भीष्म उप्रेती बहुआयामिक व्यक्तित्व हुन्। उनका कविता, निबन्ध र नियात्राका डेढ दर्जन कृति प्रकाशित छन्। विदेशमा समेत चर्चित छन् उनी। उनका रचना अंग्रेजी, हिन्दी, तमिल, जापानी, कोरियाली, सर्बियाली, स्लोभेनियाली, सिंहली र संस्कृत भाषामा अनुवादित छन्। अनि केही पुस्तक जापानी, हिन्दी, अंग्रेजी र सर्बियाली भाषामा प्रकाशित छन्।
‘द विङ्स’ नामक समकालीन कविताको अन्तराष्ट्रिय जर्नलका सम्पादक समेत रहेका उप्रेती अथक साहित्य साधक हुन्। भर्खरै पाठक माझ उनले नयाँ निबन्ध संग्रह ‘तपाईंको पहाड कहाँ हो रु’ ल्याएका छन्। ‘तपाईंको पहाड कहाँ हो रु’ भनेर सोध्नेहरूलाई उनको जवाफ हुन्छ–‘ताप्लेजुङको फूलबारी।’ खासमा उनी शनिश्चरे, झापामा जन्मे÷हुर्केका। त्यहीँ उनको नाभी गाडिएको थियो। उनका हजुरबुबा शनिश्चरे सरेका थिए।
यसरी उनको नयाँ कृतिका १७ वटा निबन्ध रसिला छन्। पुस्तकमा आत्मपरक र व्यक्तिपरक निबन्ध छन्।
शिखा बुक्सले छापेको पुस्तक हालै काठमाडौंमा लोकापर्ण गरियो। साहित्यकारहरू रोशन शेरचन, गोविन्द गिरी ‘प्रेरणा’, गीता त्रिपाठी र उप्रेती स्वयंले पुस्तक लोकापर्ण गरे। पुस्तकका निबन्धले मन छोएको प्रतिक्रिया दिए निबन्धकार शेरचनले। लोकापर्णमा अर्का वक्ता ‘प्रेरणा’ले पुस्तकका व्यक्तिपरक निबन्ध धेरै मन परेको बताए भने त्रिपाठीले समकालीन निवन्धमा उप्रेतीका सृजना अब्बल भएको ठोकुवा गरिन्। ‘उप्रेतीका निबन्ध कवितात्मक छन्’, उनले भनिन्।
उप्रेती राम्रा कवि पनि हुन्। त्यसको प्रभाव निबन्धमा पर्नु स्वाभाविकै हो। विगतमा उनले कविताबाटै विभिन्न पुरस्कार पाए। विविसी युवा कविता प्रतियोगिता ०४९ तथा राष्ट्रिय कविता महोत्सव ०५० मा उनी पहिलो भए। त्यसबाहेक उनले उत्तम शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, शंकर लामिछाने युवा निबन्ध पुरस्कार, कुमार सरस्वती उत्कृष्ट साहित्य सृजना पुरस्कार, ससिद्धि कलाश्री युवा पुरस्कार प्राप्त गरेका छन्। साथै भारत एयिाली साहित्य एकेडेमी नयाँ दिल्लीबाट क्रियटिभ अवार्ड–२०१४ पाएका छन्। उनको सृजना यात्रा सुखद् भविष्यतिर डोरिएको छ। शुभकामना उप्रेतीलाई।
प्रकाशित: २१ वैशाख २०७६ ०६:२८ शनिबार