१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चितवन–२ : सर्वदलीय बैठक बस्ने तयारी

चितवन क्षेत्र नम्बर २ को मतगणनबारे निर्णय गर्न सर्वपक्षीय बैठक बस्ने तयारी भईरहेको छ।  

बैठक अहिले बिहान ८ बजे बस्ने सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए।

हिजो राती नै बैठक बसेर मतगणना गर्ने भनिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दल तयार नभएपछि बैठक आजका लागि सारिएको हो।

हिजो भएको उपनिर्वाचनमा चितवन–२ मा ६३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

चितवन–२ मानेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ , नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने  र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसहितका उमेदवार रहेका छन।  

प्रकाशित: ११ वैशाख २०८० ०१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App