२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कतारका राजदूतले भने: पोखरा सिधा उडानका लागि ६ पटक पत्राचार गर्दा पनि जवाफ आएन

कतारका राजदूत युसुफबिन मोहम्मद अल–हेलले पोखरालगायतका बिमानस्थलमा सिधा उडानका लागि पाँच/छ पटकसम्म पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको गुनासो गरेका छन्।

शुक्रबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा हेलले पोखरालगायतका बिमानस्थलमा सिधा उडानका लागि कतारका एयरलायन्सहरूको चासो राखेर नेपाल सरकारका निकायमा पाँच/छ पटकसम्म पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको बताएका हुन्।

उनले नेपालले चासो राखेर अघि बढेमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नियमित उडान गर्न कुनै समस्या नरहेको बताए। 

प्रकाशित: २२ असार २०८० ११:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App