५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

दाहालले दिए नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

बिहीबार हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा सम्बोधनको क्रममा दाहालले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

दाहालले दुई देशबीच बहुआयामिक क्षेत्रमा भएको सम्झौता  र समझदारीले दुई देशबीचको विकास र समृद्दिमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन्।

विशेषगरी विद्युत खरिद र उत्पादनका लागि भएको समझदारी र सम्झौताबाट आफू उत्साहित भएको पनि दाहालले बताए। चितवनमा संयुक्त रूपमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने दुई देशबीचको समझदारीबाट आफु र नेपाली जनता उत्साहित भएको पनि बताए।

प्रकाशित: १८ जेष्ठ २०८० ०८:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App