२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

बाँकेका सबै केन्द्रमा ‘शान्तिपूर्ण’ मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत आइतबार बाँकेका सबै केन्द्रमा ‘शान्तिपूर्ण’ रुपले मतदान कार्य चलिरहेको छ। मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बिहान ७ बजेदेखी सबै केन्द्रमा मतदान सुरु भएको जानकारी दिए। ‘सबै केन्द्रमा शान्तिपूर्णक मतदान कार्य सुरु भएको छ, अहिले सम्म शान्तिपूर्ण रुपले चलिरहेको छ,’ उनले नागरिकसँग भने।  

मतदान कार्य बेलुका ५ बजेसम्म चल्नेछ। बाँकेमा कुल ३ सय ८० वटा मतदान केन्द्र राखिएको छ। मतदानमा उत्साहजनक सहभागिता रहेको मुख्य निर्वाचन अधिकृत महराले बताए।  

बाँकेका ३ वटा क्षेत्रमा निर्वाचन सम्पन्न गराउन ३ हजार ४० जना कर्मचारी खटिएका छन्। यसैगरी जिल्लाभर ४ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन्। ३ वटा निर्वाचन क्षेत्रमा १ सय ३८ वटा मतदान स्थल राखिएको छ। क्षेत्र नम्बर १ मा १ सय ३७, क्षेत्र नम्बर २ मा १ सय १३ र क्षेत्र नम्बर ३ मा १ सय ३० वटा मतदान केन्द्र राखिएको छ।  

निर्वाचनमा जिल्लाभर कुल ३ लाख ३२ हजार २ सय ३१ जनाले मताधिकार प्रयोग गर्दैछन्। यसमध्ये १ लाख ६८ हजार ८ सय ५३ जना पुरुष र १ लाख ६३ हजार ३ सय ६९ जना महिलाले मतदान गर्ने भएका छन्। बाँकेको क्षेत्र नम्बर १ मा सबैभन्दा बढी १ लाख २१ हजार १ सय मतदाता रहेका छन्। त्यसपछि दोस्रोमा क्षेत्र नम्बर ३ मा १ लाख १३ हजार ३ सय २२ तथा क्षेत्र नम्बर २ मा ९७ हजार ८ सय ९ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

बाँके प्रदेश सभा १ (१) मा ५५ हजार ८ सय ४५ र प्रदेश सभा १ (२) मा ६५ हजार २ सय ५५ जना मतदाता छन्। यस्तै प्रदेश सभा २ (१) मा ५० हजार ३ सय १३, प्रदेश सभा २ (२) मा ४७ हजार ४ सय ९६ मतदाता रहेका छन्। यसैगरी प्रदेश सभा ३ (१) मा ६१ हजार ५ सय ९६ र प्रदेश सभा ३ (२) मा ५१ हजार ७ सय २६ जना मतदाता छन्।  

प्रकाशित: ४ मंसिर २०७९ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App