कुनै पनि चीज बनाउन चाहनु भनेको तिनीहरूलाई राम्रो बनाउन चाहनु हो। जब हामी तिनीहरू आफ्नै लागि बनाउँछौं,हामी आफैंलाई तिनीहरूमा राख्छौं, तिनीहरूलाई राम्रो या सुन्दर बनाउनु नै विलासिताको सुरुवात हो।
हामीलाई पहिले नै स्पष्ट रूपमा विलासिता के हो या के होइन भन्ने थाहा छ। नवउदारवाद मानव जातिको शोषण मात्रै होइन, पुँजीवादी मूल्यले संसारलाई पनि बर्बाद गर्दैछ।
यो अनौठो छ कि ‘साम्यवाद’ शब्द पूर्ण स्वचालित लक्जरी कम्युनिजम्मा सम्मिलित छ,जस्तो कि थ्रीडी प्रिन्टरहरू,सर्वव्यापी फोटोभोल्टिक सेलहरू र अन्तरिक्षको विजय, जलवायु र समाधानको आशाजनक समाधानहरू आदि। यो कम वा थोरै मात्र भए नि पुनर्गठित पुँजीवादी दृष्टिकोण हो।
हाम्रो वरिपरि या हामीसँग रहेका विलासी वस्तुका नवीकरणको दर घट्ने या कमी आउने अनिवार्य छ। विलासी कम्युनिजम्को विचार भनेको यो कमीको अर्थ हाम्रो भौतिक जीवनमा सुन्दरताको हानि हुनेछ भन्ने विचारलाई अस्वीकार गर्नु हो,किनकि हामीसँग अझै ती चिज हुनेछ। अझै भन्नुपर्दा, यसको उद्देश्य हामीले राख्ने वस्तुहरूको न्यूनतम संख्याको सौन्दर्यलाई अधिकतम बनाउनु हुनेछ।
अर्को शब्दमा भन्दा, पुँजीवादी उत्पादनका सबै बाधाबाट पाउने स्वतन्त्रताले गर्दा उत्पादकले नराम्रा चीज बनाउँछन्।
पुँजीवादले जहिले पनि काम गर्नेलाई सकेसम्म थोरै पारिश्रमिक दिन खोज्छ, जसले गर्दा थोरै पैसा हुनेहरूलाई कम मूल्यमा सामान चाहिन्छ।
जीवनका लागि तलब प्रणालीले पारिश्रमिकबाट गतिविधि जोडेर अपरिहार्य जंक लुप तोड्छ। जब मानिसहरू तलबद्वारा सुरक्षित हुन्छन् र तिनीहरूले आफ्नो पारिश्रमिकमा अलिकति असर नगरी गतिविधिमा आफूलाई समर्पण गर्न र चीजहरू बनाउन सक्छन्, जसलाई राम्रो भन्न सकिन्छ।
यहाँ फेरि, हामीले पुँजीवादी सिद्धान्तलाई उल्टाउनुपर्छ कि ‘जीविका कमाउनका लागि स्वस्थ प्रेरणा’बाट मुक्त भए मानिसहरूले केही गर्दैनन् किनकि मानिस अल्छी छ। यसको उल्टो सत्य हो, अर्थात् पुँजीवाद अन्तर्गत काम गर्न बनाइने हिंसाबाट मुक्त भएमा मानिसहरूले अझ राम्रो चीजहरू बनाउँछन् र तिनलाई छाड्दैनन् किनकि मानिस इच्छा र गतिविधियुक्त प्राणी हो।
उदाहरणका लागि एक किसानले आपूर्तिको सन्तुष्टिका लागि राम्रो, स्वस्थ र गुणस्तर उत्पादन गर्न सक्छ। बजारको बढ्दो माग र मूल्यमा उसले पुर्याउन कि त उसले मेसिन (रसायनयुक्त) प्रयोग गरी धेरै उत्पादन गरी कम मूल्यमा बेच्न सक्नुपर्छ,जसका लागि उसले आफ्नो जीवनका लागि साँचेको तलब खर्चिनुपर्छ र ऋण लिनुपर्ने हुन्छ। तसर्थ,उसले बरु सानो उत्पादन गरी पुँजीवादी मागबाट टाढिएर जीवनको आर्थिक अनिश्चितताबाट मुक्त भई सन्तोषजनक जीवन बिताउन चाहन्छ।
पुँजीवादी प्रणालीमा बजार बाहिरका निर्माताले धेरै उच्च मूल्यमा भोजन उपलब्ध गराउँछन्। यो एक समान ऋण जालमा पकडिएको छ। जब यो सुविधाको लागि समान तर्कद्वारा आउँछ। गुणस्तर आपूर्तिकर्ताको अर्थ ‘उच्च मूल्य’का लागि आउने हो। पुँजीवादी भनाइ अनुसार,‘गुणस्तरका लागि तिर्नुपर्छ’। तर यो सत्य होइन। गुणस्तर ‘मूल्यमा आउनु’ हुँदैन। पुँजीवादले हाम्रो दिमागमा गुणस्तर जहिले पनि पैसासँग मात्रै जोडिदिएको छ।
यो झुट हो। गुणस्तर सर्तहरूबाट आउँछ, जसले मानिसहरूलाई उनीहरूको इच्छा अनुसार उत्पादन गर्न अनुमति दिन्छ। अर्थात्,तिनीहरूको अस्तित्वका लागि यसमा निर्भर नगरी। यो स्पष्ट छ कि गुणस्तर यस स्वतन्त्रताको तत्काल परिणाम हो र सधैं एउटै कारणका लागि मानिसले केही राम्रो गर्छन्, सबैभन्दा राम्रो तिनीहरूले गर्न सक्छन्,जब तिनीहरूले आफ्ना लागि गर्न सक्छन्।
साम्यवादको सौन्दर्य पेसा
साम्यवाद ग्रे विचार हो भने, यसले कल्पनालाई कब्जा गर्दैन। तर यो हुनु आवश्यक छैन। यो विलासी हुन सक्छ र हुनुपर्छ भन्ने तर्कमा कुनै विरोधाभास छैन। अर्थात्, यसले चारैतिर सुन्दर, राम्ररी बनाइएका चीजले ज्योति चम्काउन सक्छ, किनकि जीवनका लागि प्राप्त तलबले सबैजनालाई सुन्दर र राम्रो बनाउन सक्ने अवस्थाहरूमा राखिएको हुनेछ।
यहाँ हामी देख्छौं कि निजी सृष्टिकर्ताका लागि अभिव्यक्तिको सबैभन्दा ठूलो स्वतन्त्रता कायम राख्नु कतिको महत्वपूर्ण छ। श्रम विभाजन कतिपय अवस्थामा आवश्यक छ र त्यसको बारेमा पर्याप्त भनिएको छ, यद्यपि यो बेवास्ता गर्न सकिने विषय होइन।
त्यसो भए, सार्वभौम सम्बद्ध उत्पादकले आफ्नो उत्कृष्ट दिनेछन्, किनभने तिनीहरूले आफूलाई मनपर्ने काम गर्नेछन्। यस कम्युनिस्ट स्वरूपमा निजी पहलहरूले हामीलाई राम्रो खाना र सुन्दर फर्निचर, अत्तर र लुगाहरू लगायत सुन्दर चिज प्रदान गर्नेछन्, जसले एक सौन्दर्य जीवनका लागि बनाउँछ।
डिजाइनहरूमा अब पुँजीवादको सौन्दर्यशास्त्रको क्याप्चर हुनेछैन आजको जस्तो। किनभने महानगरको क्षितिजदेखि सेलफोनको धातुको चमकदेखि कारको स्टाइलसम्म–सबै कुरालाई हाल पुँजीवादको भौतिक शक्तिलाई विचार गर्न आमन्त्रित गर्नका लागि गणना गरिएको छ।
हामीलाई सोच्न बाध्य पारिएको छ,उत्कृष्ट चीजहरू यहाँ छन्, किनकि यो पुँजीवाद हो। यो अब स्पष्ट छ कि ‘विलासिता’द्वारा हामीले थोरैका लागि आरक्षित पूर्ण दुर्लभ चीजहरू बुझ्नु हुँदैन।
विलासिता भनेको दैनिक जीवनमा कम तर धेरै सुन्दर चीजको उपस्थिति पनि हो,बानी र शिक्षा दुवैको रूपमा जसले हामीलाई अन्ततः उच्च अनुभवका लागि तयार गर्दछ। यो स्वतन्त्र उत्पादकको इच्छा हो, जसले साम्यवादलाई विलासी बनाउँछ।
प्रकाशित: २८ मंसिर २०७८ ०२:१८ मंगलबार