२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

अनावश्यक क्षेत्रमा सरकारको खर्च धेरै: अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले सरकारले आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन्।

मंगलवार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै अध्यक्ष डा.राउतले यस्तो बताएका हुन्।

उनले सरकारले अहिलेसम्म मानव केन्द्रित भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको बताए। उनले विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको उल्लेख गरे।

उनले गलत विकास मोडलको अभ्यास गर्दा विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडकहरु भन्ने भाष्य कायम रहेको बताए। उनले प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था रहेको भन्दै यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भएपनि बनाउने तयारी गर्नु गलत भएको जिकिर गरे।

उनले भने, ‘प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था छ। यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भएपनि बनाउने तयारीमा छौं। नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौं। यता सरकार ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेका छौं। सडकमा प्रतिघण्टा १०० सवारी गुड्दैन त्यसलाई सरकार हेरक सडकलाई ४ लेन बनाउनुपर्छ भनेर लहलहीमा लाग्दैछौं। हामीले दशकौंदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएका छौं। विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडकहरु भनेको बुझियो। जसले अहिले हाम्रो हविगत यो भयो। सरकारले आगामी बजेट मानव केन्द्रित बजेट होस। मानव केन्द्रित विकासमा केन्द्रित नीति अवलम्बन गरेर बजेट बनाउनु होला।’

उनले सरकारले नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौ तर ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेको बताए। उनले सडकमा प्रतिघण्टा १०० सवारी नगुड्ने सडकलाई ४ लेन बनाउने भन्दै सरकार लैहीलैहीमा लागेको आरोप लगाए।

प्रकाशित: २६ वैशाख २०८० ०९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App