८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रचण्डकै नेतृत्वमा देशमा शान्ति स्थापना भयोः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालकै नेतृत्वमा देशले समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना रहेको बताएका छन्।

शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री दाहालकै नेतृत्वमा संघर्ष भएको र शान्ति स्थापना भएको उल्लेख गेर। भुगोलका हिसावले सानो भएपनि नेपाल संस्कृति र भाषाका हिसावले सानो नभएको उनको भनाइ थियो।

उनले भने, ‘अब सुशासन कायम गर्नुपर्नेछ। प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ। उनकै नेतृत्वमा समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना छ। हाम्रो भुगोल सानो छ। उत्तर दक्षिणतर्फ हाम्रा ठूला देशहरु छन्। तर संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौँ। विविध संस्कृति र भाषालाई बुनेर एक बनाउनु पर्छ। साहित्य संस्कृतिमा तपाईहरुले योगदान गरिदिनुहोस् अब हामी सुशासनको पक्षमा, भ्रष्टाचारको बिरुद्धमा र समृद्धिको पक्षमा जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार छौँ।’

मन्त्री किराँतीले सुशासनको पक्षमा, समृद्धिको पक्षमा र भ्रष्टाचारको बिरुद्धमा सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको बताए।

प्रकाशित: ९ असार २०८० ०९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App