२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्रीपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले मन्त्रीपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्ने बताएका छन्।  

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भ्रष्टाचार नीतिगत र अनीतिगत भन्ने नहुने बताए। भ्रष्टाचार भ्रष्टाचार नै हुने भन्दै यसमा कुनै लेप लाग्नु नहुने उनको भनाइ छ। उनले कुनैपनि गलत कुरालाई अख्तियारले हेर्नसक्ने बताए।

उनले भने, ‘मन्त्रीपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्छ भन्ने हाम्रो पार्टीको मेरो लाइन हो। नीतिगत, योगत उगत भन्ने होइन। भ्रष्टाचार पनि नीतिगत र अनीतिगत भन्ने हुन्छ? भ्रष्टाचार भ्रष्टाचार मात्रै हुन्छ। कुनै लेप लाग्नु हुँदैन। हेर्नु हुँदैन भन्ने होइन। गलत चिज कुनैपनि छ भने हेर्नुपर्छ। जहिलेको पनि हेर्नुपर्छ । यो हाम्रो दलको कुरा हो।’

सभापति लामिछानेले वाइडबडी खरिद प्रकरण, नेपाल ट्रष्ट, ओम्नी, यति लगायतका प्रकरणहरुको अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न गरे। 

प्रकाशित: २४ आश्विन २०८० ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App