२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सभामुखसहित शीर्ष नेताको बैठकमा जुटेन सहमति,भोलि पुनः बस्ने

सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित बसेको तीन दलको शीर्ष नेताको बैठक निष्कर्षविहीन सकिएको छ।

सिंहदरबारमा बसेको दोस्रो चरणको बैठकमा पनि सहमति बन्न नसकेको हो।

सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच दुईपटक छलफल भएको थियो।

बैठक निष्कर्षमा पुग्न नसकेपछि भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बस्ने सहमति भएको सभामुखको सचिवालयले जनाएको छ।

प्रकाशित: २२ श्रावण २०८० १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App