सिन्धुपाल्चोक – माओवादी केन्द्रबाट लिसंखुपाखर गाउँपालिका वडा नं. ३ मा महिला दलित सदस्यमा उम्मेदवारी दिएकी धनकुमारी बिक निर्विरोध निर्वाचित भएकी छिन् ।
त्यहाँ स्थापित निर्वाचन अधिकृतको कार्यालयले बिहीबार उनलाई निर्वाचित घोषित गरेको हो । उक्त पदमा अन्य एक दलित महिलाको मनोनयन परे पनि प्रक्रिया नपुगेकाले उम्मेद्वारी स्वतः रद्द भएपछि धनकुमारी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत बेदप्रसाद खरेलले बताए ।
उनका अनुसार उक्त वडाबाट कांग्रेसकी देवी शाक्यको मनोनयन परेको थियो । उनले दलित भएको प्रमाण पेश गर्न सकिनन् । त्यहाँ अरु पार्टीबाट उक्त पदमा मनोनयन पर्न सकेको थिएन । यसअघि मनोनयनकै दिन अरुको उम्मेद्वारी नपरेपछि एक नगर र दुई गाउँपालिकामा एमालेका दुई र कांग्रेसका एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रकाशित: २२ वैशाख २०७४ ०६:४८ शुक्रबार