८ वैशाख २०८१ शनिबार
राजनीति

सुदूरमा कांग्रेस अगाडि, एमाले पछ्याउँदै

सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभा सदस्यका १६ पदका लागि भएको निर्वाचनमा ५ स्थानमा नेपाली कांग्रेस अगाडि छ भने नेकपा एमाले पछ्याउँदै गइरहेको छ।अहिलेसम्म डडेलधुरामा शेरबहादुर देउवा, अछाम–२ मा पुष्प शाह, दार्चुलामा दिलेन्द्रप्रसाद बडू, कञ्चनपुर–२ मा एनपी सावद, कञ्चनपुर–३ मा रमेश लेखकले अग्रता लिएका छन्।यस्तै नेकपा एमालेबाट कैलाली–४ बाट लेखराज भट्ट, कैलाली–५ बाट नारदमुनि राना, कञ्चनपुर–१ बाट तारालामा तामाङ र बैतडीमा दामोदर भण्डारी अगाडि छन्।

डोटीबाट नेकपा (एकीकृत समाजवादी) का प्रेमबहादुर आले र अछाम–१ का शेरबहादुर कुँवरले अग्रता लिएका छन्।यस्तै भर्खरै स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले १ स्थानमा जीत हासिल गरेको छ भने २ स्थानमा अग्रता लिएको छ।कैलाली–३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका हुन्।यस्तै नागरिक उन्मुक्ति पार्टीले कैलाली–१ र कैलाली–२ मा अग्रता लिएको छ ।

 

प्रकाशित: ७ मंसिर २०७९ ००:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App