३ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम निर्वाचनः दुई मन्त्री र पूर्व मन्त्रीद्वारा मतदान

श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवरले अछामको चौरपाटी गाउँपालिका–४ पायलस्थित बैजनाथ मावि मतदान केन्द्रमा मतदान गरेका छन्। नेकपा (एकीकृत समाजवादी) का नेता मन्त्री कुँवर अछाम निर्वाचन क्षेत्र नं १ बाट सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।  

त्यसैगरी दार्चुलाबाट सत्ता गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले मतदान गरेका छन्। उनले सदरमुकाम खलंगास्थित अपिनाम्पा संरक्षण क्षेत्र परिसरको मतदान केन्द्र ‘क’ बाट मतदान गरेका हुन्।  

त्यस्तै एमालेका नेता डा भीम रावलले पनि आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदान गरेका छन्। उनले अछामको चन्दोदय आधारभूत विद्यालय भागेश्वर मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।  अछामका दुईवटै निर्वाचन क्षेत्रमा स्वच्छ र मर्यादित तवरले मतदान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए। 

प्रकाशित: ४ मंसिर २०७९ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App