१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

समाजवादी शक्तिका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतरा भएको छः माधव नेपाल

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रुपमा देखा परेको बताएका छन्।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले दलाल नोकरशाही पुँजीवाद र वित्तीय पुँजीवादले सर्वहारा श्रमजीवि नेपाली जनतालाई शोषण उत्पीडनको मारमा पारेको बताए। उनले देशको अर्थतन्त्रको विकासमा अनेकौँ, बाधा व्यवधान खडा भएको बताए। देशमा सुशासनको प्रत्याभुति गर्ने कुराहरुमा पनि अनेक व्यवधान खडा भइरहेको उनको भनाइ छ। प्रतिकुल काम गर्ने र अवरोधमुलक काम गर्नेहरुसँग जुध्नुपर्ने आवश्यकता रहेको उनले बताए।

उनले भने, ‘संविधानमा लेखिएका कुराहरु व्यवहारमा लागू गर्न बाँकी नै छ। यी सबै परिवेशमा विस्तृत डिस्कोर्सको आवश्यकता छ। विस्तृत छलफल बहसको आवश्यकता छ। अहिले समाजवादी शक्तिहरुका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रुपमा देखा परेको छ। यही दलाल नोकरशाही पुँजीवाद भन्नुहोस्, वित्तीय पुँजीवाद भन्नुहोस्, यसले सर्वहारा श्रमजीवि जनता आम नेपाली जनतालाई शोषण उत्पीडनको मारमा पारेका छन्। देशको अर्थतन्त्रको विकासमा अनेकौँ, बाधा व्यवधान खडा गरेका छन्। देशमा सुशासनको प्रत्याभुति गर्ने कुराहरुमा अनेक अवरोधहरु खडा गरेका छन् । ती सबै प्रतिकुल काम गर्ने, अवरोधमुलक काम गर्ने, ति प्रवृत्तिहरुका बिरुद्धमा हामीले जुध्नुपर्ने आवश्यकता छ।’

प्रकाशित: १० भाद्र २०८० ११:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App