१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बस्दै

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकको संयुक्त बैठक आज पनि बस्दै छ। सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति बनाउन आज सर्वदलीय बैठक बस्न लागेको हो।  

आज बिहान ११ बजे सर्वदलीय बैठक बस्न लागेको हो। सोमबार रातिको बैठकमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको थियो। सोमबारको सर्वदलीय बैठकमा उच्चस्तरीय समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव तयार पार्न एमालेका उपनेता सुवास नेम्वाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डे सहितको कार्यदल गठन गरिएको थियो। सो कार्यदलले  मंगलबार मस्यौदा तयार पारेको छ। तर सो मस्यौदामाथी छलफल भएर अन्तिम रुप दिन बस्ने भनिएको सर्वदलीय बैठक मंगलबार बस्न सकेन। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नै बैठकमा आएनन्।

अस्वस्थताको कारण देखाउँदै ओली नआउने बताएपछि आजसम्मको लागि बैठक स्थगित भएको थियो। आजको बैठकमा सहमति जुट्न सके आजै बस्ने प्रतिनिधि सभाको बैठकमा अवरोध नहुने एमालेले जनाएको छ। 

उच्च अदालतका वहालवाल न्यायाधिशको संयोजकत्वमा समिति गठन गर्ने, प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) को प्रतिवेदनले नसमेटेका विषयमा अध्ययन गर्ने, (सिआइवी) बाट सरकारी वकिलको कार्यालयमार्फत अभियोजन दर्ता गरेको भोलिपल्ट मन्त्रीपरिषद्बाट उच्चस्तरीय आयोग गठन गर्नेलगायतका विषय मस्यौदामा समेटिएका छन्। एमाले स्रोतका अनुसार कार्यदलको प्रतिवेदनमा एमाले अध्यक्ष केपी ओली असन्तुष्ट देखिएका छन्। त्यसमा आज बस्ने बैठकले केही संसोधन गर्ने सम्भावना रहेको छ।

प्रकाशित: ६ भाद्र २०८० ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App