आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा समितिको भावी कार्य योजनाका बारेमा छलफल हुनेछ।
त्यस्तै बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एमबिबिएस अध्ययनरत एवं अनसनरत विद्यार्थीहरूको समस्याका सम्बन्धमा त्रि.वि. उपकुलपति, नेपाल मेडिकल काउन्सिल र त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थानसँग छलफल हुनेछ।
त्यस्तै बिहान ११ बजे नै बस्ने अर्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै दिउँसो १ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रति असन्तुष्ट जाहेर गर्दै आन्दोलनरत सरोकारवालाहरूसँग छलफल हुनेछ।
प्रकाशित: ७ आश्विन २०८० ०३:४३ आइतबार