९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

अनिष्टको संकेत!

संसारको सोच, रूप र व्यवस्थै बदल्ने कालो बादलको चपेटामा यतिबेला मानव जगत् नै परेको छ । कोरोना भाइरसबाट प्रत्येक मनुष्य आज अकल्पनीय बज्रपातको सिकार भइरहेको छ । एकपछि अर्को गर्दै विश्वमा अनौठा र दूरगामी प्रभावपार्ने घटना भइरहेका छन् । मानवविरुद्धको महामारी यो पहिलो त होइन, तर आजको यस समृद्ध दुनियाँ, उन्नत चेतना र विज्ञानको चामत्कारिक विकासको युगमा कोरोनाको प्रभाव क्षेत्र, यसले पु-याएको मानवीय क्षति र समग्र विश्वले भोगिरहेको अनपेक्षित पीडाले यस्तोदुर्दशा मानव इतिहासमा कहिल्यै आएको थिएन भन्ने अनुमान लगाउन सकिन्छ । विद्धान्हरूले आकलन गरेकाछन्– विश्वमा अब कोरोना अघि र पछिको मानक स्थापना हुनेछ । अझ प्रसिद्ध इतिहासकार उवाल नोह हरारीले यसलाई इतिहास परिवर्तनको दुःखद क्षणकारूपमा अथ्र्याएका छन् रयस अवस्थामा सबैको वुद्धिमत्तापूर्ण सहकार्य मात्र विजयको आधार बन्न सक्ने तर्क गरेका छन् । विपत्ति आउँछन्, त्यसको डटेर सामाना गर्नुको  विकल्प हुँदैन । कतिपय विपत्ति अनुमान गरिएकै हुन्छन् त कतिपय आकस्मिक । अहिलेको संकट आकस्मिक हो, यसको व्यवस्थापन स्वभावतः जटिल हुन्छ । कोरोनाले आक्रान्त पार्दै गरेको अवस्थामा सरकारले तगारोमा आइपुगेको विपत्तिबाट बच्ने पर्याप्त तयारी नगर्दा नेपाल र नेपालीले असह्य क्षति बेहोर्नुपरेमा त्यो अक्षम्य हुनेछ ।

भनिन्छ– संकटको क्षणमा क्षमता परीक्षण हुने गर्छ । उत्तर छिमेकमा करिब ५ महिनाअघि सुरु भएको अहिलेको संकट नेपालमा प्रत्यक्ष देखिएको करिब ४ महिना भयो । यस अवधिमा आफै‌मा नेतृत्वविहीनजस्तो बनेको सरकारले मुलुकलाई कसरी सही दिशा दिन सकोस् !यति लामो अवधिमा सरकारले लकडाउनभन्दा अगाडि बढेर खासै निरोधात्मक काम गर्न सकेन भने प्रतिरोधात्मक पक्ष त झन् निराशाजनक हुनुले सबैलाई मर्माहत बनाएको छ । सरकारका निकायसंवेदनाहीन, गैरजिम्मेवार र अक्षम हुँदा भित्रभित्रै संक्रमण फैलिएको आशंका गरिँदै छ । राष्ट्रवाद्कोफुस्रो नारा अलापेर भोट बटुलेको वर्तमान सरकार कोरोनाविरुद्धको लडाइँ पनि स्वतःस्वफूर्त अन्त्य हुन्छ भन्ने दिवास्वप्नमा रमाएको देखिन्छ । त्यसैले आफूलेमात्र काम गरेको देखाई राजनीतिक अभीष्ट पूरा गर्ने कुत्सित मनसायमा यो सरकार चुर्लुम्म डुबेको छ । हेक्का रहोस्, भगवान्ले साथ दिएर संक्रमण आफैं नियन्त्रण भए त राम्रै हुने थियो, तर त्यस्तो भएन भने सरकारको अकर्मण्यताले ठूलो दुर्घटना निम्त्याउन सक्छ । औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति गर्न नसक्नु, चिकित्सकलाई पर्याप्त सुरक्षा प्रबन्ध गरी आवश्यक ठाउँमा खटाउन नसक्नु, परीक्षणको दायरा बढाउन नसक्नु, कर्म क्षेत्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, आपूर्तिकर्ता, सञ्चारकर्मीलगायतको स्वास्थ्य सुरक्षामा हेलचक्र्याइँगर्नु, सीमा–नाकामा आइपुगेका नागरिकप्रति अपमानजनक व्यवहार गर्नु र तिनलाई देशमा ल्याई सुरक्षित स्थानमा राख्ने व्यवस्था नमिलाउनु, आधारभूत स्वास्थ्य सेवाबाट जनता पूर्णतः वञ्चित हुनु, अत्यावश्यक वस्तुको भण्डारण तथा आपूर्तिमा सजगता नअपनाउँदा कालोबजारी मौलाउनु, गरिब तथा असहायका लागि आवश्यक राहतको व्यवस्थित प्रबन्ध गर्न नसक्नु, खाली पेट÷खुट्टा कैयन् दिनको यात्रा गरेर आफ्नो थातथलो फर्किन पर्ने अवस्था हुँदा समेत तिनको उद्धार तथा खाने÷बस्ने प्रबन्ध मिलाउन अनुदार हुनु, सबै तहका सरकार फरक–फरक दिशामा फर्कनुआदिपरिदृश्यले राज्यविहीनता र व्यवस्थापकीय कन्तबिजोगप्रस्ट देखिन्छ ।

युद्धस्तरमा काम गर्नुपर्ने यस घडीमा कोरानाको बहनामा सरकार आफैं लकडाउनमा बस्नु र मन्द गतिमा चल्नुले मुलुकमा अनिष्टको संकेत गरेको छ ।

नेपालमा देखिँदै गएका संक्रमण, दक्षिण छिमेकको फैलँदो डढेलो, उत्तरतर्फ फर्कीफर्की आएको संकट तथा विश्वका उत्कृष्ट प्रबन्ध गर्न सक्ने मुलुकले भोग्नुपरेको क्षतिलेखतराको घण्टीकानै फुट्नेगरी बजाइसकेको छ । यो अनिष्ट लामो समय रहनेर परिणाम पीडादायी हुने आकलन गर्न सकिन्छ ।सत्ताको बागडोर सम्हालेको दुईतिहाइको सरकारसँग आजको अहम् सवाल के हो भने सरकारले यो संकटलाई  गम्भीरतासाथ लिएको छ ?सरकारका प्रयत्न जनताको जीवन रक्षाका लागि पर्याप्त छन् ? संकटले उब्जाउने तमाम क्षतिको आकलन भएको छ ?जनजीवन सामान्य बनाउन बुद्धिमत्तापूर्ण प्रयत्न भएको छ ? उत्पन्न हुनसक्ने आर्थिक विशृंखलता रोक्न सरकार तयारी अवस्थामा छ ? सरकारका सबै संरचना चलायमान छन् ? यावत् प्रश्नको जवाफ नकारात्मक मात्रै आउनु दुर्भाग्यपूर्ण हो । चेतना भया–यो राष्ट्रिय संकट हो, कुनै पार्टी वा सरकारको मात्र सवाल होइन । तर सरकारको अहिलेको रवैया देख्दा जो कोही सचेत व्यक्ति स्तब्ध हुन्छ । कतै सरकारमा बस्नेको सत्ता–उन्मादले यो संकटको घनत्व नबुझीयसलाई राजनीतिक दाउपेच र आर्थिक दोहन गर्ने उपकरण त बनाएका छैनन् भन्ने शंका उब्जाएको छ ।

कोरोनाका अतिरिक्त सदाझैं नेपाल अब बिस्तारै प्राकृतिक प्रकोपमा फस्दै जानेछ । आगलागीले गाउँबस्ती खान तथा हावाहुरी÷चट्याङले जनजीवन त्रसित बन्न थालेको छ, वनमा डढेलो बढ्दै गएको छ । केही दिनमा मुलुकमा वर्षा सुरु हुँदैछ, यसले बाढी, डुबान र पहिरोको पीडा देशका सबै भाग र विशेषतः तराईमा गम्भीर गराउने अनुमान लगाउन कठिन छैन । गर्मी तथा वर्षाबढ्दै जाँदा लामखुट्टेको प्रकोप, सर्पदंशर विभिन्न रोग तथा संकटसामना गर्नुपर्ने दिननजिकिँदै छन् । रोजगारी पूर्णतः गुमेको छ, सञ्चित सामग्री सकिँदैछ, विश्व आपूर्ति सञ्जाल भत्किएको छ, कृषि कर्म रोकिन पुगेको छ, केही मात्रामा रहेका उद्योगधन्दा बन्दछन्, कच्चा पदार्थ अभाव छ, यस्तो अवस्थामा सरकारले आगामी दिनका लागि के योजना बनाएको छ ? प्रत्येक वर्ष आइपर्ने आगलागी, डढेलो, बाढी, पहिरो, रोगव्याधिसँग जुध्नसरकारले कुनै तयारी गर्ने गरेकै छैन । निष्प्रभावी विपद् प्रतिकार्य राष्ट्रिय प्रणाली तथाप्रधानमन्त्री दैवीप्रकोपउद्धारकोष आदि सालबसाली आउने संकटमा नागरिकको जिउधनरक्षाका लागि उपयोगी हुन सकेका छैनन् । सरकारसँग यस्ता नियमित र अनुमान गर्न सकिने प्राकृतिक प्रकोप तथा व्यवधानपरास्त गर्न, क्षति न्यून तथा सम्बोधन गर्न कुनै तयारी नहुनुले सरकारको कमजोरीएवं हेलचक्र्याइँको पराकाष्ठा अनुमान गर्न सकिन्छ ।युद्धस्तरमा काम गर्नुपर्ने यस घडीमा कोरानाको बहनामासरकार आफैं लकडाउनमा बस्नु र मन्द गतिमा चल्नुले मुलुकमा अनिष्टको संकेत गरेको छ ।

अर्थतन्त्र प्रतिकूल हुँदा  के हुन्छ भन्ने उदाहरण खोज्नबाहिर जानु पर्दैन, यसको पूर्वाभासभइसकेको छ । बेरोजगारी, गरिबी, जोखिमपूर्ण बसाइ, न्यूनतम् स्वास्थ्य तथा सरसफाइसुविधा अभाव आदिले अधिकतर जनता त्यसै पनि पीडामा थिए, त्यसमाथि अहिलेको अवस्थाले नुनचुक छर्केको छ । यसरी एकातिर फैलँदो कोरोना र त्यसले निम्त्याएको संकट तथा अर्कातर्फ गर्मीर वर्षाका साथआउने दुःखका दिनसामना गर्न नागिरकलाई निकै कठिन हुनेछ । संकट थपिँदै जाँदा कमजोर पूर्वाधारयुक्त क्वारेन्टिन र आइसोलेसन सेन्टर नै नागरिकको वधशाला बन्ने जोखिम पनि रहन्छ । त्यसतर्फ सरकारको समयमै चेत पुगोस् ।द्रुततर रूपमा काम गर्नुपर्ने यस संगीन परिस्थितिमा सरकार आफैं लरखराएको छ,  सरकारको राजनीतिक दाउपेच, भ्रष्ट आचरण, गैरजिम्मेवारीपन देख्दा मुलुक अभिभावकविहीन जस्तो भएकोछ । 

यस चुनौतीसामना गर्नसरकारले संवेदनशील भई तत्काल  विशेषकदम चाल्न आवश्यक छ । एक निमेष पनि खेर नफाली सबैलाई विश्वासमा लिएर एकीकृत रणनीति तयार पारीविपत्तिको शीघ्र अन्त्यका लागि नेतृत्व लिन कुनै कसर बाँकी राख्न हुँदैन । सरकार मातहतका कूटनीतिक निकाय र ट्रयाक टु कूटनीतिसमेतलाई सक्रिय पारी विदेशमा रहेका लाखांै नेपालीको जीवन रक्षामा पनि पर्याप्त ध्यान दिन उत्तिकै आवश्यक छ । तिनको संरक्षणका सवालमा सरकारले देश विप्रेषणबाट चलेको तीतो यथार्थता बिर्सन हुँदैन । दीर्घकालमा भोकमरी, अराजकता, विकृतिलगायत अन्य गम्भीर समस्या सिर्जना नहोस् भन्नाका लागि अत्यावश्यक वस्तुको आपूर्ति, विपन्नलाई सहयोग तथा स्वास्थ्य सुविधा र अन्य आधारभूत सेवापूर्णतःसञ्चालनको सुनिश्चितता गर्नुपर्छ। बिस्तारै आर्थिक गतिविधिपुनःसञ्चालन हुन सकेनन् भने कोरोनाबाट हुनेभन्दा अर्को ठूलो क्षति राज्यले बेहोर्नुपर्ने हुन सक्छ । अर्थतन्त्र त्यसै पनि कमजोर थियो, अबत सरकारले ढाकछोपनै गर्न नसक्ने गरी मुलुक चरम आर्थिक संकटतर्फ धकेलिएको छ । विश्वका विभिन्न मुलुकले नागरिकको स्वास्थ्य रक्षा र अर्थतन्त्र जोगाउन भगीरथ प्रयत्न गरेका छन् । अर्थतन्त्रलाई पुनर्जीवन दिन नोबल पुरस्कार विजेता अर्थशास्त्री जोसेफ स्टिग्लिजले सान्दर्भिक सुझाव अघि सारेकाछन् । उनले सन् १९३० को महामन्दीपछिको समयमा जस्तै सरकारका तर्फबाट व्यापक लगानी तथा पँुजी परिचालन गर्न आवश्यक छ, साना उद्यम र स्वरोजगारी व्यवसायबचाइराख्न विशेष सहुलियत दिनपर्छ,नयाँ स्रोत परिचालनका लागि फरक तर दह्रो कदम चाल्न सरकार डराउन हँुदैन, तर हरेक निर्णयमा सकेसम्म निजी क्षेत्रलाई विश्वासमा लिनपर्छ, भनेका छन् । यसलाई नेपाल सरकारले पनि आत्मसात् गर्नु सान्दर्भिक हुनेछ । विप्रेषणले गरिबी निकै तल झरेकामा अब त्यो अवस्था छिट्टै भत्कने छ र पुनः गरिबीको दुष्चक्रमा हामी फस्नेछौं । यस संकटले कुन क्षेत्रमा के कस्तो क्षति गर्छ,त्यसको वैज्ञानिक आकलन गरी पुनःउत्थानका लागि महत्वाकांक्षी र प्रभावकारी प्याकेज सार्वजनिक गर्न ढिला गर्न हुँदैन । जायज मुद्दामा समेत सडक र सदनको दबाब पनि मुस्किलले सुन्ने यो सरकार अहिले त्यसबाट उन्मुक्त भई स्वच्छन्द एवंदिशाहीन हुनु दुर्भाग्यपूर्ण हो ।चरम गैरजिम्मेवारीपनले जतिसुकै अनिष्ट आएपनि मतादेश प्राप्त यस सरकारलाईनिद्राबाट जतिसक्दो छिटो ब्युँताउन खबरदारी गर्नुको विकल्प तत्काल हामीसँग छैन । 

नागरिकको जीवन रक्षा राज्यको सर्वोपरि धर्म हो । अहिलेको महामारीविरुद्ध सरकारले चालेका कदम अपर्याप्त छन् । साथै गर्मी र वर्षासँगै भित्रिने विविध प्राकृतिक संकट, जीविकाको समस्या र अन्य व्यवधानले नेपाली समाज घनघोर संकटको भुमरीमा पर्नसक्छ । यस संकटबाट पार पाउन निरोधात्मक, प्रतिरोधात्मक तथा पुनरुत्थानका योजनातीव्र रूपमा कार्यान्वयन गर्नुपर्छ । सरकारले उच्च इच्छा–शक्तिका साथ उपलब्ध सबै संयन्त्रपरिचालन गरी न्यून क्षति हुँदै विजय प्राप्त गर्न अपेक्षित छ । मृग मार्न बाघको खजाना भन्ने उक्तिमनन गर्दै सम्भावित राष्ट्रिय संकटसँग जुध्न  आपसीमत भेदत्यागेर मैदानमा ओर्लन किञ्चित् विलम्ब गर्न हुँदैन । सरकारलाई चेतना होस्–इतिहास निर्मम हुन्छ । नागरिकको जीवन रक्षाका लागि न्यूनतम प्रयत्न नगर्ने गैरजिम्मेवार प्रवृत्तिकायमै रहेजनताका दुःखले निम्त्याउने आँधीबेहरीले अहिलेका नायकलाई इतिहासले खलनायक बनाउने छ । 
केन्द्रीय सदस्य,नेपाली कांग्रेस

प्रकाशित: ११ वैशाख २०७७ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App