२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सक्रियता बढाउँदै सिटौला

नेपाली कांग्रेस तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौला पार्टीको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बने। तत्कालीन सभापति शुशील कोइरालाको निधनपछि संस्थापन पक्षबाट सभापतिको प्रत्यासी बनेका रामचन्द्र पौडेललाई नेतृत्व अस्वीकार गर्दै सिटौला पनि सभापतिको प्रत्यासी बने।

सिटौलाको उम्मेदवारीले पौडेल पार्टी नेतृत्वमा पुग्न रोकिए भने शेरबहादुर देउवालाई नेतृत्वमा पुग्ने ढोका खुल्यो। त्यससँगै सिटौला नेतृत्वमा रहेको समूहले कांग्रेसभित्र तेस्रो धारको मान्यता पायो। तर, पार्टीको १४औं महाधिवेशनसम्म आइपुग्दा सिटौला नेतृत्व समूहमा रहेका नेताहरूले साथ छाडे।

यसले गर्दा सिटौला १४औं महाधिवेशनमा शेरबहादुर देउवा समूहको सहयोगी जस्तो बन्न पुगे। आफूनिकट नेता प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारमा अघि सारेका सिटौलाले सभापतिमा देउवालाई साथ दिए। सभापतिमा शेरबहादुर देउवा निर्वाचित भए तर उनको समूहबाट महामन्त्री प्रत्यासी पौडेल पराजित भए। त्यससँगै सिटौलाको भूमिका पार्टी राजनीतिमा कमजोर हुँदै आएका थिए।

नेपाली कांग्रेस तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौला पार्टीको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बने।

तर, सभापति देउवासँग राम्रो सम्बन्ध भएकै कारण सिटौलाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा निकटहरूलाई उम्मेदवार बनाए। पार्टी महामन्त्रीमा अघि सारेका पौडेललाई काठमाडौं–५ बाट उम्मेदवार बनाए। उनले निर्वाचन जिते पनि। तर, झापा–३ बाट उम्मेदवार बनेका सिटौला आफू भने पराजित भए। त्यो पनि रातन्त्रको पक्षपाति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग। त्यसपछि सिटौलाको भूमिका पार्टीसँगै राष्ट्रिय राजनीतिमा पनि कमजोर बन्न पुग्यो। आफ्नो समूहबाट प्रतिनिधिसभामा निर्वाचित एक मात्र सदस्य प्रदीप पौडेलले पनि साथ छाडे। पौडेल पनि गगन कुमार थापाकै पक्षमा उभिएका छन्। त्यसमा सिटौला सन्तुष्ट छैनन्।

पार्टी राजनीतिमा पनि उनको सक्रियता घटेको थियो। तर, सिटौलाले फेरि पार्टी राजनीतिमा थप सक्रिय हुने संकेत गरेका छन्। आफूनिकटलाई ‘टक सेन्टर’मार्फत जोड्दै सिटौलाले गुट राजनीतिलाई तीव्रता दिने तयारी थालेका छन्।

पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनमा धेरथोरै भाग लिँदै आएका सिटौलाले आइतबार राजधानीमा संविधान कार्यान्वयन, जनप्रतिनिधिको भूमिकासम्बन्धी अन्तरक्रियामार्फत १३औं महाधिवेशनपछि स्थापित तेस्रो धार कायमै रहेको सन्देश दिने प्रयास गरेका छन्।

पार्टी राजनीतिमा पनि उनको सक्रियता घटेको थियो। तर, सिटौलाले फेरि पार्टी राजनीतिमा थप सक्रिय हुने संकेत गरेका छन्। आफूनिकटलाई ‘टक सेन्टर’मार्फत जोड्दै सिटौलाले गुट राजनीतिलाई तीव्रता दिने तयारी थालेका छन्।

१३औं महाधिवेशनमा सिटौला समूहबाट गगनकुमार थापा महामन्त्रीको प्रत्यासी बनेका थिए। सिटौला समूहबाट स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका थापाले १४औं महाधिवेशनमा उनको साथ छाडे। र, नेता शेखर कोइराला समूहबाट महामन्त्रीको प्रत्यासी बन्दै परिणाम आफ्नो पक्षमा पारेका थिए।

पार्टी केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसले शनिबारदेखि १० दिने अभियान सुरु गरेका बेला सिटौलाले संविधान कार्यान्वयनलाई दबाब दिन देशैभर अभियान चलाउने घोषणा गरेका छन्। सहमहामन्त्री उमाकान्त चौधरी, केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, कांग्रेस कोसी प्रदेश सभापति उद्धव थापा, भूपेन्द्र राई, पूर्वमन्त्री भीमसेनदास प्रधानसहितका नेतालाई साथमा लिएर सिटौला अघि बढ्न लागेका हुन्।

प्रकाशित: २२ श्रावण २०८० ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App