७ वैशाख २०८१ शुक्रबार
विचार

विश्व शान्तिमा नेपाली सेना

द्वन्द्वरत देशहरूमा नेपालले पुर्‍याएको योगदान संसारका शक्तिशाली, वैभवशाली, शान्तिकर्मी राष्ट्रहरूले नजिकबाट हेरिरहेकाले नेपाललाई ती देशमा आफ्नो शान्तिप्रति प्रतिबद्धताको छवि विस्तार गर्ने अवसर पनि मिलेको छ।

परिवेश

लामो समयदेखि नेपाललाई सानो देश, कमजोर देश, गरिब देश भनेर नकारात्मक मान्यताबाट प्रस्तुत गरिएका कारण यसको सकारात्मक पक्ष ओझेल परेको छ। के नेपाल अहिले एकांकी रूपमा नकारात्मक रूपले प्रस्तुत गरिएकोजस्तो मात्र हो त ? ऐतिहासिक तथ्य र प्रमाण तथा वर्तमानको यथार्थले पनि यस्तो हैन भन्ने प्रयाप्त आधार दिन्छ।

आधुनिक नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाह (११ जनवरी १७२३–११ जनवरी १७७५) को रणनीति र चिन्तनको अध्ययन गर्दा उनलाई त्यो समयको अत्यन्त सफल रणनीतिकार भन्न सकिन्छ। उनले दिव्योपदेशमा उल्लेख गरेका दृष्टिकोण र अपनाएका रणनीति फ्रान्सको सैन्य रणनीतिकार तथा राजनीतिज्ञ नेपोलियन (१७६९–१८२१) तथा सैनिक सिद्धान्तकार कार्ल भोन क्लाउसेउइट्स (१७८०–१८३१), दोस्रो युद्धताका मरुभूमिको फ्याउरो (डिजर्ट फक्स)का नामले चर्चित इखिन रोमेल (१८९१–१९४४) वा अमेरिकी व्यापारी जोन डि रकफेलर (१८३९–१९३७) जस्ता रणनीतिकार जत्तिकै देखिन्छन्।

बडामहाराजधिराज पृथ्वीनारायण शाह विचार, चिन्तन, शैली र रणनीतिमा भन्दा उत्तम कोटीका भएको पाइन्छ। तर दुःखको कुरा उनका बारेमा विश्वका समकालीन रणनीतिक चिन्तकहरूका झैं लेखिएन, विश्लेषण गरिएन। भारतवर्षमा बेलायती साम्राज्यवाद विस्तार गर्न लागेको ब्रिटिस विस्तारवादीहरूलाई अवरोध गरी नेपाल भूभागमा आउन नदिएकै कारण भाषा, वैभव, शक्ति सबैमा प्रभुत्व जमाएका बेलायतीले पृथ्वीनारायणको व्यक्तित्वबारे सही जानकारी बाहिर ल्याएनन्।

पृथ्वीनारायणको मात्र हैन, सन् १९१२–१४ चीन र तिब्बतबीच तथा ब्रिटिस इन्डिया र रुसबीचको लडाइँमा सफलतापूर्वक मध्यस्थता गरेका जितबहादुर केसीबारे कहींकतै खासै लेखिएन। तर पनि उहाँ एक सफल अन्तर्राष्ट्रिय मध्यस्थकर्ता हुनुहुँदो रहेछ। विभिन्न कालखण्डमा दर्जनांै नेपालीहरूले विभिन्न क्षेत्रबाट अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई चिनिएका छन्।

तर पनि एकातर्फ यस्तो सफलतालाई राज्यले पहिचान गर्ने, दस्तावेजीकृत गर्ने र प्रवद्र्धन गर्ने काम गरेको पाइएन भने अर्कोतर्फ नेपाली समाजमा लेखन अभ्यास कमजोर रहेका कारण यी सफलता छायामा पर्दै बिस्तारै हराएर गइरहेका पाइन्छन्। पछिल्लो समयमा संसारलाई चिनाउने गरी नेपाली सेनाले संयुक्त राष्ट्र संघीय (संरासं) शान्ति स्थापनामा काम गरिरहेको छ, जुन नेपालको गौरवको विषय हो। यही सवालमा यहाँ छोटो चर्चा गरिएको छ।

सेनाको विश्व शान्तिमा योगदान

सन् १९५५ मा संरासंको सदस्य बनेदेखि नै यसमा नेपालले विभिन्न क्षेत्रबाट योगदान दिइरहेको छ। यिनै मध्ये महङ्खवपूर्ण योगदान हो– सेनाले विश्व शान्तिमा लेखेको भूमिका। सन् १९५८ मा सेनाका ५ जना अधिकारी लेबनानमा सैनिक अबजर्बर (पर्यवेक्षक)बाट सुरु भै हालसम्म पुग्दा ४४ वटा मिसनहरूमा एक लाख ४० हजार ३६६ जना शान्ति स्थापनामा सहभागी भएको देखिन्छ।

यो अवधिमा सेनाले उच्च पदस्थ सैनिक अधिकारीदेखि मिलिटरी कन्टिन्जेन्ट, अबजर्बर र स्टाफ, अफिसर, मेडिकल डाक्टर तथा इन्जिनियरसम्मका जनशक्तिबाट संरासंमार्फत विश्व शान्ति स्थापनामा महङ्खवपूर्ण योगदान पुर्‍याइरहेको छ। सेनाको यही प्रतिबद्धता, इमान्दारिता र व्यावसायिकताका कारण संरासंको शान्ति सेनामा योगदान दिने दोस्रो देश बनेको छ। ७ अगस्ट २०२२ को तथ्याङ्कअनुसार संसारका १२ मिसनहरूमा ५ हजार ५६८ र नेपाली सेना (जसमा २९५ जना महिला) र यीमध्ये १९४ जना सशस्त्र प्रहरी बलबाट र ४२ जना प्रहरीबाट सहभागी भएका छन्।

नेपाली सेना सिरिया, पश्चिम सहारा, माली, कंगो, लेबनान, इराक, लिबिया, इजरायल, यमन, सुदानका विभिन्न भागमा नेपाली शान्ति स्थापनामा खटिइरहेका छन्। द्वन्द्वरत देशहरूमा नेपालले पुर्‍याएको योगदान संसारका शक्तिशाली, वैभवशाली, शान्तिकर्मी राष्ट्रहरूले नजिकबाट हेरिरहेकाले नेपाललाई ती देशहरूमा आफ्नो शान्तिप्रति प्रतिबद्धताको छवि विस्तार गर्ने अवसर पनि मिलेको छ।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रभाव विस्तारको अवसर

नेपाली सेनाले जटिल खालका द्वन्द्वग्रस्त क्षेत्रमा गएर शान्ति, अन्तर्राष्ट्रिय सुरक्षा स्थापनामा ५ दशकभन्दा बढी महङ्खवपूर्ण योगदान गरेर पनि संरासं सुरक्षा परिषद् र महासभाले यसको सही मूल्याङ्कन गर्न भने अझै सकेका छैनन्। परिणामतः सेनाका अधिकारीहरूले युएनपिस किपिङ विभागका महङ्खवपूर्ण पदहरूमा अत्यन्त थोरै मात्र नियुक्ति पाएका छन् अर्थात् योगदानको तुलनामा उच्च पदमा नेपालको प्रतिनिधित्व सन्तोषजनक छैन। यसमा केही अन्तर्सम्बन्धित कारणहरू छन्ः

पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख गरिएका दृष्टिकोण र अपनाइएका रणनीतिहरू फ्रान्सको सैन्य रणनीतिकार तथा राजनीतिज्ञ नेपोलियन तथा सैनिक सिद्धान्तकार कार्ल भोन क्लाउ सेउइट्स, दोस्रो युद्धताका मरुभूमिको फ्याउरो (डिजर्ट फक्स)का नामले चर्चित इखिन रोमेल वा अमेरिकी व्यापारी जोन डि रकफेलर जस्ता रणनीतिकार जत्तिकै देखिन्छन्। दुःखको कुरा उनका बारेमा विश्वका समकालीन रणनीतिक चिन्तकका झैं लेखिएन, विश्लेषण गरिएन।

पहिला, नेपालका निर्णयकर्ताहरूले संरासंको शान्तिसम्बन्धि काम र त्यसको विश्व शक्ति सन्तुलन र संघर्षमा रहेको भूमिकाबारे राम्ररी बुझ्न नसकेको हुन सक्छ। यो सवाल सुरक्षा परिषद्सँग प्रत्यक्ष जोडिएको (किनकि अधिकांश शान्ति स्थापना मिसनहरू सुरक्षा परिषद्को बैठकले निर्णय गरेर गर्ने) र यस्ता निर्णय शक्ति सन्तुलन, राजनीतिक लाभहानी र रणनीतिक महङ्खवको पृष्ठभूमिमा हुने भएकाले नेपाल, बंगलादेशजस्ता शान्ति मिसनमा सबैभन्दा बढी सेना पठाउने देशहरूले आफूलाई रणनीतिक रूपमा सुरक्षा परिषद्सँग जोडिने अवसरसमेत हुन्थ्यो।

तर यति महङ्खवको सवाललाई हामीले कहिल्यै आफूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध र प्रभाव विस्तारको अवसरका रूपमा हेरेनाैं। केवल सुरक्षा फौजका केही मानिस विदेश गई अलिकति उसका लागि पैसा कमाउने माध्यम हो भन्ने मात्र बुझेको देखियो। नत्र त यति महङ्खवपूर्ण सवालमा परराष्ट्र मन्त्रालय सकृय भई रक्षा मन्त्रालयसँगको सहकार्यबाट हाम्रो देशबाट अत्याधुनिक शान्ति सेना पठाउने लक्ष्यका साथ काम गर्नुपर्ने हो।

दोस्रो, हाम्रो परराष्ट्र मन्त्रालय अलि पुरातनवादी, प्रक्रियामुखी, प्रशासनिक र केन्द्रिकृत भएकाले यो कमजोर पनि देखिन्छ। सक्षम, प्रतिबद्ध र सिपालु वार्ताकारको पनि यहाँ अभाव देखिन्छ तर मन्त्रालयले यस्तो क्षमता विकासप्रति खासै ध्यान दिएको देखिँदैन। त्यसैले अब परराष्ट्र मन्त्रालयले बदलिँदो परिवेशको सूक्ष्म विश्लेषण गरी परिवर्तित परिवेशअनुसार अन्तर्राष्ट्रिय जगत्मा प्रस्तुत हुन सक्ने, संरासंका उच्चस्तरीय संस्थाहरू र अधिकारीहरूसँग राम्रो समन्वय र सम्बन्ध विस्तार गरी शान्ति मिसनमा नेपाली सुरक्षा फौजको संख्या बढाउन प्राथमिकतासाथ वार्ता गर्न आवश्यक देखिएको छ।

तेस्रो, विश्व परिवेश, शक्ति सम्बन्ध र स्वार्थ समूह सृजना यति दू्रत गतिमा भइरहेको परिवेशमा यसको सही र समयमै विश्लेषण गरी सोहीअनुरूपको रणनीति बनाउन परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीलाई सल्लाह दिन गहिरो विधागत ज्ञान, अनुभव भएका विश्लेषकहरू, अनुसन्धानकर्ताहरू र रणनीतिकारको संलग्नता आवश्यक छ। यस्ता काम थिंक ट्यांकहरूले गर्ने हुँदा सशक्त, स्वायत्त, सक्षम र प्रतिबद्ध थिंक ट्यांक विकास र विस्तार गर्न सरकार÷परराष्ट्र मन्त्रालय तत्काल लाग्नुपर्छ।

एउटा भएको परराष्ट्र मामला अध्ययन केन्द्रलाई पनि मन्त्रालयको नियन्त्रित इकाईका रूपमा राखेको देखिन्छ। नीति अनुसन्धान प्रतिष्ठान अहिले यो सवालमा सकृय भए पनि मन्त्रालयले यसलाई सहयोग गरेको छैन। यसरी थिंक ट्यांकलाई फस्टिन नदिनुमा दुई कारण देखिन्छ। एक सरोकारवालाहरूलाई थिंक ट्यांकको भूमिका र महङ्खवबारेमा राम्रो ज्ञान नहुनु र दोस्रो अन्तर्सम्बन्धित कारण चाहिँ नियन्त्रणमुखी प्रशासनिक मानसिकता। तर यसरी थिंक ट्यांकहरूलाई फस्टाउन नदिँदा बेफाइदा भने सरकारलाई नै भइरहेको छ।

सरकारले संरासं र यसका विविध पक्षबारे गहिरो जानकारी राख्ने विज्ञहरूको विकास गर्नुपर्ने हो तर यतापट्टि ध्यान पुगेको देखिएन। मन्त्रालयले संयुक्त राष्ट्र संघ र यसका विभिन्न निकायमा काम गरी फर्केका विज्ञहरूको सञ्जाल बनाई उनीहरूबाट नियमित सल्लाह, सुझाव, विश्लेषण लिने व्यवस्था गर्न सके यसले पनि केही हदसम्म त सहयोग गथ्र्यो। नेपालले अहिले पनि संसारभर आफ्नो सम्बन्ध विस्तार गर्न सकिने कम्तीमा ३ वटा प्रस्ट क्षेत्रहरू छन् तर यी तिनै क्षेत्रको पूर्ण उपयोग गर्न सकिएको छैन। अब नेपाल सरकारले र खास गरी परराष्ट्र मन्त्रालयले यी ३ क्षेत्रमा निम्नानुसारको काम गर्न आवश्यक छ।

१) शान्ति सेनामा नेपाली सहभागिता संख्या वृद्धि

सम्पन्न देशहरू, सुरक्षा परिषद्, द्वन्द्वरत देशहरू सबैसँग एकैचोटि जोडिने (सम्बन्ध विस्तार गर्न सकिने) हिंसा रोकी शान्ति स्थापनामा योगदान दिई विशिष्ट अनुभव लिन सकिने, केही भए पनि त्यहाँ जाने सुरक्षाकर्मीहरूको आर्थिक स्थितिमा पनि सुधार हुने र परोक्ष रूपमा पनि शान्ति सेनाको प्रभाव रहने हुँदा शान्ति सेनामा पठाउने संख्या बढाउन नेपाल सरकार रणनीतिक रूपमा लाग्नुपर्छ।

शान्ति मिसनमा हालसम्म १ लाख ४० हजार ३६६ नेपाली सहभागी भईसक्दा पनि फोर्स कमान्डरको पदमा भने हालसम्म केवल ६ जना नेपाली सैनिक अधिकारी मात्र पुगेका रहेछन्। त्यसैले नेपालले सैनिक अधिकारीकै तुलनामा फोर्स कमान्डर पठाउन संरासंमा लबी र संवाद गर्नुपर्‍यो।

२) भगवान बुद्धको जन्मस्थल लुम्बिनीको व्यापक प्रचार  

विश्वमा ६.६ प्रतिशत (५०६ मिलियन) जनसंख्या बुद्ध धर्म मार्गी भएको र संसारभर छरिएर रहेकाले त्यो जनसंख्यासम्म पुग्ने गरी नेपालले काम गर्न आवश्यक छ। यसले नेपाल चिनाउने र उनीहरू मात्र लुम्बिनी आउने वातावरण बनाउन सके एकातर्फ पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र अर्कोतर्फ उनीहरू नेपालका सद्भावना राजदूतसमेत हुन सक्ने भएकाले भगवान् बुद्धको जन्मस्थलबारे सबै माध्यमबाट व्यापक प्रचार गर्ने र त्यसमा बुद्ध धर्म मान्ने प्रभावशाली देशहरूसँग विशेष सम्बन्ध विस्तार गरी बुद्ध जन्मस्थलबारे प्रचारप्रसार गर्न आवश्यक छ। तर यसका लागि परराष्ट्र मन्त्रालयले संवादको क्षमता विकास गर्ने र राजदूत सही व्यक्ति छनोट गर्ने पूर्व सर्त हुन्।

३) जलवायु परिवर्तन र हिमालय संकट  

विश्वका सम्पन्न देशहरूले गरेको प्रदूषण, वातावरणीय स्रोतको दोहन र औद्योगिकीकरणका कारण सृजित जलवायु परिवर्तनको असर यसमा खासै योगदान नगरेको देशहरूले पनि भोग्नु परिरहेको छ। यसैको परिणाम स्वरूप हिन्दकुस क्षेत्रका हिमालको हिउँ पग्लिई हिमाल कालो पत्थरको पहाडका रूपमा परिवर्तन हुँदै छन्। त्यसैले यो सवाल अब केही दशक विश्वको प्राथमिकतामा पर्ने निश्चित भएकाले नेपालले हिन्दकुस हिमाल जोगाउने मुद्दालाई विश्वव्यापीकरण गर्न नेतृत्व लिई संसारको ध्यान आकर्षित गर्नुपर्छ।

संसारभर हिमालका बारेमा केही न केही थाहा भएको र सम्पन्न देशका पर्वतारोहीहरू हिमाल क्षेत्र भ्रमणसमेत गरेकाले हाम्रो परराष्ट्र मन्त्रालय सक्षम हुने हो भने नेपाललाई संसारसँग सम्बन्ध विस्तार गर्न यो राम्रो अवसर हुने छ। हिमालय र शेर्पा भनेपछि आकर्षित हुने जनसंख्या पनि सम्पन्न देशमा धेरै र प्रभावकारी छ। उनीहरूले पनि यो हिमालय जोगाउने मिसनमा साथ दिने सम्भावना बढी भएकाले नेपालले सही तरिकाले उनीहरूको परिचालन गर्न आवश्यक छ।

प्रकाशित: २१ कार्तिक २०७९ ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App