२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौंः उपप्रधानमन्त्री खड्का

फाइल तस्बिर।

नवनियुक्त उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिबद्धता जनाएका छन्। 

शुक्रवार पद तथा गोपनीयताको शपथग्रहण गरेपछि मन्त्रालयको कार्यभार सम्हाल्दै सिंहदरबारमा उनले यस्तो बताएका हुन। 

मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्त्वपूर्ण मन्त्रालय भएकाले सम्बन्धित सबै पक्षहरूसँगको छलफलबाट आफू अघि बढ्ने बताए। उनले सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने बताए।

खड्काले न्यूनतम साझा कार्यक्रम अबको केही दिनमा नै ल्याउने बताउँदै न्यूनतम साझा कार्यक्रमबाट नै सरकारका प्राथमिकताहरू, सरकारका महत्त्वपूर्ण नीतिगत सुधारका कामहरू अघि सार्ने बताए।

उनले भने, ‘यो मन्त्रालय महत्त्वपूर्ण छ, यसलाई बुझेर नै मैले आफ्ना कामहरू प्रधानमन्त्रीज्यूको निर्देशनमा रक्षा मन्त्रालयका अधिकारीहरू, नेपाली सेनाको प्रधानसेनापति लगायत सम्पूर्ण सम्बन्धित व्यक्तिहरूसँग छलफल गर्नेछौँ। हामी सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर जानेछौँ। हामीले न्यूनतम साझा कार्यक्रमको तयारी गर्दै छौँ। मस्यौदा तयार भएको छ। सरकार बिस्तार गर्ने काम लगभग सम्पन्न भएको छ। केही दिन भित्रमा नै न्यूनतम साझा कार्यक्रममार्फत ल्याउनेछौँ। सरकारको न्यूनतम साझा कार्यक्रम केही दिन भित्रमा नै सार्वजनिक गर्छौँ। त्यसबाट नै सरकारका प्राथमिकताहरू, सरकारका महत्त्वपूर्ण नीतिगत सुधारका विषयहरू, लगायत समग्र विषयमा हामी केन्द्रित हुनेछौँ।’

मन्त्री खड्काले अबको केही दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याइ देशको सम्पूर्ण परिस्थितिमा केन्द्रित हुने बताए।

प्रकाशित: १७ चैत्र २०७९ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App