८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

एमसिसी सैनिक र सुरक्षाको विषयसँग जोडिनु हुन्न: अध्यक्ष नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसीको विषय सुरक्षासँग जोडिन नहुने बताएका छन्।

उनले अमेरिकासँग देश विकासका लागि अनुदान मागेको बताउँदै यो सुरक्षासँग जोडिन नहुने बताए।

‘आजै मा मैले एमसिसीका विषयमा अमेरिकी धारणा र नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्ति अध्ययन गरेँ’ समाजवादी मोर्चाको वीरेन्द्रनगरमा भएको सन्देश सभालाई सम्बोधन गर्दै उनले भने, ‘एमसिसी कुनै सैनिक र सुरक्षाको विषयसँग जोडिनु हुन्न।’ 

उनले आफूहरू कसैको अनुचित सर्त नस्विकार्ने बताए। नेपालले आफूहरू असल परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै कुनै मुलुकको हुकुम र आदेश नमान्ने उनको भनाइ थियो।

उनले सडक, सदन र सरकारबाट जनतालाई सुशासनको प्रत्याभूति दिन मोर्चा गठन गरिएको बताए।

‘सरकारमा रहनेहरूले राम्रो काम गर्नुहोस्, जनताको विश्वास जित्ने काम गर्नुहोस्, तपाईंहरूले भ्रष्टाचार गरेको सुन्न नपरोस्’ उनले भने, ‘मोर्चामा जोडिएका जनप्रतिनिधिहरूलाई भ्रष्टाचार गर्ने छुट छैन। केही नमुना र नयाँ काम गरेर देखाउनुहोस्।’

उनले प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र गाउँ रनगरसभामा रहेका मोर्चाका नेता कार्यकर्ताहरूलाई जनताको आवाजलाई सम्बोधन गर्न आग्रह गरे।

प्रकाशित: १४ भाद्र २०८० १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App