१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

धुम्बाराहीमा काँग्रेस पदाधिकारी बैठक शुरु, सभामुखको विषयमा छलफल हुँदै

नेपाली काँग्रेसको पदाधिकारी बैठक शुरु भएको छ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुरु भएको हो। आज (बुधबार) को बैठकमा सभामुखको निर्वाचन तयारीको विषयमा छलफल हुने बताइएको छ। संसदमा आज सभामुख मनोनयन दर्ता गर्ने कार्यसूची छ। सभामुखको उम्मेदवार कसलाई उठाउने भन्ने बारेमा काँग्रेस पदाधिकारी बैठक बसेको हो। काँग्रेसले सभामुखको उम्मेदवार बनाइसकेको छैन। पार्टीले उम्मेदवारी नदिएको खण्डमा पनि कसलाई समर्थन गर्ने भन्ने बारेमा छलफल हुनेछ।

प्रकाशित: ४ माघ २०७९ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App