५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आज

प्रस्तावित प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबार (आज) हुने भएको छ। संसदीय सुनुवाइ समितिको सोमबार बिहान साढे दस बजेपछि बस्ने बैठकले उनको सुनुवाइ गर्ने समितिले जनाएको छ। संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिमा उजुरी लिने काम भएको थियो। प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका छन्।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्ने जारी गरिएको अध्यादेशलाई पटकपटक साविकको व्यवस्था जगाउने ऐन ल्याइएको उल्लेख गर्दै वर्तमान संवैधानिक परिषद्सम्बन्धी ऐन पनि पछिल्लोपटक अध्यादेश जारी भएपछि जगाउनुपर्ने ऐन ल्याउनुपर्ने र संवैधानिक परिषद्को बैठकले सिफारिस गर्नुपर्ने भन्दै अहिलेको कानुन बमोजिम सुनुवाइ गर्न नमिल्ने उजुरी परेको छ।  

अन्य दुई उजुरीमा श्रेष्ठले बिचौलियको काम गरेको र सातवटा गम्भीर आरोप लागेका बैंकको किर्ते गरेका एक पीडक र देशको ठूलो संगठित अपराधमा संलग्न सेटिङ मिलाएर उम्काएको आरोप पनि उनलाई उजुरीमा लगाइएको छ।

प्रकाशित: ४ भाद्र २०८० ०१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App