२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

राजतन्त्र फर्काउन सक्रियता बढ्यो, सबै संगठीत हुनुपर्छ: अध्यक्ष नेपाल

फाइल तस्बिर

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिले देशमा मुख्य चुनौती प्रतिगमनको रहेको बताएका छन्। उनले प्रतिगमनविरुद्ध लड्न सबै शक्ति संगठित हुनुपर्ने बताए।

‘सबै परिवर्तनकारी शक्ति संविधान, संघीयता र राष्ट्रियताको पक्षमा जुटनुपर्छ,’ इटहरीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘तर, अहिलेको प्रमुख चुनौती प्रतिगमन हुन पुगेको छ। राजतन्त्र फर्काउने समूहको सक्रियता बढेको छ। यसमा सवै परिवर्तनकारी शक्ति जुटनु पर्छ।’ उनले अहिलेको गठबन्धन विगतमा भएको त्रृटिलाई सच्चाएर अघि बढेकाले गर्दा गठबन्धन नभत्किने जिकिर गरे।

‘पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल बाध्यतामा परेर एमाले अध्यक्ष केपी ओलीको फन्दामा परेपनि त्यसपछि मैले काँग्रेससँग कुरा गराएर अहिलेको गठबन्धन बनाएकोमा कोर्स करेक्सन गरेर अघि बढेकाले गर्दा समस्या आउँदैन,’ उनले प्रस्ट्याए।

नेता नेपालले देशमा भ्रष्टाचार मौलाएको र अन्य थुप्रै वेथिति बढेकाले गर्दा सही ढंगले अघि बढाउन आफूले सकारात्मक भूमिका खेल्ने र देशको अर्थ व्यवस्था सुधार गर्न पनि सरकारले गम्भीर ध्यान दिनुपर्ने बताए। ‘हाम्रो देशको अर्थतन्त्र राम्रो छैन, विश्वको अर्थतन्त्र पनि राम्रो छैन, अझ पछिल्लो समय युक्रेनको युद्दले गम्भीर बनाएको छ,’ उनले भने, ‘बैकिङ् सेक्टरको समस्यमा समाधान गर्नका लागि पनि सरकारले कदम चाल्नेछ।’

उनले  कोशी प्रदेश नामकरण पश्चात चर्र्किएको आन्दोलन जायज नभएको बताए। ‘अहिले नाम पास भइ सकेको अवस्थामा थालिएको आन्दोलनले जातिय द्दन्द भड्किनेछ,’ उनले भने। साझा पहिचानको मुद्दालाई पार्टीले सधैँ समर्थन गर्ने उनले बताउँदै प्रत्येक जातजातिको पहिचानलाई सम्मान गर्नुपर्ने बताए।  

कोशी प्रदेश नामकरण गरिएको विषयमा नेकपा एसका प्रदेश सांसदहरूले भने असन्तुष्टि जनाएका थिए।

प्रकाशित: २९ चैत्र २०७९ ०८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App