१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेको चियापनमा पुगे काँग्रेस सभापति देउवा

तस्बिर: राजिव खत्री/नागरिक

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि एमालेको चियापन कार्यक्रममा सहभागी भएका छन्।

एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज (बुधबार) भइरहेको चियापनमा काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी भएका हुन्।

चियापान कार्यक्रममा यसअघि नै प्रधानमन्त्री लगायतका नेताहरु पनि सहभागी भएका छन्।

एमालेका तत्कालीन पहिलो अध्यक्ष मनमोहन अधिकारीको पालादेखि चियापान कार्यक्रम सुरु गरिएको हो। यो कार्यक्रममा सर्वसाधारणसहितलाई निम्ता दिइएको छ। 

प्रकाशित: १५ कार्तिक २०८० ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App