२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई क्यान्टनमेन्ट घोटालाकाण्डको फाइल खोल्न लिङदेनको चुनौति

फाइल तस्बिर।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन्।

आईतवार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताएका हुन्।

उनले सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपीहरुलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने बताएका हुन्।

उनले वाइडबडी काण्ड, ललिता निवास, एनसेल र क्यान्टनमेन्ट घोटालाकाण्ड भ्रष्टाचारको पनि फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह गरे।

उनले भने ‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन्। अहिले केही मानिसहरु पक्राउ परेका छन्। एकपछि अर्को उच्च पदस्थ मानिसहरुको नामहरु आइराखेका छन्। म यहीँबाट सरकारलाई भन्न चाहन्छु, यो छानविनको क्रम, यो कारबाहीको क्रम जसरी अगाडी बढेको छ। विगतका वाइडबडी काण्ड, ललिता निवास, एनसेल काण्ड जस्तै यो काण्ड सेलाएर जानु हुँदैन। यो देखाउनका लागि मात्रै हुनु हुँदैन। यदी पुष्पकमल दाहालले सुनियतका साथ, सुविचारका साथ यो कदम अगाडी बढाउनु भएको, यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीको यसमा समर्थन रहन्छ। र उहाँले यो मात्रै होइन फेरिपनि भन्छु अब वाइडबडी काण्डको फाइल खोल्नुपर्छ। एनसेलको फाइल खोल्नुपर्‍यो। ललिता निवास जग्गा प्रकरणको फाइल खोल्नुपर्‍यो। प्रचण्ड कति वर्ष सरकारमा बस्नुपर्ने हो राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहन्छ। क्यान्टनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के हो? फाइल खोलेर उनले त्यसलाई आफु चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्‍यो। तर भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण ग¥यो भने लामो समय पत्याइदैन यो कुरालाई।’

प्रकाशित: २४ वैशाख २०८० १०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App