१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

‘एमसीसीको सम्बन्धमा सदनले पास गरेका विषय तलमाथि नहोस्’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी परियोजनाका सम्बन्धमा यसअघि सदनमा पास गरेका विषय तलमाथि हुन नहुने स्पष्ट पारेका छन्। 

मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै नेता नेपालले एमसीसी माथिको १२ बुँदे व्याख्यात्मक टिप्पणी कार्यान्वयन हुने बारे जनतालाई स्पष्ट पार्न प्रधानमन्त्री दाहाललाई सभाबाटै आग्रह गरे।

बुधबारदेखि लागू हुन लागेको भनिएको एमसीसी परियोजनाको सम्बन्धमा नेता नेपालले भने–‘एमसीसीका रहेका केही विषय सच्चाउनुपर्ने भएरै सच्चाइएको हो, हामीले सदनमा पास गरेका विषय तलमाथि नहोस्।’

विगतका सरकारबाट यो विषयमा गल्ती भएको उल्लेख गर्दै उनले भने ‘एमसीसीलाई अंग बनाएका छौं, नेपाल कुनै पनि सैन्य संगठनमा सहभागी हुन सक्दैन, नेपालको अधिकार सुरक्षित हुनुपर्छ, नेपालले अडिट गर्न पाउनुपर्छ।’

‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु नेपाली जनताको हित विपरीत भए जनतालाई जवाफ दिनुपर्छ, मोर्चालाई जवाफ दिनुहोस्, सम्झौतामा क्लियर हुनुपर्दछ’ नेता नेपालले भने।

नेपालका नेता, मन्त्री र प्रधानमन्त्रीलाई आफ्नो अनुकलमा लाग्ने गरी शक्तिकेन्द्रको धम्की आउने भन्दै त्यसबाट नडराउन प्रम दाहाललाई आग्रह पनि गरे।

‘नेपालका नेता, मन्त्री, प्रधानमन्त्रीलाई शक्ति केन्द्रका धम्की पनि आउँछन्, त्यसको मुकाबिला गर्नुपर्दछ, मैले पनि विभिन्न कालखण्डमा त्यो भोगेको छु त्यसमा प्रधानमन्त्री नडराउनुहोला’ नेता नेपालले भने।

उनले नेपालमा कम्युनिष्ट पार्टीहरुप्रति जनताको भरोसा उल्लेख गर्दै मोर्चामा रहेका तीन पार्टी कम्युनिष्ट नै रहेको र जसपाको पनि इतिहास कम्युनिष्ट नै भएको बताए। समाजवाद र परिवर्तनका लागि मोर्चाको स्पष्ट दृष्टिकोण भएकाले सबैतिर ऊर्जा थपिएको र यो मोर्चाले समाजवादको लक्ष्यका साथ काम गरेको नेता नेपालले बताए।

सबै प्रकारका विभेदको अन्त्य संगै आर्थिक समाजवादका लक्ष्यका लागि मोर्चामा रहेका ४ वटै दलको स्पष्ट धारणा बनेको भन्दै उनले अब देशव्यापी अभियान चलाउने र सरकार संचालनका लागि स्पष्ट दृष्टिकोण राखेको उल्लेख गरे।

प्रकाशित: १२ भाद्र २०८० १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App