६ आश्विन २०८१ आइतबार
image/svg+xml
विचार

इजरायल/प्यालेस्टाइन: विपरित इतिहास, अन्त्यहीन घृणा

इजरायल र प्यालेस्टाइनबीच अहिले चर्किरहेको द्वन्द्वले दुवै पक्षमा मानवीय संकट निम्त्याएको छ। दुई पक्षबीचको अविश्वास र निर्मम व्यवहारका कारण यो द्वन्द्व चर्किएको हो। तर केही विषय र घटनाक्रमले यसलाई अझ बढी संवेदनशील बनाएको छ।  

विभिन्न घटनाले यो तनाव बढाउन अलग अलग भूमिका खेलेका छन्। प्रथमतः शेख जराह कसको भन्ने विषयको विवादले पूर्वी जेरुस्लामको इतिहासबारे गम्भीर किचलो सुरु भएको छ। शेख जराहमा बस्ने प्यालेस्टाइनीहरूले सन् १९४८ देखि १९६७ सम्म पूर्वी जेरुस्लाममाथि शासन गरेको जोर्डन सरकारले दिएको कागजपत्र देखाएर सो स्थानमा आफ्नो अधिकार दाबी गर्दै आएका छन्। तर, यहुदीहरूले सन् १९१८ देखि १९४७ सम्म प्यालेस्टाइनमा शासन गरेको बेलायतले जारी गरेको कागजपत्रका आधारमा उक्त भूमि र सम्पत्तिमाथि आफ्नो अधिकार दाबी गरिरहेको छ।  

जेरुस्लामको विषय यहुदी र प्यालेस्टाइनीबीचको एउटा सबभन्दा संवदेनशील विषय हो। शेख जराहको विवादले पूर्वी जेरुस्लामको इतिहास निकै जटिल भएको संकेत गरेको छ। विशेषतः दुई अन्तरविरोधी तर्कले यो कुरा उजागर गरेको छ।  

इजरायली यहुदीका लागि जेरुस्लामको इतिहास भनेको राष्ट्रिय पुनर्जन्मका लागि सङ्घर्ष गरेको यहुदीको इतिहासका रूपमा बुझ्ने गरिएको छ। इजरायलका यहुदी जेरुस्लामलाई आफ्नो राष्ट्रिय स्मृति र धार्मिक महत्व दुवै कोणबाट केन्द्र मान्छन्। जेरुस्लाममा यहुदी इतिहास बाइबलकै समयमा उल्लेख छ। यहुदीको आफ्नो कुनै देश नभएको समयमा पनि जेरुस्लामलाई आध्यात्मिक केन्द्र मान्दै आएका छन्। उन्नाइसौं शताब्दीको उत्तर्राद्र्धमा आधुनिक यहुदीवादको उदयपछि प्यालेस्टाइन र जेरुस्लामबीच आधुनिक यहुदी राजनीतिक भूभाग स्थापना भयो।  

प्यालेस्टाइनीको कोणबाट पनि जेरुस्लाम धार्मिक र राष्ट्रिय दुवै हिसाबले महत्वपूर्ण ठाउ“ हो। जेरुस्लामलाई मुसलमानहरूले मक्का र मदिनाजस्तै तेस्रो महत्वपूर्ण इस्लामिक केन्द्र मान्दै आएका छन्। जेरुस्लामको पुरानो सहरमा अवस्थित अल–अक्सा मस्जिद संसारभरका मुसलमान धर्मावलम्बीको धार्मिक आस्थाको केन्द्र हो। साथै जेरुस्लाम यहुदी कब्जाविरुद्ध प्यालेस्टाइनीहरूको सङ्घर्षको प्रतीक पनि बनेको छ। प्यालेस्टाइनीका लागि जेरुस्लामलाई अलग बनाउन नसकिने भूभाग हो। अर्थात् उनीहरू जेरुस्लामको मूल्यमा कुनै पनि सम्झौताको पक्षमा छैनन्।

दोस्रो पक्ष, प्यालेस्टाइनी समूहबीचको आन्तरिक प्रतिस्पर्धा पनि हिंसा चर्किनुको कारण बनेको छ। आफ्नो राष्ट्रिय स्थापनाका लागि चालु सङ्घर्षको महत्वबारे प्यालेस्टाइनीहरू सचेत छन्। तर प्यालेस्टाइनका विभिन्न समूहबीचको आन्तरिक विभाजन भने अझै पनि टड्कारो छ।  

फतह अर्थात प्यालेस्टाइनभित्रको नेतृत्वदायी प्यालेस्टाइनी राष्ट्रिय मुक्ति आन्दोलनले अर्को हमास अर्थात् प्यालेस्टाइनी इस्लामिक प्रतिरक्षा आन्दोलनलाई चुनौती दिइरहेको छ। फतह र हमास समूहबीच धेरै विषयमा अन्तर छन्। उदाहरणका लागि फतहले धार्मिक निरपेक्षताको सिद्धान्त अंगीकार गर्छ भने हमासले इस्लामिक राजनीतिक सिद्धान्त अंगाल्दै आएको छ।  

फतहको नेतृत्वमा सन् १९४८ पछि प्यालेस्टाइनबाट वरपरका अरब देशहरूमा भागेका प्यालेस्टाइनी शरणार्थीहरूको बलियो प्रभाव छ। हमासको नेतृत्वमा भने पूर्वी जेरुस्लाम, गाजा र पश्चिम किनारा (वेस्ट बैङ्क)मा बस्ने प्यालेस्टाइनीको बाहुल्य छ।  

सन् १९९० को दशकमा ओस्लो शान्ति प्रक्रियापछि हमास र फतह समूहबीचको शत्रुता अझ फराकिलो बनेको थियो। सन् २००६ मा सबैलाई आश्चर्यमा पार्ने गरी हमास समूहले प्यालेस्टाइनी संसद्मा विजय हासिल ग¥यो। हमासको विजयलाई फतह, इजरायल र अमेरिकाले मान्यता दिएन। फलतः हमास र फतहबीच आन्तरिक सैनिक द्वन्द्व अझ घनीभूत बन्यो। द्वन्द्वपछि हमासले गाजापट्टीमा नियन्त्रण जमायो भने फतह नेतृत्वको प्यालेस्टाइनी प्राधिकार पश्चिम किनारामा केन्द्रित रह्यो।  

हमास र फतहबीचको द्वन्द्वका कारण प्यालेस्टाइनबाट कुनै पनि खालको सहजता पाउन इजरायललाई असम्भव बनायो। हमासलाई इजरायल र इजिप्टको नाकाबन्दीले गाजा क्षेत्रभित्र थुनेको छ। हमासले प्यालेस्टाइनी समाजमा आफ्नो प्रभाव बलियो राख्न यहुदी र प्यालेस्टाइनीबीचको हरेक सवालमा फाइदाका हिसाबले उचाल्ने गर्दै आएको छ।  

तेस्रो कुरा, इजरायल र प्यालेस्टाइन दुवै अहिले चर्किरहेको द्वन्द्वको निम्ति एकअर्कालाई दोषारोपण गर्दै आएका छन्। इजरायलको भनाइमा हमासले हिंसा फैलाउने योजना बनाइ इजरायली भूमिमा रकेट हमला गरेको थियो। हमासको हमलाले इजरायली सुरक्षामा आ“च आएको उनीहरूको दाबी हो। त्यसकारण इजरायलको कोणबाट हमास नै पछिल्लो हिंसात्मक घटनाको निम्ति जिम्मेवार छ। इजरायलीहरूको सुरक्षाका निम्ति गाजामा हमासविरुद्ध हमला गर्नु आफ्नो अधिकार भएको इजरायलको भनाइ हो।  

हमासको कोणबाट भने अहिले प्यालेस्टाइनीहरू इजरायली हिंसा र दमनको प्रतिरोध गरिरहेका छन्। हमासले इजरायली दमन र आफ्नै भूमिबाट लेखेटिएका प्यालेस्टाइनीहरूको निकालाविरुद्ध चालु सङ्घर्षको नेतृत्व गरिरहेको भन्ने प्रभाव बनाएको छ। पछिल्ला दशकमा पश्चिम किनारा, पूर्वी जेरुस्लाम र अरू प्यालेस्टाइनी भूमिमा धेरै यहुदी बस्ती विस्तार भएका छन्।  

इजरायली पर्खाल र तारबारले प्यालेस्टाइनीहरू बस्ने ठाउ“ सा“घुरो, अलग र खुम्चाइएको छ। तसर्थ, प्यालेस्टाइनको सङ्घर्ष इजरायलविरुद्धको सङ्घर्षमा मात्र सीमित छैन। बरु प्यालेस्टाइनी राष्ट्रिय सपनामाथि लामो समयदेखिको कब्जा र सीमान्तकरणविरुद्ध प्यालेस्टाइनीहरूको आक्रोश र आवेगको अभिव्यक्ति पनि हो।  

आ–आफ्नो इतिहासबारे प्यालेस्टाइनी र इजरायलीहरूको आपसमा ठीक उल्टो भनाइ र अहिले चर्किरहेको लडाइँले अन्तर्राष्ट्रिय समुदायबाट हस्तक्षेप र मध्यस्थताको खा“चो औल्याएको छ। इजरायली र प्यालेस्टाइनीबीच आपसी विश्वास र समझदारीमा आधारित शान्ति प्रक्रिया नै विवाद र विभाजन समाधानको एउटै मात्र बाटो हो।  

(लेखक चीनको उत्तरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक र चहर अध्ययन केन्द्रका अध्येता हुन्। स्रोत: सिजिटिएन। नेपाली अनुवाद: नीरज लवजू)

प्रकाशित: ९ जेष्ठ २०७८ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App