१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रभावकारी ढङ्गले काम गर्न संसदीय समितिका सभापतिहरूलाई सभामुखको निर्देशन

सभामुख देवराज घिमिरेले संसदीय समितिहरूको कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सभापतिहरूलाई निर्देशन दिएका छन्।

बुधवार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरूसँग छलफल गर्दै सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढङ्गले अगाडी बढाउन निर्देशन दिएका हुन्। उनले समितिमा आउने विधेयकहरूलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुङ्ग्याउन पनि निर्देशन दिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘खासगरी आएका विधेयकहरू समितिमा गएको हुँदा अब आउने विधेयकहरू पनि समितिमै जाने छन्। समितिमा सरोकारवालाहरूसँग आवश्यकता अनुसार बस्ने उहाँहरूको कुराहरू सुन्ने। , सबै आ–आफ्नो समितिमा माननीयज्यूहरुले घनिभुत ढङ्गबाट दफावार छलफल गर्ने, छिटो टुङ्ग्याउने र सभामा ल्याउने कामका लागि विशेष अगाडी बढ्नुस् भन्ने कुराहरु सभामुखको तर्फबाट भन्ने काम भयो ।’

अर्थ समितिका सभापति सन्तोष चालिसेले बैठकमा समितिहरूले देशको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो सहि ढङगले काम गर्नुपर्ने विषयमा छलफल भएको बताए । उनले समितिले गरेका निर्णयहरू लाई कार्यान्वयन पनि गराउनुपर्नेमा बैठकले जोड दिएको बताए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बैठकमा समितिले हाल गरिरहेका कामहरू र विधेयकसँग सम्बन्धित कामहरूको कार्यप्रगतिको सम्बन्धमा छलफल भएको बताए।

उनले समितिको कामको प्रभावकारिताले नै संसदको प्रभावकारिता बढ्ने भएकाले सोही अनुरुप गम्भीरतापूर्वक समितिका काम, कारबाही अगाडी बढाउन सभामुखले निर्देशन दिएको उल्लेख गरे।

प्रकाशित: १३ भाद्र २०८० ०९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App