५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

उपत्यका मेयर्स फोरममा चिरीबाबु महर्जन

फाइल : तस्विर

उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन भएका छन।

 काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका तथा नगरपालिकाका प्रमुख रहने  सो  फोरमको उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, महासचिवमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, सचिवमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, कोषाध्यक्षमा  तारकेश्वरनगरपालिकाका प्रमुख कृष्णहरि महर्जन र सहसचिवमा मध्यपुरथिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ चयन भएका छन।

बिहीबार सम्पन्न फोरमको बैठकले नयाँ कार्यसमिति चयन गर्दै उपत्यकामा प्रवेश गर्ने प्रमुख नागढुङ्गा नाकामा ‘अटोमेटिक भेहिकल डिटेक्सन एन्ड मनिटरिङ सिस्टम’ जडान गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। यसका लागि करिब दुई करोड लगानी आवश्यक पर्ने जनाइएको छ।

प्रकाशित: २४ चैत्र २०७९ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App