२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभामा आजदेखि नयाँ अभ्यास

प्रतिनिधि सभामा आजदेखि नयाँ अभ्यास सुरुवात भएको छ। प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधि सभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने अभ्यास सुरु भएको हो। कार्यव्यवस्था बैठकको निर्णयबाट यस्तो अभ्यास सुरु गरिएको हो।

मंगलबार दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको थियो। उनको निधनको शोकमा आज संघीय संसद् प्रतिनिधि सभाकाे बैठक स्थगित भएको छ।  

बुधबारको पहिलाे बैठककाे सुरूमै सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पेश गरेका थिए। शोक प्रस्ताव बहुमतले पारित भएपछि मौनधारण गरि मृतक मन्त्री सिंहप्रति हार्दिक श्रद्धान्जली अर्पण गरेर बैठक स्थगित भएको जानकारी दिएका थिए। सभामुख घिमिरेले आधा घन्टाको लागि बैठक स्थगित गरेका हुन्।  

अब बस्ने बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानून, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूचि रहेकाे छ। 

प्रकाशित: ६ असार २०८० ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App