१९ आश्विन २०८१ शनिबार
image/svg+xml
विचार

खोप अन्तर्राष्ट्रियताका लागि शिखर सम्मेलन

जि–७ ले महामारी व्यापक बनाउँदैछ। यसको अन्त्य गर्न खोप अन्तर्राष्ट्रियताका लागि शिखर सम्मेलन आयोजना हुँदैछ। प्रोग्रेसिभ इन्टरनेसनल (पिआइ) ले जुन १८ देखि २१ सम्म कोभिड–१९ खोपको उत्पादन, वितरण गरी संसारभर पुर्‍याउने कार्यमा गति दिन विभिन्न देशका मन्त्री, विपक्षी नेता, खोप निर्माता, स्वास्थ्यकर्मी र सार्वजनिक नीति/निर्माताबीच भर्चुअल शिखर सम्मेलन सुरु गरेको छ। यो सम्मेलनको मूल लक्ष्य भनेको कोभिड–१९ भ्याक्सिन सबैका लागि सुरक्षित गरेर सकेसम्म चाँडो महामारी अन्त्य गर्नु रहेको छ। जि–७ ले महामारी व्यापक बनाउँदै लगेको अवस्थामा त्यसको अन्त्य गर्न यस खोप अन्तर्राष्ट्रियताका लागि शिखर सम्मेलन तय भएको हो।

फेब्रुअरीमा अन्तिम जि–७ बैठकपछि कोभिड–१९ बाट एक मिलियन थप व्यक्तिले ज्यान गुमाइसकेका छन्। यसले महामारीको एक नयाँ छाल सिर्जना गरी यो भाइरस अझ परिवर्तन हुन सक्ने तथा हालका अवस्थित खोपहरूको प्रतिरोधात्मक हुन सक्ने चेतावनीसमेत दिन्छ।

यस घातक जरुरताका बाबजुद विश्व खोपको योजना र प्रतिबद्धता कोर्नवालमा साकार हुन सकेन। कोभिड–१९ खोपको अरबौँ डोज अनुदान दिने पनि संकल्प गरिएको थियो। विश्वलाई चाहिने ११ अर्ब खुराकको एक अंश र डेढ वर्षमा फैलिएका ती बैठक सम्पन्न हुने समयसम्म ८७० करोडमा झरेको छ जसमध्येबाट केवल ६१३ करोड डोज नयाँ छन्।

हामी जि–७ नेताहरूले निर्माण गरेको विश्वव्यापी स्वास्थ्य प्रणालीलाई चुनौती दिन गम्भीररूपमा आशा गर्न सक्दैनौँ। न त हामी अहिलेको अवस्थामा उनीहरूले गरेका नयाँ प्रतिज्ञाका लागि प्रतीक्षा गर्न नै सक्छौँ। जि–७ ले समुद्री किनारमा फोटोग्राफहरूका लागि प्रस्तुत गरिरहेको छ, नयाँ प्रकारका चिन्ताले भाइरसको आक्रमणलाई तीव्र बनाउँछ। जस्तो कि बेलायतको अल्फा संस्करण, दक्षिण अफ्रिकाको बिटा, ब्राजिलको गामा र अब भारतमा डेल्टा। प्रत्येक मिनेट जुन विश्वव्यापी सहयोगमा ढिलाइ हुन्छ, यसले जीवनलाई अर्को जोखिममा पार्दै लग्नेछ।  

आजको दिनसम्म हेर्दा जि–७ देशहरूले विश्वको खोप आपूर्तिको एकतिहाइ भन्दा बढी खरिद गरिसकेका छन् जसले विश्व जनसंख्याको करिब १३% जनसंख्यालाई पुग्छ। यसैबीच १.३४ अर्ब जनसंख्या भएको अफ्रिकाले आफ्नो जनसंख्याको १.४% लाई मात्रै खोप लगाएको छ। यसको परिणाम, हालको दरमा कम आय भएका देशहरू सबैलाई पूर्णरूपले खोप लगाउन ५७ वर्ष प्रतीक्षा गर्नुपर्नेछ।

त्यसकारण प्रोग्रेसिभ इन्टरनेसनलले विभिन्न देशका सरकार, मन्त्री, राजनीतिक नेता र भ्याक्सिन निर्माणकर्ताहरूको नयाँ ग्रहको गठबन्धनलाई भर्चुअल शिखर सम्मेलनमार्फत एकसाथ ल्याएको हो।यस क्षणमा प्रत्येक प्रयोगशाला, हरेक कारखाना, प्रत्येक वैज्ञानिक र प्रत्येक स्वास्थ्यकर्मीलाई सबैका लागि अधिक खोपहरू उत्पादन गर्न र वितरण गर्न शक्ति प्रदान गर्नुपर्छ। यसको विपरित, उच्च र मध्यम आय भएका देशहरूले ८५% भन्दा बढी विश्वको खोप आपूर्ति गरेका छन्। धेरैले खोपहरूमा (प्याटेन्ट) एकाधिकार हटाउन केही गरेका छैनन्। तिनीहरूमध्ये कसैले पनि विश्वका लागि खोप टेक्नोलोजीको स्थानान्तरण गर्न कुनै काम गरेका छैनन्।

आज, विश्वका धेरैजसो देश खोपले पिरोलिएका अवस्थामा यी खोप संयुक्त राज्य अमेरिका तथा अन्य धनी देशहरूको नियन्त्रणले उनीहरूमा आफूलाई चाहिने भन्दा ज्यादा खोप हुनेछन्। यो स्पष्ट छ कि यस महामारीको अन्त कृत्रिम ढंगले ढिलाइ गराइएको छ। तर हामी एक वर्षमा पर्याप्त खोप बनाउन सक्छौँ र यो अभाव अन्त्य हुन सक्छ तर खोप टेक्नोलोजी बाँडफाँट गर्नुका साथै खोपहरू उत्पादन गर्न सहयोग पुर्‍याउनुको सट्टा शक्तिशाली औषधि कम्पनीहरूले यसलाई विस्तार गर्ने छनोट गरिरहेका छन्। विश्वभरि महामारीको अवस्था झन् खस्कँदै गइरहेको अवस्थामा संयुक्त राज्य अमेरिका, ब्रिटेन र जर्मनी जस्ता धनी देशका सरकारले ’खोप राष्ट्रियता’ कायम गरी आफ्नो खोप टेक्नोलोजी र बौद्धिक सम्पत्तिलाई सीमित गरी आफ्नो नियन्त्रणमा राखेका छन्।

बुस्टर सटहरूको सम्भावित बजारसम्बन्धी आइक्युविआइए रिपोर्टले भनेको छ कि कोभिड–१९ खोपमा २०२५ सम्ममा १५७ अर्ब डलर खर्च हुनेछ। सरकारले सार्वजनिक पैसाको असाधारण रकम निजीरूपमा हस्तान्तरण गरिसकेको छ जसले कोभिड–१९ औषधि अधिकारीहरू जसले भ्याक्सिनहरूमा एकाधिकारबाट सुन्दर लाभ लिइ संसारमा नयाँ अरबपति सिर्जना गरेका छन् उनीहरूको संयुक्त धन कम आय भएका देशहरूमा लगभग ७८० मिलियन मानिसलाई पूर्ण खोप दिन पर्याप्त छ।

तर यो यसरी अगाडि बढ्न हुन्न। अब ग्लोबल दक्षिणका प्रतिनिधिहरू भ्याक्सिन अन्तर्राष्ट्रियताको मोडेल प्रदर्शन गर्न भेला भएका छन्– क्युबा, बोलिभिया, अर्जेन्टिना, मेक्सिको, केन्या, केरला आदि। उनीहरूको आह्वानमा सम्मिलित हुनेहरू ग्लोबल नर्थ, युके, क्यानडा र न्युजिल्यान्डका सहयोगी छन्। बिग फार्माप्रति आफ्नो वफादारी समाप्त गर्न र विश्वव्यापी स्वास्थ्य संस्थाहरूमा आफ्नो नियन्त्रण समर्पण गर्न सरकारहरूलाई चुनौती दिन तयार छन्। भर्चो, बायोलिज, र फियोक्रुज जस्ता खोप निर्माताहरूले आफ्नो भूमिकाका लागि आफ्नो इच्छुकता जनाउँदै यो गठबन्धनको सरल लक्ष्य छ– सबैलाई खोप उत्पादन र वितरण गर्नु।

खोप अन्तर्राष्ट्रियताका लागि शिखर सम्मेलनमा उपस्थित सहभागीहरूले कोभिड–१९ खोप र उपचारहरूको खुला पहुँचको ग्यारेन्टी गर्न विश्वव्यापी योजनाको विकास गरी विश्वव्यापी उत्पादन सुविधाहरूको निर्माण र विस्तार गर्न र समानरूपमा वितरणको खाका प्रदान गर्न यस संकटको जवाफ दिनेछन्।

शिखर सम्मेलनका संयोजक र प्रगतिशील अन्तर्राष्ट्रिय क्याबिनेट सदस्य वर्षा गन्डिकोटा–नेल्लुतलाले भनेका छन्– सबैका लागि कोभिड–१९ भ्याक्सिनहरू उत्पादन र वितरण गर्दै हामीसँग यस महामारीको अन्त्य गर्ने क्षमता छ किनकि यो महामारीको अन्त्य कसैले देखेको छैन। ठूला फार्मा र ग्लोबल उत्तर सरकारहरूको नेक्सस मार्गमा उभिएको छ। 

जबसम्म भाइरस फैलिन्छ, यसले सार्न सक्छ। महामारी समाप्त गर्नु परोपकारको सवाल नभइ अस्तित्वको प्रश्न हो। हामी जति लामो पर्खन्छौँ त्यति नै बढी हामीलाई खतरा हुनेछ। यसैले हामी खोप अन्तर्राष्ट्रियतासम्बन्धी आपत्कालीन शिखर सम्मेलनमा मन्त्री, संसद् सदस्य, सरकारी अधिकारी, स्वास्थ्यकर्मी र भ्याक्सिन उत्पादकहरूलाई भेला गर्दैछौँ ग्लोबल साउथको नेतृत्वमा। हाम्रो लक्ष्य सरल छ– कोभिड–१९ भ्याक्सिन सबैका लागि सुरक्षित गरेर सकेसम्म चाँडो महामारी अन्त्य गर्ने।

यो शिखर सम्मेलनको साथ, प्रोग्रेसिभ इन्टरनेसनलले डरलाग्दो स्वर निकाल्दैछ– हाम्रो जीवन र स्वतन्त्रता खतरामा छ र दक्षिणको सार्वभौमिकता खतरामा छ। यी प्रगतिशील शक्तिहरू नयाँ किसिमको राजनीतिमा मञ्च स्थापित गर्न भेला भएका छन् जहाँ एकता एक नारामात्र नभइ अपरिहार्य हो।

प्रकाशित: १७ असार २०७८ ०६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App