२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अगामी हप्ता मधेश सरकार विस्तार हुने,जनमतलाई हटाउने तयारी

मधेश प्रदेश सरकारले आगामी हप्ता मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेको छ। मन्त्रिपरिषद्लाई पूर्णता दिन आइतबार सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु बीच छलफल हुने बताइएको छ।

जसपाको सरोज कुमार यादवको नेतृत्व सरकारमा चार मन्त्री र एक राज्यमन्त्रिसहित सहभागी रहेका नेकपा एमालेले सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद् अपूर्ण रहेको छ। संघीय सरकारको गठबन्धन फेरिएपछि त्यसको प्रभाव मधेश प्रदेशमा पनि परेको छ। एमाले सरकारबाट बाहिरिए लगत्तै संघीय सरकारमा रहेका दललाई प्रदेश सरकारमा सहभागी गराउने तयारी गरेका थिए। तर जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचनमा उम्मेदवारी दिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा निर्णय गर्न सकेका थिएन्।

बैशाख १० गते सम्पन उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित जसपा अध्यक्ष यादव शुक्रबार साँझ काठमाण्डौं पुगेर आईतबार संघीय गठबन्धनमा रहेका दलहरु कांग्रेस, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच मधेश प्रदेश सरकार विस्तारको विषयमा छलफल हुने बुझिएको छ।

प्रदेश सरकारमा एमाले पाएका मन्त्रालय कांग्रेसलाई दिने तयारी रहेको जसपाका एक प्रदेश सांसदले बताए। कांग्रेस र एमालेबीच एक सांदस घटीबढी छ । एमालेको २३ र कांग्रेसको २२ रहेको छ। कांग्रेस सँगै लोसपा र एकीकृत समाजवादीलाई पनि प्रदेश सरकारमा सहभागी गराउने तयारी रहेको छ।

शीर्ष नेताहरुबीच छलफल भएपछि मात्र प्रदेश सरकारमा सहभागीता बारे निर्णय हुने कांग्रेस मधेश प्रदेश सभापति कृष्णा यादवले बताए। उनले भने, ‘सकारमा जाने पक्का छ अर्का हप्ता कांग्रेस पनि मधेश सकारकामा सहभागी हुनेछ। यसअघि कांग्रेस सकारमा सहभागी नरहेपनि जसपाका सरोजकुमार यादव नेतृत्वको सरकालाई विश्वासको मत दिएको छ।

स्रोतका अनुसार दुई मन्त्रि र एक राज्यमन्त्रि सहित प्रदेश सरकारमा रहेका जनमत पार्टी सरकारबाट हटाउने निर्णय गठबन्धन दलले गर्न सकिने सम्भवाना अधिक रहेकोे छ।  

उपराष्ट्रपतिको निर्वाचनमा पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका जसपा रामसहाय प्रसाद यादव विरुद्ध जनमतले ममता झालाई उठाइएपछि जसपा र जनमतबीच दुरी बढेकै थिए। उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच झनै टसल बढेको छ।

जसरी पनि यादवलाई संसद छिर्न नदिने दाउमा रहेका राउतको प्रयासलाई असफल पार्दै यादव निर्वाचित भएका छन्। राउतले अघिल्लो निर्वाचनमा झिनौं मतान्तरले जसपाका रामसहाय यादवसँग पराजित भएका माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्र कुशवाहालाई जनमत पार्टीमा प्रवेश गराएर उम्मेदवार बनाइ यादवलाई रोक्न खोजेका थिए। तर यादवले अघिल्लो निर्वाचनमा मात्र तीन सय मतले पराजित जमतकका कुशवहाालाई पाँच हजार भन्दा बढी मतले हराएर संसद प्रवेश गरेका छन्।

उपराष्ट्रपति र उपनिर्वाचनमा जसपा विरुद्ध राउतले दिँदै आएको अभिव्यक्तिका कारण रुष्ट बनेका यादव जनमतलाई प्रदेश सरकारबाट हटाउने मुडमा छन्। जनमत र जसपा अढाई अढाई वर्ष प्रदेश सरकारको नेतृत्व गर्ने सहमति अनुसार सरकारमा सहभागी बनेका जनमतलाई पाँच महिनामै सरकारबाट बाहिरिनुपर्ने स्थिति बनेको छ।  

प्रकाशित: १५ वैशाख २०८० १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App