सिद्धान्तहीन र विचारविहीन मानिस बुद्धिमान ठहरिएको देख्नुभएको छ ? सम्भव छैन। अमेरिकी राष्ट्रपति फ्रयांकलिन डि. रुजबेल्टकी पत्नी एलिनोयरले भनेकी छिन्– ‘हामीले विश्वासको आधार आफैँले बनाउनुपर्छ र गुणस्तरीय जीवनका लागि अदम्य अठोट हुनुपर्छ। अठोट भएपछि विचार मर्दैन। विचारले निर्देशित मानिसमात्र लक्ष्यमा पुग्न सक्छ।
भारतको बिहारमा झण्डै पचास वर्ष पहिले अनिकाल लाग्यो। अन्न उत्पादन राम्रो नहुँदा ठूलो संकट आयो। हजारौँ मान्छे खानै नपाएर मरे। बिबिसीलगायत युरोप–अमेरिकाका पत्रकारले समेत त्यहाँको रिपोर्टिङ गरे। एकजना युरोपेली पत्रकारले बूढापाकालाई सोधेछन्– लाखौँ गाईगोरुहरू पनि मरिरहेका छन्। यहाँका मान्छेले चामल नपाएर के भो, गाईको मासु खाए पनि बाँच्थे होला नि होइन र ?
दोभाषेले अंग्रेजी प्रश्न हिन्दीमा राख्नासाथ बिहारीहरूले लौरोले कुट्दै लखेटे पत्रकारहरूलाई। ससाना छोराछोरी, बूढा बाआमा सवै भकाभक मरिरहेछन् तर शिक्षित युवाले पनि गाई खाने कुरा सोच्न सकेनन्। संस्कार कति बलियो हुन्छ भन्ने कुराको यो एउटा उदाहरण हो। संस्कारको भुइँमा आधारभूत चरित्र निर्माण हुन्छ।
राजधानीका अग्ला डाँडाहरूदेखि सहरका महलहरूमा जताततै नयाँ अवतार लिएर बसेका छन् विदेशी गुप्तचरहरू। राज्य–संयन्त्रको सबै कुरा उनीहरूबाट लुकेको छैन।
‘अष्टादशु पुराणेशु व्यासस्य वचनम् द्वयम्, परोपकार पुण्याया पापाया परपीडणम्।’ (अठार पुराणमा व्यासका दुई वचन छन्, परोपकार पुण्य हो, परपीडा पाप हो।) हामीलाई यस्तै सिकाए हाम्रा पुर्खाले। त्यसैले हिमवत्खण्डमा यही मान्यता स्थापित भयो। हजारौँ वर्षअघिदेखि नेपाल स्वाधीन थियो र आफ्नो निर्णय आफैँ गथ्र्यो। जब ‘धर्म छैन, देवीदेवता छैनन्’ भन्ने सिकाउन थालियो, तब आतंकवादले टाउको उठाउन थाल्यो। ‘मानिसको हत्या’ नियमित आकस्मिकता जस्तो भयो। दश वर्ष चलेको सशस्त्र विद्रोहले त समाजमा भय, शंका र मनोवैज्ञानिक दूरी बढायो।
२०४२ असार ६ गते तत्कालीन संसद् (राष्ट्रिय पञ्चायत) भवन सिंहदरबार परिसरमा बम विस्फोट भयो। अन्नपूर्ण होटल र राजदरवारनजिकै विभिन्न ठाउँमा विस्फोट भयो। कैयन् निर्दोषहरू मारिए। लमजुङका जनप्रतिनिधि (रापंस डम्बरजंग गुरुङ संसद् भवनकै आँगनमा मारिए। जनकबहादुर शाहलगायतका सांसद र कर्मचारीहरू घाइते भए। केही व्यक्तिको सो घटनामा मृत्यु भयो भने देशका विभिन्न भागमा विस्फोट गराइयो।
रेडियो नेपालबाट संसद्को रिपोर्टिङ गर्ने यो पंक्तिकार पारिश्रमिक लिन त्यहाँ पुगेका बेला संसद्को पटाङ्गिनीमा डम्बरजंग गुरुङलगायतका सांसदहरूसँग कुराकानी भएको थियो त्यो दिन। त्यहाँबाट बिदा भएर हिँडेको पाँच÷सात मिनेटमा सोही ठाउँमा ठूलो विस्फोट भएको थियो। भारतमा बसेर सशस्त्र विद्रोहको योजना बनाइरहेका रामराजाप्रसाद सिंह, लक्ष्मणप्रसाद सिंह र खेमराज भट्ट (मायालु) लगायतले आतंक फैलाउने योजना बनाएको खुलासा भयो। पक्राउ पर्नेहरूले बताए, भारतको बैजनाथबाबाधाम, सिमुलतला, लीला आश्रम, रिसिया सीतामढी, दरभंगा, पटनालगायतका ठाउँमा तालिम दिएर नेपाल पठाइएका आतंककारीहरूले नेपालमा उत्पात मच्चाउन खोजे। तत्काल आन्तरिक सुरक्षा व्यवस्थामा केही सुधार गरेर गुप्त सूचनाहरूमार्फत धेरैलाई पक्राउ ग-यो सरकारले। पक्राउ पर्नेहरूको बयान उस्तैउस्तै थियो– ‘हामीलाई यो काममा लगाउने रामराजाप्रसाद सिंह हुन्। तालिम, खर्च, हतियार सबै नेपाल बाहिरै व्यवस्था हुन्छ।’ २०३७ सालदेखि नै भारतीय भूभागमा त्यस्ता गतिविधि भइरहेका थिए।
सरकारले ‘काउन्टर इन्टेलिजेन्स’ सक्रिय गराएर राष्ट्रिय सुरक्षा बलियो पार्ने घोषणा गरेको छ। त्यसो हो भने नेपालको भूमि प्रयोग गरेर नेपाल, चीन, भारत आदि क्षेत्रमा आगो सल्काउन चाहनेहरूलाई लखेट्न सक्नुपर्छ। नत्र नेपाल आतंकवादीहरूका लागि अर्को लेवनान, काबुल, सिरिया वा सुडान जे पनि बन्न सक्छ।
२०४५ जेठ २४ गते सोमबार रामराजाप्रसाद र उनको प्रतिबन्धित दलका गतिविधिबारेको मुद्दामा सर्वोच्च अदालतले फैसला ग¥यो। न्यायाधीश सुरेन्द्रप्रसाद सिंह, पृथ्वीबहादुर सिंह र महेश्वररामभक्त माथेमाको इजलासले रामराजाप्रसाद सिंह र उनका सहयोगीका गतिविधिलाई आतंककारी ठहर ग-यो। नेपालका बेरोजगार युवालाई ‘काममा लगाइदिन्छु’ भनेर बिहार पु¥याइ आतंककारी तालिम दिइन्थ्यो।
कपिलवस्तुको दरवारबाट हिँडेका सिद्धार्थ गौतमले अहिंसाको पाठ सिकाउँदै विभिन्न ठाउँको यात्रा गरेको र ती पवित्र ठाउँहरूमा बौद्ध बिहारहरू बन्न थालेपछि ठूलो भूखण्ड नै ‘बिहार क्षेत्र’ बन्यो। अंग्रेज शासकका पालामा ससाना राजा÷रजौटा भए पनि सरकारले दिल्लीबाटै त्यहाँ शासन गथ्र्यो। भारत स्वतन्त्र भएपछि बिहार बदनाम हुँदै गयो। राजनीतिका नाममा संसारमै सबैभन्दा हिंसा हुने ठाउँ ठहरियो बिहार। हत्या, लुट, आतंकजस्ता घृणित काम सिक्ने र सिकाउने प्रयोगशाला भयो बिहार। नेपालको तराईमा बितेका पन्ध्र बीस वर्षमा गौर नरसंहार, इँटा भट्टा काण्ड, टीकापुर काण्डलगायत कैयन् अपराध भए। उनीहरूले बिहार र उत्तर प्रदेशजस्ता भारतीय प्रान्तहरूबाटै त्यो सिके। नेपालको दक्षिणमा केरला, गोआ, तमिलनाडु, महाराष्ट्र, पुडुचेरी जस्ता सभ्य राज्य जोडिएको भए नेपाल–भारत सिमाना यति अस्तब्यस्त र अशान्त हुने थिएन।
अब्दुला अजाम र ओसामा बिन लादेन दुवै युवक थिए, सिआइएले प्रयोग गर्दा। ‘अपरेसन साइक्लोन’ चलाएर अमेरिकाले पाकिस्तानको पेशावरमा तालिम केन्द्र खोल्यो। मख्खतब अल खिद्मत (सेवा कार्यालय) भन्ने ‘पवित्र’ नाम राखियो शिविरको। बिन लादेनलगायतका युवकहरूले अमेरिकी खर्चमा अफगानिस्तानमा आतंक मच्चाए।
पाकिस्तानस्थित सिआइए इन्चार्ज मिल्टन बियर्डरले लेखेका छन्– लादेन भन्ने केटाले धेरै राम्रा काम ग-यो।’ सन् १९८५ को एउटा प्रतिवेदनमा सिआइएले छद्मयुद्धका लागि भाडाका मानिस (सरोगेट) प्रयोग गर्न उत्तम हुन्छ भनेको छ। अर्थात लादेन पनि भाडाका सिपाही थिए। शिक्षित र टाठो भएकाले धेरै कुरा बुझ्थे। पछि अमेरिकासँग कुरा नमिलेपछि सिआइएका घर ज्वाइँजस्ता लादेन मारिए।
आफूअनुकूलको कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सेना, प्रेस, चेतनशील सुमदाय बनाएर नेपालमा ‘आफ्नै’ शासन अप्रत्यक्ष ढंगले चलाउन २०४६ सालमा प्रायोजित विद्रोह गरायो भारतले। संसारकै उत्कृष्ट संविधान बन्यो भन्दै गद्गद् हुने नेताहरूले आफैँले बनाएको २०४७ सालको संविधान निकृष्ट भन्न थाले। जे आदेश आउँछ, त्यही भन्ने हो। दास मानसिकताको समस्या यही हो।
गिरिजाप्रसाद कोइरालाको आत्मकथामा लेखिएअनुसार अन्तरिम संविधानका मस्यौदाकार समेत रहेका शम्भु थापाले कोइरालालाई २०४७ सालकै संविधान संशोधन गर्न सुझाव दिएका रहेछन्। कतिपय कुरा लुकाए पनि पुस्तकमा गिरिजाप्रसादले धेरै कुरा प्रस्ट बोलेका छन्। नेपालको प्रधानमन्त्री भइसकेको ती नेताले आफू विगतमा भारतीय गुप्तचर संस्था रअबाट सञ्चालित भएको स्वीकारेका छन्। नेपालको तीस लाख भारु हवाईजहाजमा डकैती गरेर बिहार लगेको, युरेनियम ओसारपसार गरेको र नक्कली भारु छापेर पैसा कमाएका प्रसंगको सगर्व व्याख्या गरेका छन् कोइरालाले।
पुष्पकमल दाहाल, सिपी गजुरेल, मोहन वैद्य, रामबहादुर थापा, बाबुराम भट्टराईलगायत धेरै माओवादी नेताले भारतकै डिजाइनअनुसार भारतीय भूमि प्रयोग गरे। त्यहाँको छत्तीसगढ, बिहार, उत्तर प्रदेश, लखनौँ (गोमतिनगर) तथा देहरादून उत्तरको चक्राटा पहाडमा माओवादीलाई भारतले तालिम दियोे। पंक्तिकारद्वारा सम्पादित सारथि साप्ताहिकमा २०५७ सालतिर यस्ता खबरहरू आउँदा केही उच्चपदस्थ सुरक्षाकर्मीहरूले ‘आधारहीन’ भन्दै टेलिफोनबाट प्रतिक्रिया दिए।
सोही पत्रिकाले माओवादीले राजधानी घेर्ने योजना बनाउँदैछन् भनेर लेख्दा कैयन्ले ‘वाहियात कुरा’ भने। थानकोट र भक्तपुरलगायतका प्रहरी पोस्टमा माओवादीले हमला ग¥यो। २०६२÷०६३ को आन्दोलनमा ९३ हजार जनाको बथान लिएर उपत्यकालाई चारैतिरबाट घेरिएको कुरा वर्षमान पुनले अन्तर्वार्तामा बोलेका छन्। नेपाली कांग्रेस र एमाले शिथिल भएको अवस्थामा संसद्मा रहेका सातदल र संसद्बाहिरको माओवादीलाई दिल्लीमा बोलाएर भारतले लगनगाँठो बाँधिदिएको कुरा धेरै भारतीय नेता, लेखक र प्राध्यापकले खोलेका छन्। सबै उतैबाट सञ्चालित हुन् भनेर कैयन् भारतीय पुस्तकमा प्रकाशित छ तर नेपाली नेताको बलबुता, क्षमता र निर्णयबाट २०४६ र २०६२/६३ सालको आन्दोलन भएको स्पष्ट गर्न किन सक्दैनन्, ती आन्दोलनका अगुवा ?
इन्डो–प्यासिफिक (एसिया–प्यासिफिक) र बिआरआइमात्र होइन, प्लस टु वान, बिमस्टेकलगायतका गुटबन्दीमा नेपाल भासिने सम्भावना बढ्दैछ। भारतीय संविधानको धारा ३७० को ‘एसिड टेस्ट’ गरेर जम्मु–काश्मीर र लद्दाखका बारेमा भाजपा सरकारले गरेको निर्णय राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसको विषय बनेको छ। सार्कको अध्यक्ष नेपालले अझै पनि आफ्नो भूमिका स्पष्ट गर्न सकेको पाइँदैन। पाकिस्तानलाई सार्क नेतृत्वको मुकुट पहि¥याउने दायित्व नेपालको हो। त्यसका लागि उन्नाइसौँ शिखर सम्मेलन पाकिस्तानमै गर्नुपर्ने हुन्छ तर भारतको दबाब, भूमिका र दूराग्रहका कारण सार्कलाई पक्षघातको रोगी बनाइएको छ। शिखर सम्मेलन हुने सम्भावना समाप्त हुँदै गएको छ।
एमके नारायणन् भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार छँदा उनले भनेका थिए– ‘सन् २००८ सम्म आइपुग्दा भारतमा आठ सयवटा आतंककारी संगठन देखिए।’ ६०८ जिल्लामध्ये २०५ जिल्लामा आतकंकारी फैलिएको उनको धारणा छ। आर्थिक असमानता, बेरोजगारी, विदेशी संस्था आइएनजिओहरूको लगानी आदि त्यसका प्रमुख कारण हुन्। भारतले सन् १९४७ पछि कब्जा गरेर ‘संघीयता’ बलियो बनाउन विभिन्न राज्यलाई दिल्लीअन्तर्गत राखेपछि ती राज्यहरू स्वतन्त्रता माग्दै विद्रोह गरिरहेका छन्। उदाहरणका लागि मणिपुरको विद्रोह हेरे पुग्छ। झन्डै पच्चीस सय वर्षअघिदेखि मणिपुरमा राजतन्त्र थियो। सन् १९४९ मा राजा बुद्धचन्द्रलाई धम्काएर मणिपुरलाई भारतमा विलय गराइयो। महारानी ईश्वरीदेवी नेपालीकी छोरी थिइन्। उनकै आग्रहमा धेरै नेपालीलाई त्यहाँ बसोबास गराइयो। पहिले जापानले कब्जा गरेको मणिपुरलाई मुक्त गराउन नेपाली (गोर्खाली) समुदायले त्यहाँ ठूलो योगदान गरेको पाइन्छ। दरवारभित्र थुप्रै नेपाली थिए भन्ने कुरा त्यहाँका एकजना प्राध्यापकले सुनाएका थिए।
सुदीप चmत्रवर्तीले ‘रेड सन ः ट्राभल्स इन नक्सलाइट कन्ट्री’ पुस्तकमा अरुको तुलनामा कम्युनिस्टहरू विदेशीका लागि चाँडै ‘इस्तेमाल’ हुन्छन् भनेका छन्। सन् १९६३ मा भारतको सोह्रौँ राज्यका परूमा गाभिएको नागाल्यान्ड आज पूर्वोत्तर भारतमै सर्वाधिक चर्च भएको राज्य बनेको छ। चर्च धाउनेले आफूलाई कम्युनिस्ट भन्छन् र हिन्दु–बौद्ध धर्मावलम्वीसँग कुरा गर्दा आफूलाई नास्तिक भन्छन्। क्रिस्चियन बनेर आफूलाई ‘धर्म निरपेक्ष’ भन्ने पात्रहरू नेपाली राजनीतिमा पनि बग्रेल्ती भेटिन्छन्। संविधानमा सोझै ‘इसाइराज्य’ लेख्ने साहस नभएर धर्म निरपेक्ष लेखियो। त्यसपछि दश हजार जति चर्च खुले।
राजधानीका अग्ला डाँडाहरूदेखि शहरका महलहरूमा जताततै नयाँ अवतार लिएर बसेका छन् विदेशी गुप्तचरहरू। राज्य–संयन्त्रको सबै कुरा उनीहरूबाट लुकेको छैन। सरकारले ‘काउन्टर इन्टेलिजेन्स’ सक्रिय गराएर राष्ट्रिय सुरक्षा बलियो पार्ने घोषणा गरेको छ। त्यसो हो भने नेपालको भूमि प्रयोग गरेर नेपाल, चीन, भारत आदि क्षेत्रमा आगो सल्काउन चाहनेहरूलाई लखेट्न सक्नुपर्छ। नत्र नेपाल आतंकवादीहरूका लागि अर्को लेवनान, काबुल, सिरिया वा सुडान जे पनि बन्न सक्छ। ‘पार्टी’ भनिएका कोठाहरू तब सुरक्षित रहन्छन् जब घर (राष्ट्र) सुरक्षित रहन्छ।
प्रकाशित: २० मंसिर २०७६ ०४:४४ शुक्रबार