२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा बाहेकका दलहरुमा राणा शासन कायम छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुमा अझैपनि राणा शासन कायम रहेको बताएका छन्।

बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी बाहेकका दलहरुमा राणा शासन कायम रहेको बताएका हुन्। उनले अझै पनि दलहरुले आफ्नो मान्छेलाई भर्ति गर्ने गरेको बताए। राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा कायम रहेको उनको भनाइ छ।

काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग चिनजान भएपछि चिट्ठा पर्ने गरेको टिप्पणी गरे। उनले आफ्नो पार्टीमा राणा शासनको अन्त्य भएको भन्दै आफूलाई चिनेर केही नहुने बताए। त्यस्तै सभापति लामिछानेले इजरायलस्थित नेपाली दुतावासले गैर आवासीय नेपालीहरुले जति पनि काम गर्न नसकेको बताए।

उनले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ। समावेशी लोकतन्त्रभित्र आइपुगेका छौँ। तर रास्वपा बाहेकका दलहरुमा अझैपनि राणा शासन कायम रह्यो। जसले गर्दाखेरी मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्दाखेरी पनि आफ्ना मान्छेहरुले भर्ति पाउने, चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा कायमै रह्यो। हिजो राणा शासनमा पनि त हुक्के, बैठके, चाकडी गर्ने, तेल लगाउने मान्छेहरुलाई तिमीलाई यति जग्गा बिर्ता, तिमीलाई यहाँको सम्पती, तिमीलाई यो भनेर दिइन्थ्यो। के आज राजनीतिक दलहरुमा त्यही चिज कायम भएको होइन त? के शेरबहादुर देउवाजीलाई चिनेपछि काँग्रेसमा चिट्ठा लाग्दैन र? ओलीजीलाई चिनेपछि एमालेमा चिट्ठा पर्दैन र? प्रचण्डजीको नजिक हुन पाइयो भने त्यहाँ चिट्ठा लाग्दैन र? तर रवि लामिछानेलाई चिनेर चाहीँ केही पनि हुँदैन। विधि बनाइदिएका छौँ हामीले। त्यो राणा शासनलाई पार्टीको डकुमेण्टमा अन्त्य गरेका छौँ हामीले। चुनावमा उम्मेदवार हुनको लागि मलाई चिनेर केही हुँदैन। बरु घाटा हुन्छ। प्राइमरीबाट चुनिएर आउनुस् कसैलाई चिन्नै पर्दैन। इजरायलमा जति सक्रियतापूर्वक गैर आवासिय नेपाली साथीहरु खट्नु भएको छ। त्यो ढंगमा सरकारले पहुँच पु¥याएको छैन । सरकारसँग स्रोत छ, साधन छ, बजेट छ, कर्मचारीहरु छन्। अफिस छ। तर एउटा अभियन्ताले सिंगो दुतावासले गर्नसक्ने भन्दाबढी काम गरिरहेको छ।’

प्रकाशित: २५ आश्विन २०८० ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App