५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

चार दिने भ्रमणका लागि प्रधानमन्त्री दाहाल भारत प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।

बुधबार अपरान्ह नेपाल एयरलाइन्सको नियमित उडानबाट दाहाल नेतृत्वको टोली भारत प्रस्थान गरेका हुन्।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन्।

टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन्।

प्रधानमन्त्री दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्ने छन्।

प्रकाशित: १७ जेष्ठ २०८० ०७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App