरो भयो है!

सिरिष देवकोटाले चाही उनको स्टाटसलाई देशको संस्कृती, धर्म, परम्परा र रितिरिवाज नै पहिचान बोक्ने महत्वपूर्ण पक्षहरु हुन  आफ्नो बिर्सेर अरुको पहिचानलाई आत्मसात गर्नेहरु स्वाभिमानी र देशप्रेमी हुन सक्दैनन भनेर प्रतिक्रिया दिएका छन ।

त्यसैगरी उनको स्टाटसलाई इन्द्र विष्टले भारतको विक्रमादित्यले सुरु गरेको विक्रम संवतलाई नेपालको नयाँ बर्ष भनेर खुब खोक्नेहरु पनि छन् नि हैन मेयर साब भनेर प्रतिक्रिया दिएका छन । 

योगेन्द्र राजबंशीले मेयरको स्टाटसलाई यसरी प्रतिक्रिया दिएका छन । ‘बालेन दाइ हजुरको बुझाइ गल्ती हो । हाम्रो र भारतले प्रयोग गरिने भाषा देवनागरी मै छ । हामी भन्दा अगाडि नै भारतले दर्ता गरेको कारणले हामी पछि पर्यो । हो

लक्ष्मण घर्तीमगरले चाहि यस्तो प्रतिक्रिया दिएका छन ,हेलो बालेन ब्रो ! UN सदस्य हुन लिपिसिपी चाहिन्न यार । स्वतन्त्र देश भएको प्रमाण मात्र चाहिन्छ । सन १९४९ मा नेपाल UN सदस्य हुन खोज्दा सोभियत सङ भिटोले नपाको हो । रन्जना लिपी प्रयोग गरेकोले सदस्य भएको दस्तावेज छ? हेरौ न । फरक लिपी हुने हो भने US, UK, Canada, Australia, New Zealand आदिको कुन लिपी? स्पेनिस, पोर्तुगिस आदिको कुन लिपी?

भरत शाहले चाहि यसरी दिए  मेयर बालेनले लेखेको स्टास माथि प्रतिक्रिया  स्वतन्त्र देश भएको पनि प्रमाण चाहिँदैन थियो त्यो बेला। भारत आफै १९४५ मा UN को सदस्य भएको हो, स्वतन्त्र हुनुभन्दा अगावै !!

With due respect to नेपाल भाषा and नेपाल सम्वत्, यो प्रसंग एकदम बुझ्न गार्हो छ कि "स्वतन्त्र राष्ट्रको रूपमा मान्यता पाउन छिमेकी भन्दा भिन्न भाषा र लिपि आवश्यक थियो UN मा दर्ता गराउन" !

मलाई लाग्दैन यस्तो कुनै शर्त थियो भनेर। पुरै अरबमा एउटै भाषा र लिपि थियो, तिनीहरूलाई कुनै यस्तो अफ्ठ्यारो भएको थियो छुट्टै भाषा लिपि देखाउनुपर्ने?

१९२३ मा स्वतन्त्र राष्ट्रको मान्यता UN को संस्थापक राष्ट्र बेलायत द्वारा पाइसके पछि पनि यस्तो कुनै भाषा लिपिको आवश्यकता थियो र ?

सन्तोष खडेरीकाे प्रतिक्रिया यस्तो छ, ‘नेपालको संयुक्त राष्ट्रसंघ यात्राबारे विभिन्न समयमा मैले दुईवटा लेखहरु समेत लेखेको छु। त्यसमा नेपालले सदस्यता नपाउनुको कारणबारे उल्लेख गरिएको छ। त्यहाँ लिपि, भाषाको कहिल्यै कुनै प्रसंग नै उठेको थिएन यो सबै बेकारको कुरा हो।  ’

विराट अनुपमले लेखेको प्रतिक्रिया यस्तो छ , ‘ UN को दस्तावेजमा छैन । नेपाली दस्तावेजमा छैन । इतिहासकारको साइटेसनमा छैन । UN का स्थायी प्रतिनिधि भएर आउनेको जानकारीमा छैन । लौन बालेन ज्यू रन्जना लिपी नेपाली लिपी भएको आधार पेस गरेर मात्र नेपाल UN सदस्य भएको तथ्य पाउ... लौन रन्जनाकै कारण UN पुगेको दाबी गर्नेले प्रमाण देउ... ’

सनातन चौतारीले राखेको प्रतिक्रिया चाहि यस्तो छ ।

गलत,तथ्यहीन कुरा तपाईंले भने जस्तो UN वा कुनै आधिकारिक निकायबाट आफ्नै मुद्रा,भाषा,लिपि,सम्बत नभएको कारण भारत र सोबियत सङ्घले सदस्यता पाउन अबरोध गरेको पुष्टि,प्रमाण ल्याउन सक्नुहुन्छ?UN को सदय हुन त्यस्तो criteria पुरा गरेको हुनुपर्ने प्रमाण दिनुस त।नेपाललाई स्वतन्त्र रास्ट्रका रूपमा नभै आफ्नै protectorate state का रूपमा राख्ने भारतको चाहना हुँदा उस्कै lobbying बमोजिम सदस्यता नदिन रुसले veto लगाएको हो।किनकि सुरक्षा परिषदको veto वाला सदस्य नभएको कारण भारत आफैंले त सदस्यता रोक्न सक्दैनथ्यो।यसरी भुराजनीतिका कारण भएको भारत-रुसको कर्तुतलाई justify हुनेगरी सुरुमा सदस्यता पाउन नसकेको आफ्नै कमजोरीका कारण हो भन्दिने?यै हो तपाईंको रास्ट्रबाद?यै हो तपाईंको ईतिहास ज्ञान?देशको cosmopolitan city,राजधानीको मेयर भएर एउटा जातीय समुहलाई खुसी पार्नका लागि जे पायो त्यै लेखिदिने?ने.सं.११४४ को शुभकामना मात्रै भनेको भए के अर्को चोटि भोट पाइन्नथ्यो?

काठमाडौ महानगर पालिकाका मेयर बालेन्द्र शाह बालेनले यस अघि लेखेका विभिन्न लेखेका विभिन्न स्टाटस पनि विवादमा परेका थिए ।  

बालेन्द्र शाहले मेयर पद सम्हालेकै दिन आफ्नो चुनावी अभियानमा घोषणा गरे अनुसार महानगरपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गराए पनि चर्चा पाएका थिए ।  

मेयर निर्वाचित भएपछि बालेन्द्र शाह विवादमा परेको अर्को विषय थियो( काठमाण्डूको फोहोर व्यवस्थापन।त्यसबेला मेयर शाहले आफू फोहोर व्यवस्थापनको दीर्घकालीन व्यवस्थापनको उपायको खोजीमा रहेकोू भन्दै बरु केही समय फोहोर नै नउठाउने नीति लिएका थिए ।  

बालेन्द्र शाह विवादमा परेको अर्को घटना हो थापाथलीस्थित वाग्मती नदी किनारामा रहेको सुकुम्बासी बस्ती हटाउने उनको प्रयास।

यसरी अहिले चाहि उनले नेपाल सम्वतको उपलक्ष्यमा शुभकामना दिने क्रममा राष्ट्रसंघको सदस्यताका बारेमा लेखेको स्टासमा चाहि उनीअघि अनविज्ञ रहेका प्रतिक्रियाको आधारमा भन्न सकिन्छ। 

प्रकाशित: ३० कार्तिक २०८० ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App