७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्य

किन डिप्रेसनमा परिन दीपिका ?

थुप्रै विवादपछि प्रदर्शनमा आएको बलिउड फिल्म ‘पद्मावत’मा रानी पद्मिनी र चर्चित फिल्म ‘बाजिराओ मस्तानी’मा मस्तानीको भूमिका निर्वाह गरेकी बलिउडकी हटकेक नायिका दीपिका पादुकोण डिप्रेसनसँग जुधिसकेकी छन् । जब उनी बलिउडमा सबैभन्दा धेरै मागमा रहेकी नायिकाको रूपमा आफूलाई स्थापित गर्दै थिइन्, त्यतिबेला उनी चिन्ता र डिप्रेसनसँग जुधिरहेकी थिइन्।

हालै मात्र भग म्यागजिनलाई दिएको अन्तर्वार्तामा यी ३२ वर्षीया हटकेक नायिकाले किन आफ्नो अप्ठेरो समयबारे बोल्नु जरुरी छ भन्ने कुरा बताएकी छन्। 

म डिप्रेसनसँग जुध्न सकिरहेकी थिइनँ, किनभने मैले यो कुरा कसैलाई सुनाउन सकिरहेकी थिइनँ । ज्वरो आएका बेला बरु मानिसलाई आफूलाई के भइरहेको छ भनेर भन्न सकिन्छ तर डिप्रेसनसँग जुध्दा आफूभित्र के भइरहेछ भनेर अरुलाई बुझाउन सकिँदैन।

‘विभिन्न कारण मानसिक रोगसँग सम्बन्धित भेदभाव हामीकहाँ छन्, जसबारे मान्छेहरू बोल्न चाहँदैनन् । मैले यसबारे कुराकानी गर्न चाहनुको पछाडि धेरै कारण छन् । एक, यसले मेरो जीवनलाई थुप्रै तरिकाले रूपान्तरण गरेको छ । यो मेरो जीवनको सबैभन्दा कठिन क्षण थियो तर मैले यसलाई सामना गरेँ । मलाई डिप्रेसनले आफ्नो जीवनबारे बुझ्न सघायो,’ दीपिकाले भनेकी छन्, ‘म डिप्रेसनसँग जुध्न सकिरहेकी थिइनँ, किनभने मैले यो कुरा कसैलाई सुनाउन सकिरहेकी थिइनँ । ज्वरो आएका बेला बरु मानिसलाई आफूलाई के भइरहेको छ भनेर भन्न सकिन्छ तर डिप्रेसनसँग जुध्दा आफूभित्र के भइरहेछ भनेर अरुलाई बुझाउन सकिँदैन । म काममा जान्थेँ तर मैले अरुलाई भन्न सक्दिनथेँ। कहिलेकाहीँ मलाई सञ्चो छैन भनिदिन्थेँ । मेरा लागि डिप्रेसनको ठूलो अंश भनेको मेरो आफ्नै अनुभव थियो।’ 

डिप्रेसनका बेला आफूले के भोगेँ भन्ने दुनियाँसामु बताउँदा अरुलाई पनि यसमा सजग रहन सहयोग पुग्ने उनको भनाइ छ।
उनले भनेकी छन्, ‘जब म डिप्रेसनबाट बाहिर आउँदै थिएँ, मैले चाहेको पहिलो कुरा भनेको सास फेर्न सकुँ भन्ने थियो । संसारलाई आफ्नो अनुभव सुनाउनु पनि थियो।’ 

दीपिकाले ‘थ्रु दी लिभ लभ लाफ फाउन्डेसन’ नामक गैरसरकारी संस्था सञ्चालन गर्छिन्, जसले डिप्रेसनसँग जुधिरहेका व्यक्तिलाई सहयोग गर्छ।

‘मलाई अहिले लाग्छ, म संसारको जुन कुनामा गए पनि मानिसहरूले मलाई कुनै समयमा डिप्रेसन भएको व्यक्ति भनेर चिन्छन् । म स्वतन्त्र महसुस गर्न सक्छु । मैले केही लुकाइरहेको जस्तो मलाई लाग्दैन,’ उनले अन्तर्वार्तामा भनेकी छन्।
हिन्दुस्तान टाइम्सबाट साभार 

प्रकाशित: २७ माघ २०७४ ०३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App