२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

गृहमन्त्रीको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री दाहालको हो: उपाध्यक्ष महरा

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताएका छन्।

सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्। उपाध्यक्ष महराले प्रधानमन्त्री दाहालले निर्णय गर्ने विषय भएकाले त्यसलाई पार्टी भित्र प्रवेश नै नगराइएको जिकीर समेत गरे। उनले भने, ‘गृह मन्त्रीको विषयमा प्रवेश नै गरिएन। यो सरकारको विषय हो। गृहमन्त्री को हुन्छ, को हुन्न? भन्ने कुरा उहाँले टुंगो लगाउने कुरा हो। यो पार्टीले टुंग्याउने कुरा होइन। स्थायी कमिटीमा त्यो विषयमा पर्सी छलफल होला।’

सर्वोच्च अदालतले आदेश दिएपछि गत शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफनो पद गुमाएका थिए। सोही पदमा कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री दाहालले आवश्यक निर्णय गर्नु भएको छैन भने लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो जिम्मेवारीमा रहेको भन्दै सो मन्त्रालयमा दावी नछाडने जनाएको छ। 

प्रकाशित: १६ माघ २०७९ १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App