५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेले चितवनमा नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुख तोक्यो

चितवन- एमालेले जिल्ला कमिटि चितवनले जिल्लाका पाँचै नगरपालिकाका मेयर उपमेयर र एक गाउँपालिकाको प्रमुख उपप्रमुखको उम्मेद्वारको नाम माथिल्लो समितिमा सिफारिस गरेको छ। जिल्ला समितिले नाम चयन गरेर अन्तिम निर्णयका लागि प्रदेश समितिमा पठाएको हो । सवै नगरपालिका मेयर उपमेयर र गाउँपालिकाका प्रमुख उपप्रमुखमा एक एकजनाको नाम सिफारिस भएको छ।

                तोकिएका नामहरु प्रदेशले निर्णय नगर्दासम्म अन्तिम भने नहुने र फेरबदल हुन सक्ने सम्भावना रहने एमालेका नेताहरुले बताएका छन् । एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र खड्काका अनुसार भरतपुर महानगरपालिकाका लागि मेयरमा थप एकजनासहित चारजनाको नाम केन्द्रमा सिफरिस भएको छ। केशवलाल श्रेष्ठ, देवि ज्ञवाली, विजय सुवेदी र उमा कार्कीको नाम भरतपुरको मेयरका लागि सिफसिर भएको छ ।

                भरतपुरको उपमेयरमा चक्र रुचाल, विद्या शर्मा र कल्पना सापकोटाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको उपाध्यक्ष खड्काले बताए। एमाले सचिव पार्वती रावलका अनुसार पुर्व सभासद् लालमणि चौधरीको नाम खैरहनी नगरपालिकाको मेयरका लागि सिफारिस भएको छ । चौधरी पहिलो संविधान सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर एकबाट निर्वाचित भएका थिए । उनी तत्कालिन खैरहनी गाविसका पनि पूर्व अध्यक्ष हुन्।

                खैरहनीमा एमाले चितवनका निवर्तमान अध्यक्ष जगन्नाथ थपलियाकी श्रीमती सुनिता थपलियाको नाम उममेयरका लागि सिफारिस गरेको छ । जिल्लाको दोस्रो ठूलो नगरपालिका रत्ननगरमा एमालेले नारायण वनलाई मेयर पदमा उठाउने भएको छ। वन विस २०५४ सालमा रत्ननगरमा मेयरमा विजयी व्यक्ति हुन्। रत्ननगरमा बिमला दुवाडीको नाम उपमेयरका लागि सिफारिस भएको छ।

                राप्ती नगरपालिकामा मेयरमा प्रभा बराल र उपमेयरमा इमानसिंह लामाको नाम सिफारिस भएको छ । कालिका नगरपालिकामा खोमनारायण श्रेष्ठ (गोपी) मेयर र कमला भट्टराई उपमेयरमा सिफरिस भएका छन् । श्रेष्ठ विस २०५४ सालको निर्वाचनमा हाल कालिका नगरपालिकामा गाभिएको साविकको शक्तिखोर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए।

                त्यस्तै माडी नगरपालिकाको मेयरमा नारदमणि पौडेल र उपमेयरमा तारा महतो थारुको नाम सिफारिस भएको छ । पौडेल विस २०५४ सालको निर्वाचनमा अहिले माडी नगरपालिकामा मिसिएको साविकको अयोध्यापुरी गाविसमा अध्यक्षमा निर्वाचित भएका थिए। एमालेले जिल्लाका पाँच नगरपालिकामध्ये चारमा विगतमा स्थानीय निकायमा प्रमुखकै रुपमा विजयी व्यक्तिहरुलाई दोहर्‍याएको छ।

                एमालेले जिल्लाको एक मात्र गाउपालिका इच्छाकामना गाउँपालिकाको प्रमुखमा नारायण अधिकारी र उपप्रमुखमा जुना राजभण्डारीको नाम सिफरिस भएको छ । जिल्लाका सातवटै स्थानीय तहमा ९८ वटा वडाहरु छन् । पाँच सातवटा बाहेक अरु सवै वडाहरुमा वडाध्यक्ष र सदस्यहरु पनि टुङ्गो लागेको उपाध्यक्ष खड्काले जानकारी दिए ।

               

 

प्रकाशित: १० वैशाख २०७४ ११:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App