२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

मधेसका मुद्दाको सम्बोधन नगरी संमृद्धि र एकता संभव छैनः उपेन्द्र यादव

काठमाडौं– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा उठेका मुद्दालाई सम्बोधन नगरी राष्ट्रिय एकता र संमृद्धि दुबै प्राप्त नहुने बताएका छन्।

व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नयाँ संविधाका विषयहरुमा मधेसमा असुन्तुष्टि जनाइरहँदा संविधानसभाले बहुमतका आधारमा नयाँ संविधान जारी भएकोले त्यो सर्वस्वीकार्य हुन नसकेको उनले बताए ।

मधेस आन्दोलनका घाइतेको उपचार,मृतक परिवारलाई क्षतिपुर्ति, संविधान संशोधनलगायत विषयमा सहमति जनाएकोले नै आफूहरुले कांग्रेस–माओवादी गठबन्धन सरकारलाई समर्थन गरेको उनले बताए।
मधेस मुद्दा समाधान हुन्छन् भन्ने आशा अब मधेसमा जागेको उनले बताए । ९ वर्षपछि ९ महिनाका लागि प्रधानमन्त्री हुन लागेका पुष्पकमल दाहालका काँधमा पनि अनेकौं जिम्मेवारी रहेको उनले बताए।

‘वर्षैपिच्छे सरकार परिवर्तन गर्ने परम्पराले मुलुकलाई आर्थिक रुपमा कमजोर मात्रै नभई दरिद्र नै बनाएर छोड्ने छ,’ उनले भने, ‘अब त पुष्पकमल दाहालले पनि संसदीय सत्ता पलटको अनुभव बटुलिसक्नु भएको छ। र त्यही अनुभवका आधारमा उहाँ जिम्मेवारी पूरा गर्ने तयारीमा हुनुहुन्छ।’

 

प्रकाशित: १९ श्रावण २०७३ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App