अहिलेको तीव्र विश्वव्यापीकरणको बहाव र प्रभावले विश्वमा विविधताको हत्या भइरहेको छ। विविधता भन्नाले यहाँ समाजमा पाइने मानवसिर्जित विविधता भन्न खोजिएको हो। तर यस लेखमा नेपालमा पछिल्लो चरणमा वास्तुकलामा भइरहेको विविधता हत्याको प्रसंग उप्काउने जमर्को गरिएको छ।
सन्दर्भ एक
२०७२ सालको विनाशकारी भूकम्पपश्चात् नेपालमा तीव्र रूपमा वास्तुकलामा विविधताको हत्या भइरहेको छ। भूकम्पबाट विध्वंश भएका घर, बस्ती र सहर पुनर्निर्माण गर्न सरकारले सिंहदरबारमा पुनर्निर्माण प्राधिकरण गठन ग¥यो र अहिले त्यसले काम गरिरहेको छ। मेरियम वेब्स्टरले, ‘घर बनाउने र ढाँचा सिर्जना गर्ने कला र विज्ञानलाई वास्तुकला’ भनेर परिभाषा गरेका छन्। सुन्तली–धुर्मुसको प्रयत्नमा सिन्धुपालल्चोकको गिरानचौरमा ठडिएको बस्ती नै भूकम्पपछि पहिलो पुनर्निर्मित बस्ती हुनु पर्छ (सम्भवतः)। त्यो बस्तीका प्रत्येक घर एकै ढाँचा र आकृतिका छन्। कुनै पनि घर अर्को घरसित कुनै अर्थमा भिन्न छैनन्। झ्याल, ढोका, आँगन, घरको आकार, कोठा, भान्सा, रङरोगनसमेत एकै किसिमका।
धुर्मुस–सन्तलीले दोस्रो प्रयत्न गरे– महोत्तरीको बर्दिवासमा, जहाँ उनीहरूले मुसहर बस्ती नै बनाएका छन्। यो काम गर्दा धुर्मुस–सुन्तली फाउन्डेसन कानुनी रूपमा दर्ता भएर अगाडि बढिसकेको थियो। पहिलो बस्ती बनाउँदाजस्तो हतार र तुरुन्त व्यवस्थापनको चटारो दोस्रो बस्ती निर्माणका बेला थिएन। त्यसमाथि उनीहरू भूकम्पपीडित थिएनन्, तर गरिबीले ग्रस्त थिए। त्यहाँका घर पनि कुनै अर्थमा अर्कोभन्दा भिन्न छैनन्। सबै घरका इँटादेखि बार्दलीसम्म उस्तै छन्।
सन्दर्भ दुई
सरकारले गठन गरेको पुनर्निर्माण प्राधिकरणले सुस्तरी गति लियो। भूकम्पले क्षतविक्षत बस्ती आफैं तग्रिंन जोडबल गरिरहेको अवस्थामा सरकारको छुकछुके रेलको गतिले बेलैमा बारपाकजस्ता क्षेत्रमा शीघ्र राहत तथा सहायता पु¥याउन सकेको थिएन। बल्ल–बल्ल सरकारले प्राधिकरण गठन त ग¥यो, तर त्यसमा इन्जिनियर कसका, कुन दल, कुन गुटका जस्ता घिनलाग्दा खेलले गर्दा पीडितमाझ सरकारको उपस्थिति ढिला गरायो। प्राधिकरणले निर्माण गर्ने घरको निश्चित ढाँचा र वास्तु तयार गरियो। त्यही वास्तुबमोजिम गाँउ–गाँउमा सरकारका इन्जिनियर खटिए। प्राधिकरणले बनाएको वास्तुअनुसार घर बनाए मात्रै सरकारी अनुदान पाइने नीति बनायो।
युरोपका घर किन मन्दिरजस्तो चुच्चे आकारका बने भने त्यहाँ अत्यधिक हिँउ पर्ने भएकाले हिँउ तर्काउन सजिलो हुने भएकाले। अफ्रिका– जहाँ अत्यधिक गर्मी हुन्छ, त्यहाँ युरोपको वास्तुकला नक्कल गरेर हुन्छ ?
त्यही नीतिले गर्दा समाजका सबै तप्का, जाति, वर्ग र भूगोल, लिंग र धार्मिक समूहको घर बनाउने काम अहिले पनि जारी छ। यति फिट उचाइ, यति फिट गहिराइ, यति फिट लम्बाइ र चौडाइ भनेर प्राधिकरणले जुन नाप तोकेको थियो, त्यसको हुबहु घर बने÷बनाइए÷बन्दै छन्। भूकम्प–प्रतिरोधी घर बनाउने नाममा सरकारी इन्जिनियरद्वारा स्थानीय वास्तुकलाको घाँटी निमोठ्ने काम भयो।
एकरूपीकरण अभियान
नेपालमा एकरूपीकरण अभियान पञ्चायतकालमा तीव्र, प्रभावकारी र शक्तिशाली रूपमा सञ्चालन गरियो। त्यतिबेला सबैलाई एउटै भाँडोमा हालेर एकै प्रकारको घोल बनाउने सरकारको मिसनले गर्दा हाम्रो समाजमा हरेक चिज र वस्तुमा पाइने विविधताको राजनीतिक हत्या भयो। फलस्वरूप समाजबाट विविधता मासिने र हराउने स्थिति सिर्जना भयो। वास्तुकलाकै कुरा गर्दा नेपालमा विद्यालय निर्माण सरकारीतवरमा हुँदा हिमाल, पहाड र तराई–मधेसमा पनि उही जस्तापाता छानाका रूपमा प्रयोग गरिए। जबकि वास्तुकला भूगोल, हावापानी, जाति–विशेष, सांस्कृतिक परम्परा र घामपानीमा निर्भर रहन्छ।
विद्यालयमा जस्तापाता प्रयोग तराई–मधेसका विद्यार्थीका लागि वातावरणीय कोणबाट कति हानिकारक छ, त्यो पंक्तिकार स्वयंले भोगेको छ। टिनको छतबाट गर्मीमा तातो राप र जाडोमा ठिहि-याउने चिसो आउने भएकाले विद्यालय जान निकै कष्टकर हुन्थ्यो। त्यस्तै त्यही जस्तापाता हिमालमा– जहाँ निरन्तर हिउँ परिरहन्छ, त्यहाँका विद्यार्थीका लागि पनि उचित देखिँदैन। जस्तापाता त मध्य–पहाड, चुरेक्षेत्रलाई उपयुक्त हुन्छ होला, त्यो पनि वातावरणीय प्रभाव मूल्याकंन गर्न आवश्यक छ। काठमाडांै उपत्यकालाई त्यो जस्तापाता उपयुक्त हुने (अन्य भूगोलका तुलनामा) हुनाले त्यो त्यहाँ सिंहदरबारमा बस्ने नीति–निर्माताले देशका सबै भागमा उही छानो लगाउन कानुनी व्यवस्था गरेको हुनुपर्छ। अर्को कुरा– जस्तापाताका कम्पनीबाट कमिसन लिने सर्तमा देशभरिका विद्यालयलाई त्यो कम्पनीको उत्पादन खपत गराउन पनि यस्तो नीति बनाइएको हुनुपर्छ। त्यतिबेलाका शासक र प्रशासकले नीतिगत भ्रष्टाचार गरेनन् भनेर विश्वास गर्न सकिन्न। अहिले त त्यस प्रकारको व्यवहारमा ताŒिवक भिन्नता आएको छैन।
वास्तुकलामा विविधता
वास्तुकलाको परिभाषा माथि नै उल्लेख गरियो कि यो घर निर्माण गर्ने कला र विज्ञान हो। नेपालमा वास्तुकलामा व्यापक विविधता छ। पक्तिंकारले २०६८ सालमा दैलेख, कालिकोट, सुर्खेत र बाँके बस्दा त्यो प्रत्यक्ष देखेको छ। माथि दैलेखका घरमा ससाना झ्याल, अनि घरका आकार, ढाँचा, अवस्थिति जाडो छल्ने किसिमका थिए। घरको लिपपोत, आँगन, सुत्ने कोठा न्यानो हुने खालका थिए। तल सुर्खेतमा झ्याल अलि ठूला, अनि घरका ढाँचा जाडोमा जाडो छेलिने, गर्मीमा चिसो हावा छिर्ने खालका थिए। तल बाँकेमा त हपहपी गर्मी भइरहेको थियो। त्यहाँका घर भिन्नै थिए। गर्मीलाई पचाउने किसिमका थिए।
भूगोल, हावापानीअनुसार वास्तुकला मात्रै होइन, मानिसका लवाइ–खवाइ, आनीबानी, संस्कार र जीवनशैली पनि निर्धारण हुन्छन्। विभिन्न भूगोलमा जानुभन्दा अगाडि त्यहाँका भौगलिक बनावट, जाति, संस्कृति, जात्रा, मनोविज्ञान, हावापानी सबै ख्याल गरिनुपर्छ। ती सबैले वास्तुकलामा प्रभाव पार्ने गर्छन्। त्यही कुराको ज्ञान नहँुदा क्याप्टेन किनलकको नेतृत्वमा काठमाडौं आएको अंग्रेजी सेनाको फौज सिन्धुलीगढीमा नराम्रोसित पराजित भएको थियो। जेठ महिनामा कलकत्ताबाट हिँड्दा खलखली पसिना आएको थियो, साउन–भदौमा ढुंग्रेवास आइपुग्दा लगलगी काम्ने जाडो भयो। बारुद पनि ओसिएर नपड्किने भयो। त्यसपछि अंगे्रजले ५०–६० वर्षसम्म पनि नेपालसँग युद्ध गर्ने हिम्मत गरेन।
वास्तुकलामा जातीय पृष्ठभूमिले पनि अहम् भूमिका निर्वाह गरेको हुन्छ। नेपालजस्तो १ सय २६ जातजाति भएको देशमा हरेक जातिका वास्तुकलासम्बन्धी आआफ्ना ज्ञान, धारणा र मान्यता हुन्छन्। उनीहरूले आफ्नो सांस्कृतिक परम्पराअनुसार घर बनाएका हुन्छन्। सुत्ने ठाँउ कहाँ रहने, अन्नबाली कता राख्ने, भान्सा कहाँ राख्ने, चौपाया कता राख्ने ? यस्ता विषयले कुनै पनि घरको वास्तुकला निर्धारण गर्छन्। कुन वस्तु र के कुराले जीवनमा कति महŒव राख्छन् भन्ने कुरा जातपिच्छे फरक प्राथमिकतामा पर्छन्। युरोपका घर किन मन्दिरजस्तो चुच्चे आकारका बने भने त्यहाँ अत्यधिक हिँउ पर्ने भएकाले हिँउ तर्काउन सजिलो हुने भएकाले। अफ्रिका– जहाँ अत्यधिक गर्मी हुन्छ, त्यहाँ युरोपकाजस्ता घर र वास्तुकला नक्कल गरेर हुन्छ ?
सम्बन्धित जातिका सामाजिक/सांस्कृतिक मूल्य÷मान्यताले घरको वास्तुमा आकाश–पातालको फरक पारेको हुन्छ। उदाहरणका लागि मधेसीका घरभित्रै आँगन, त्यही पानी खाने कल हुन्छ। त्यसरी एउटा जातिको घरको वास्तुकला अरू जातिसित मिलेको पाइँदैन। त्यसो त उही जातका रूख पनि कहाँ एकै प्रकारका हुन्छन् र ! तराईका जगंल, पहाडका जगंल र हिमालका जगंल निकै भिन्न हुन्छन्। माथि हिमालमा पाइने रूखका आकार÷आकृतिलाई हिँउ नअडिने, सलक्क तर्काउने प्रकारका हुन्छन्। जुन गुण अन्य भूगोलका रूखमा पाइँदैन।
सहरीकरण
नेपालमा जुन तरिकाको सहरीकरण भइरहेको छ, त्यो निस्सार र निरस लाग्छ। इँटा, ढुंगा, सिमेन्ट, रड प्रयोग गरेर उही कंक्रिटका घर बनाउने गरिएकाले अहिले जुम्ला र काठमाडाैंका घरमा केही फरक पाइन्न। केही समयअगाडि मुगुका घर हेर्ने मौका मिलेको थियो। त्यहाँको घरको वास्तु नेपालका अरू सहरका भन्दा भिन्न देखिएन। अर्थात् हिमाल, पहाड र तराई–मधेसमा बनाइने घरको वास्तुकलामा मौलिक भिन्नता देखिँदैन।
यसरी विविधतामा ह्रास आइरहेको छ। कुन जाति, संस्कृति र भूगोलका घर हुन्, त्यो छुट्याउन मुस्किल छ। सबै ठाउँका घर एकैप्रकारका बन्नुले समाजको सिर्जनशीलतामा ह्रास आएको बुझ्न गाह्रो छैन। यस्तो सहरीकरणले भिन्न ढंगले सोच्ने क्षमताको क्षय गराउँछ। प्राधिकरणले भूकम्पले भत्केका घर पुनर्निर्माण गर्ने बेलामा कतिपय गुनासा आएका थिए, तर एकै प्रकारका घर बनाए अनुदान पाउने नत्र नपाउने भनेर सबैलाई एउटै खालका घर बनाउन बाध्य पारियो। प्राधिकरण, धुर्मुस–सुन्तली फाउन्डेसनले एकै प्रकारका घर, बस्ती बनाउँदा त्यसले आउने पुस्ताको सिर्जनशीलता, फरक कोणबाट सोच्ने र विषयवस्तुलाई बुझ्ने, हेर्ने दृष्टिकोणमा कति नकारात्मक असर पार्ला ? यसको अध्ययन तथा मूल्याकंन नगरीकन बनाइने घरले गर्दा समाजले आउने दिनमा कति मूल्य चुकाउनुपर्छ, ख्याल गरेको देखिएन।
वास्तुकलामा उत्तरआधुनिकता
अहिलेका घर, भवन र बस्ती पहिलेका जस्ता छैनन्। अहिलेका घरमा उत्तरआधुनिकताको प्रभाव परेको पाइन्छ। उत्तरआधुनिक वास्तुकलाले व्यापकता पाइरहेको छ। पहिलेका घरमा सुत्ने कोठा, भान्सा, शौचालय भिन्न–भिन्न घर वा स्थानमा हुन्थे। तर अहिलेका घरमा यी तीनै कोठा एकै ठाँउमा हुन्छन्। दसकौं अगाडि बनेको काठमाडौंको विश्वज्योति चलचित्र भवन र अहिले बनेका उत्तरआधुनिक शैलीका मल्टिप्लेक्स हलबीच शतप्रतिशत भिन्नता छ। अहिलेका मल्टिप्लेक्स हलमा सबैकुरा एकै ठाँउमा हुन्छन्। यो शैली र वास्तुकलालाई ‘कोलाज’ भनिन्छ। उत्तरआधुनिक भवनमा ‘अल इन वान’ पाइन्छ। अर्थात् त्यही भवनमा चलचित्र घर, खेलकुद, रेस्टुराँ, क्लब, स्विमिङ पुल, क्यासिनो, किनमेलका सामग्री सबै पाइन्छन्। त्यस्तो भवनलाई उत्तरआधुनिक वास्तुकलामा आधारित ‘कोलाज घर’ भनिन्छ।
निष्कर्ष
हामीले जानी नजानी हाम्रो समाजमा अस्तित्वमा रहेका वास्तुकलाका विविधता हत्या गरिरहेका छौं। यो शैली समाज र जीवनका अरू पक्ष र क्षेत्रमा पनि त्यत्तिकै लागू भइरहेको छ। सिंगो गाँउमा एकै प्रकारको वास्तुकला भएका घर देखेर हुर्किने पुस्तालाई घर भनेका यस्ता मात्रै हुँदारहेछन् भन्ने सोच र चिन्तन आउनु स्वाभाविकै हो। सहरका बच्चाले दूध केले दिन्छ भनेर सोध्दा ट्रकले भनेजस्तै एकै प्रकारको वास्तुकलाले पार्ने दीर्घकालीन असर भनेको चाहिँ सिर्जनशीलतामा ह्रास र बाँझोपन हो। तोरीबारी मात्र हेरेर हुर्किने पुस्तालाई फूलबारी भनेकै तोरीबारी हो भन्ने लाग्छ। उसलाई सृष्टिमा फुल्ने अरू फूलको सुगन्ध थाहै हँुदैन। त्यसैले समाजलाई ऊर्वर, सिर्जनशील र रचनात्मक बनाउन आजैदेखि विविधताको हत्या होइन, संरक्षण र संवद्र्धन गर्न हातेमालो गरौं। सिर्जनशीलताबिनाको समाज र देश–दुनियाँ निरस र पट्यारलाग्दो हुनेछ, त्यसले सभ्यताको गतिमा शिथिलता ल्याउनेछ।
प्रकाशित: १६ फाल्गुन २०७६ ०४:१५ शुक्रबार