२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीबाट राज्यमन्त्री बनेकी नन्दा चपाईंले लिइन् सपथ

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले शपथ लिएकी छिन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्री चपाईंलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

एकीकृत समाजवादीको राष्ट्रियसभा सदस्य नन्दा चपाईंलाई प्रधानमन्त्री पुष्पकमल दाहालले आजै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त गरेका हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए।

प्रकाशित: ३ वैशाख २०८० ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App