५ आश्विन २०८१ शनिबार
image/svg+xml
विचार

बाघ संरक्षणमा विलम्ब

गत वर्षको गणनाअनुसार शुक्लाफाँटा १६, बर्दिया ८७, बा“के २१, चितवन ९३ र पर्सा राष्ट्रिय निकुञ्जमा १८ गरी नेपालमा २३५ पाटेबाघ रहेको देखाउँछ। पाटेबाघ निकुञ्जबाहिर समेत भेटिएपछि मध्यवर्ती क्षेत्र, सामुदायिक तथा अन्य वनसमेत यसको विचरण क्षेत्र रहेको र तिनको संरक्षण आवश्यक रहेको देखिएको थियो।

चार/पाँच वर्षको अन्तरालमा शुक्लाफाँटा र चितवन राष्ट्रिय निकुञ्जबाहेक अन्य निकुञ्जमा बाघको संख्या निकै बढेको थियो। बर्दियामा ५० बाट ८७, बाँकेमा ४ बाट २१ र पर्सा राष्ट्रिय निकुञ्जमा ७ बाट बढेर १८ पुग्नुलाई उत्साहजनक वृद्धि मान्नुपर्छ। राज्यले बाघ बढाउने ती निकुञ्जलाई सम्मान र पुरस्कार प्रदान गर्नुपर्ने थियो। साथै विश्व सम्पदामा सूचीकृत नेपालको पहिलो र उच्च प्राथमिकतामा परेको चितवन राष्ट्रिय निकुञ्जमा किन २७ वटा बाघ घटे ? विस्तृत अध्ययन÷अनुसन्धान गरी तथ्य पत्ता लगाउनुपर्ने थियो। बाघका लागि ज्यादै राम्रो वासस्थान मानिएको शुक्लाफा“टामा बाघको संख्या नबढ्नाको कारण पनि पत्तो लगाएर बाघ संरक्षण रणनीति र कार्ययोजना तर्जुमा एवं कार्यान्वयन गर्नुपर्ने थियो।

बाघ गणनाको तथ्यांक ढिला गरी सार्वजनिक गर्नु, बाघ घट्नाको कारण पत्तो लगाउन अध्ययन÷अनुसन्धान नहुनु तथा भावी संरक्षण रणनीति तर्जुमा र प्रभावकारी कार्यान्वयन नहुनु हाम्रा कमजोरी र उदासीनता थिए। बाघ संरक्षण समितिको बैठक बसेर समीक्षा नगर्नु र बाघ दोब्बर बनाउने  राष्ट्रिय संकल्प पूरा गर्ने भरपर्दो आधार तय नगर्नु झन् राष्ट्रिय उदासीनताको चरम प्रमाण थियो।

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय बाघ संरक्षण समिति गठन भएको छ। गृह, रक्षा, कानुन, अर्थ, वनमन्त्री एवं मुख्य–सचिव पदेन सदस्य रहेको यो समितिको बैठक नबसेको ४ वर्ष नाघिसकेको छ।

राष्ट्रिय संकल्प
सन् २०१० नोभेम्बरमा रुसको सेन्टपिटर्सबर्गमा अन्तर्राष्ट्रिय बाघ सम्मेलन भएको थियो। रुस, थाइल्यान्ड, लाओस, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, बर्मा, भुटान, भियतनाम, भारत, बंगलादेश, नेपाल र चीन गरी बाघ पाइने १३ देशका नेतृत्वकर्ताको उपस्थितिमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने गौरवशाली संकल्प गरेका थिए। अन्तर्राष्ट्रिय सम्मेलनमा गरेको वाचाले संरक्षणकर्मीका आ“खा र कान खुले। राष्ट्रिय वाचालाई आफ्नो वाचा मानेर बाघलाई पहरा दिइरहेका नेपाली सेनाको प्रोटेक्सन युनिट ‘गर कि मर (डु अर डाई)’ संकल्पसाथ संरक्षणमा होमिएका थिए। द्वन्द्वको क्षतिले पु¥याएको गहिरो चोटलाई सबैले इख र इज्जतको सवाल ठानेका थिए। फिल्डमा फ्रन्टलाइन स्टाफलाई चौतर्फी शुभेच्छा, साथ र सहयोग प्राप्त भएको थियो।

फलस्वरूप सन् २०११ मा नेपालले शून्य सिकार वर्ष मनाएर बाघ दोब्बरको संकल्पप्रति बोलेर मात्र होइन, फिल्डमा गरेर देखायो। त्यो १ वर्ष मात्र होइन, त्यसपछिका ६ वर्षसम्म त्यो उपलब्धिलाई कायम राख्न सफल भएर मुलुकले विश्वलाई चकित पा¥यो। संक्रमणकालबाट गुज्रिरहेको मुलुकले बिनाविलम्ब हासिल गरेको त्यो सफलता र उपलब्धि सा“च्चिकै प्रशंसनीय र कदरयोग्य थियो। बाघ दोब्बर बनाउन उसको वासस्थान बढाउन आवश्यक थियो। र, राज्यले बा“के राष्ट्रिय निकुञ्ज घोषणा गर्ने र पर्सा वन्यजन्तु आरक्ष विस्तार गर्ने ज्यादै दूरदर्शी काम ग¥यो। यी नया“ निकुञ्ज र विस्तारित संरक्षण क्षेत्रमा नेपाली सेनाले अविलम्ब प्रोटेक्सन युनिट तैनाथ गरेर संरक्षणप्रेमी जनसमुदायसँग टम्म मिलेर संयुक्त संरक्षण पहरा दिन सुरु गर्नासाथ त्यहा“ बाघको संख्या बढ्न थाल्यो।

संकल्प दौडमा व्यवधान
चार वर्षअगाडिको महाभूकम्पले हिमाली/पहाडी धेरै निकुञ्जलाई ठूलो क्षति पुग्यो। नेपाली सेना उद्धार र राहतमा खटिनुप¥यो। पछि पुनर्निर्माणका कामले सेनालाई व्यस्त बनायो। महाभूकम्पपछिका ३ वर्ष निकुञ्ज र बाघ हेर्ने जंगी अड्डाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु आरक्ष निर्देशनालयले नेतृत्व पाउन सकेन। महाभूकम्पको ठीक २ वर्षपछि भएको अविरल वर्षाका कारण चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु र तिनको वासस्थान डुबाउने÷बगाउने भीषण बाढी आयो। चितवनमा बाघ घट्नुको एउटा कारण त्यो विनाशकारी बाढी पनि हो।

यसै महिनामा दाङमा पाटेबाघको छालासहित पक्राउ परेका ३ जनाबारे गहिरो अनुसन्धान जरुरी छ। त्यो छाला ९० प्रतिशत बा“के र १० प्रतिशत बर्दियाका पाटेबाघका हुन् भन्ने विज्ञको अनुमान छ। निक्र्याेल गर्न अनुसन्धान जरासम्म गर्न आवश्यक छ। किनभने त्यसले वर्तमान र भविष्यका चुनौती पत्ता लागउन सक्छ। गत वर्ष मकवानपुरमा बरामद बाघको छाला चितवन राष्ट्रिय निकुञ्जको सुखीभारमा क्यामरा ट्र्यापमा परेको बाघको थियो। त्यसभन्दा अगाडि मध्यपश्चिम र सुदूरपश्चिममा बाघका छाला बरामद हुनुले प्रस्ट पार्छ कि चोरी–सिकार जारी छ। बाघलाई बन्दुकले होइन, पासो र विषादीबाट सिकार गर्ने पुरानो नजिर हेरेर सुरक्षा सक्रियता व्यापक पारिएन भने धेरै नराम्रो नतिजा आउन सक्छ।

शून्य सिकारको ब्याज खाएर अथवा चोरी–सिकार छैन भनी एकोहोरो रटान लगाएर बस्नुको सट्टा प्राचीन संरक्षण शैली पुनरवलोकन र नवीन तरिका परीक्षण प्रयोग गर्न ढिला गर्न हुँदैन। गत वर्ष गाउ“लेले खाल्डामा पुरेको अवस्थामा पाटेबाघ भेटियो, बर्दियामा। त्यही निकुञ्जमा अर्को पाटेबाघ तीव्र गतिको गाडीको ठक्करबाट घाइते भयो। हालसम्म निकुञ्जभित्रका सडकका कारण ३ वटा पाटेबाघ क्षति हुनु ज्यादै दुःखद कुरा हो।

संरक्षण सँगसँगै व्यवस्थापन पनि खुकुलो र फितलो हुँदा वासस्थान सुरधारका काम तीव्र र युद्धस्तरमा हुन नसकेको सत्य हामीले स्वीकार गर्नुपर्छ। वासस्थानमा व्यापक सुधार गर्न खा“चो छ र त्यो काम युद्धस्तरमा अगाडि बढाउन ढिला भइसकेको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय बाघ संरक्षण समिति गठन भएको छ। गृह, रक्षा, कानुन, अर्थ, वनमन्त्री एवं मुख्य–सचिव पदेन सदस्य रहेको यो समितिको बैठक नबसेको ४ वर्ष नाघिसकेको छ। बाघ संरक्षणको यथार्थ विवरण, जानकारी लिने र सम्बन्धित सबै निकायलाई बाघ संरक्षणका लागि निर्देशन दिने यो समितिको बैठक यति लामो समयसम्म नबोलाउनु र नबस्नुले फेरि केन्द्रीय उदासीनता देखाउ“छ। यो समितिको बैठकले हाम्रो राष्ट्रिय संरक्षण प्रयास उजागर गर्नेछ, अन्तर्राष्ट्रिय जगत्मा। यसर्थ यसमा विलम्ब नगरौं।
प्रकृति संरक्षण अभियन्ता  

प्रकाशित: २२ फाल्गुन २०७६ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App