२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

वायु प्रदुषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सांसद डाँगीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदुषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेकी छिन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वायु प्रदुषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने बताएकी हुन्।

काठमाडौं विश्वकै प्रदुषित सहरको पहिलो सूचिमा रहनु चिन्ताको विषय भएको उल्लेख गर्दै सांसद डाँगीले त्यसको नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरुबारे पनि सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताइन्।  

उनले भनिन्, ‘नयाँ वर्षको आगमनसँगै एउटा नयाँ चिन्ता आगमन भएको छ। काठमाडौं संसारकै प्रदुषित सहरको पहिलो सूचिमा परेको छ। काठमाडौंका एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाईल्याण्डको चियाङमाई सहर रहेको छ। यसरी काठमाडौं विश्वकै प्रदुषित सहरको सूचिमा पर्ने घटना पहिलो पटक भने होइन। केही वर्षयता यो क्रम निरन्तर देखा परिरहेको छ। त्यसैले वायु प्रदुषण नियन्त्रण र रोकथामका लागि अल्पकालिन, मध्याकालीन र दीर्घकालीन योजनाहरु के के बनाइएका छन? तिनको कार्यान्वयनको अवस्था के, कस्तो छ भन्ने सम्बन्धित निकायले सदनलाई जानकारी दिनका लागि सभामुखमार्फत अनुरोध गर्न चाहन्छु।’

सांसद डाँगीले काठमाडाैं प्रदुषित हुँदै जाँदा पनि सरकारले यसको नियन्त्रण र रोकथामका लागि प्रयास नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन्। 

प्रकाशित: ५ वैशाख २०८० ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App