सन् १९७८ मा चीनका नेता देङ स्याओपिङले आफ्नो देशको भाग्य मात्र परिवर्तन गरेनन्, बरू उनको दृष्टिकोणले संसारकै इतिहासको गतिमा परिवर्तन ल्यायो। बितेका चार दशकमा चीनले हासिल गरेका सफलताले चिनिया“ जनताको जीवनमा सकारात्मक परिवर्तन ल्यायो र चीनले संसारको भूराजनीतिमा पुनः केन्द्रीय स्थान हासिल गर्यो।
यस्तो परिस्थितिमा देङको सुधार र खुलापन नीतिको चालिसौँ वर्षगाँठ मनाउने एउटा तरिका भनेको हाम्रो समयका केही महत्वपूर्ण प्रश्नको उत्तर दिने प्रयास गर्ने हुनसक्छ। के प्राचीन गैरपश्चिमा सम्भ्यताको पुनःउदय ध्वंशकारी होला ? अथवा चीन र पश्चिमा विश्वबीच इमानदार सहकार्यमा आधारित सम्बन्धको नया“ अन्तर्राष्ट्रिय व्यवस्था स्थापना गर्छ ? वास्तवमा यी दुई सम्भावनाहरूभन्दा तेस्रो बाटोको सम्भावना अझ प्रबल देखिन्छ। विवाद र तनाव पनि भएको तर त्यस्ता समस्या सहमति र विविध तहको समझदारीमा आधारित मूलतः शान्तिपूर्ण सहअस्तित्वको सम्बन्ध नै चीन र पश्चिमा विश्वबीचको सम्बन्धको आगामी दिशा हो।
बितेका चार दशकमा चीनले हासिल गरेका सफलताले चिनियाँ जनताको जीवनमा सकारात्मक परिवर्तन ल्यायो र चीनले संसारको भूराजनीतिमा पुनः केन्द्रीय स्थान हासिल गर्यो।
द्वन्द्वलाई उपेक्षा गर्न सकिन्न
सम्भावना कम नै भए पनि चीन र पश्चिमा विश्वबीचको द्वन्द्वको चरम अवस्थालाई पूर्णतः अस्वीकार नै गर्न भने सकिन्न। विविध कारणवश पश्चिमा देशहरू र चीन त्यस्ता दुःखद् घटनाको सुरुवाती कारण बन्न सक्छन्। राज्य शक्तिको विद्यमान पुनःवितरणको क्रममा पश्चिमा देशका अनुदारवादी शक्तिहरूले विश्व मामिलामा आफ्नो प्रभाव जोगाउने लक्ष्यसाथ चीनस“ग द्वन्द्वमा उत्रन सक्छन्। विश्व मामिलामा बराबरीको खेल (जिरो–सम गेम) मा प्रतिनिधित्व गुम्ने डरले पश्चिमा विश्वले चाल्ने कदमले विश्वग्राममा अनावश्यक रूपमा विवाद निम्त्याउनेछ। यसले संरा अमेरिका र चीनबीच रणनीतिक दुश्मनीको खतरा उछाल्ने सम्भावना बढाउनेछ।
चीनले कष्टसाध्य र दीर्घकालीन आर्थिक समस्या भोग्नुपर्ने अवस्थामा चीनका केही मानिसले सामाजिक स्थायित्व र आन्तरिक सामञ्जस्यता कायम राख्न राष्ट्रवादी कार्ड प्रयोग गर्न सक्छन्। तर चीनले सामना गरिरहेका चुनौतीबीच पनि चिनिया“ अर्थतन्त्र अझै पनि प्रतिवर्ष ६.५ प्रतिशतभन्दा बढीका दरले उक्लिरहेको छ। व्यापक स्तरको व्यावसायिकता, अनुसन्धानकेन्द्रित भावना र चिनिया“ कम्पनीहरूको विश्वव्यापीकरणले संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको देश चीन परिमाणात्मक वृद्धिबाट थप गुणात्मक वृद्धिको संक्रमण र दिगो विकासको चरणमा प्रवेश गरिसकेको देखाएको छ।
चीनमा राष्ट्रवादी विचार बलियो हुनुको अर्थ चीन आक्रामक बन्छ भन्ने कुरा भने सही होइन। किनभने चीनको इतिहासमा सैन्यवाद वा विस्तारवाद कहिल्यै पनि चीनको पारिभाषिक विशेषता बनेनन्। यदि इतिहासको लामो कालखण्डको परख गर्ने हो भने चीन वास्तवमा कहिल्यै पनि विघटनको तहमा पुगेन। आफ्ना वरपरका छिमेकका लागि चीनले आफ्नो ढोका मुस्किलले बन्द गर्यो। देङको सुधार र खुलापनको नीतिमा पनि अरूबाट अलग बन्ने खतराको अन्तर्निहित बुझाइ थियो।
अर्को सम्भावना भनेको चीनको पुनःउदय चीन र पश्चिमा विश्वको वैरभावको कारण बन्न सक्छ। तर अफिम युद्धपछिको एक सय वर्ष लामो अपमानपूर्ण कालखण्डको इतिहास फर्केर हेर्दा चीनले पश्चिमा देशहरू वा जापानलाई निशाना बनाएर कुनै बदलाभावले प्रेरित राजनीतिक प्रचारबाजी कहिल्यै गरेको छैन। औद्योगिक क्रान्तिपछिको आफ्नो पीडादायी सीमान्तीकरणका लागि चीनले कसैलाई दोष दिएको छैन। चीनले कसैमाथि दोष थोपरेर नभई आफैँलाई सुधार गरेर पुनःउदयको बाटोमा अघि बढेको छ। देङले जोड दिएको सुधारले यही कुरालाई अभिव्यक्त गरेको छ।
चीन संसारको परिर्वतनबारे सचेत छ
चीन र पश्चिमा विश्वबीचको द्वन्द्वात्मक सम्बन्धको आधारबारे छलफल गर्दा चीन शान्तिपूर्ण उदयको रणनीतिमा रहेको अवस्थालाई भुल्नुहुन्न। पेचिङले शक्तिको कुनै पनि उल्लेखनीय पुनव्र्यवस्थापनभित्र अन्तर्निहित खतरालाई स्वीकार्दै परिवर्तनको सो प्रक्रियाको बुद्धिमत्तापूर्वक व्यवस्थापन गर्ने क्षमताप्रति आफ्नो आत्मविश्वास प्रदर्शन गरेको छ। चीनको लक्ष्य सान्दर्भिक बन्नु हो, प्रभुत्ववादी बन्नु होइन। विश्वमञ्चमा केन्द्रीय स्थानमा पुग्ने उसको चाहनालाई विश्वमा प्रभुत्व जमाउने वा नेतृत्व गर्ने सैनिक अर्थमा बुझ्ने गल्ती गर्नुहुन्न।
यदि चीन र पश्चिमा देशहरूबीच वैमनस्यतापूर्ण सम्बन्ध हुने सम्भावना कम भए के भविष्यमा उनीहरूबीचको सम्बन्ध सहकार्यमूलक हुनेछ ?
धेरै समस्याको सामनाका क्रममा पश्चिमा देश र चीनबीच उत्पादनमूलक सहकार्य हुन सक्छ भन्ने कुरा देखाइसकेको छ। संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसन, आणविक निशस्त्रीकरणका लागि सङ्घर्ष, इरान आणविक सम्झौता, प्रतिआतंकवाद र जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता त्यसका केही दृष्तान्त हुन्। तर साझा चुनौतीको सामना गर्दा दुवै पक्षले सहकार्य पनि गरेका छन् भने सुरक्षा र राजनीतिक मामिलाका थुपै्र विषयको व्याख्यामा उनीहरूबीच धेरै मतभिन्नता पनि छन्।
चीन र पश्चिमा विश्वबीचको द्वन्द्वको चरम अवस्थालाई पूर्णतः अस्वीकार नै गर्न भने सकिन्न। विविध कारणवश पश्चिमा देशहरू र चीन त्यस्ता दुःखद् घटनाको सुरुवाती कारण बन्न सक्छन्।
उत्तर एटलान्टिक सन्धि संगठन (नाटोे) र चीनको विकासक्रमका फरक फरक पृष्ठभूमि छन्। ती दुई पक्षबीच बेलाबेला आपसी सम्बन्धका गतिविधि भए पनि निकट भविष्यमै पश्चिमेली सैनिक मोर्चा नाटो र चिनिया“ जनमुक्ति सेनाबीच तत्काल कुनै सहकार्य हुने सम्भावना भने कम नै छ। चीन र रुसले रणनीतिक सहकार्यमा तीव्रता दिइरहेका छन्। त्यसैकारण युक्रेन संकटको बहानामा पश्चिमा शक्तिले मस्कोमाथि नाकाबन्दी थोपरेको हो। चीन र पश्चिमा देशबीच विश्वासको कमीले सुरक्षा क्षेत्रमा धेरै असर गरिसकेको छ। संरा अमेरिका र युरोपेली सङ्घले चीनलाई हतियार बेच्न सक्दैनन् र दक्षिण चीन सागरमा भएको दाबी नै असहमतिको स्रोत बनेको छ। तर साइबरस्पेसमा रणनीतिक अविश्वासले चीन र संरा अमेरिकाबीचको सम्बन्धलाई जटिल बनाएको छ।
सन् १९४९ देखि नै चिनिया“ र पश्चिमा राजनीतिक व्यवस्था सञ्चालनका वैधानिकताबारे आ–आफ्ना बुझाइ र समझदारी छन्। बितेका ४० वर्षमा चीनले अभ्यास गरेको शासनप्रणालीमा कानुनी शासन क्रमशः केन्द्रीय विषय बनिरहेको छ। तर यी दुई राजनीतिक बन्दोबस्त आपसमा ठोकिने कुराको अपेक्षा भने गर्न सकिन्न।
विशिष्ट सभ्यता सुहाउँदो सार्वभौमिकता
चीन विशिष्ट सभ्यताको विशेषता बोकेको सार्वभौम राज्य हो। आजको चिनिया“ पुनर्जागरण पूर्ण रूपमा इतिहासस“ग मात्र गा“सिएको छैन बरु यो प्राचीन सामाजिक–राजनीतिक अभ्यास र नया“ प्रकारको शासनप्रणालीबीचको सन्तुलन हो।
‘इतिहासको अन्त्य’ भन्ने फ्रान्सिस फुकुयामाको विचारको व्यावहारिक प्रतिवाद आजको चिनिया“ पुनर्जागरण र विश्व प्रणालीमा त्यसको प्रभाव हो। चिनिया“ दृष्टिकोणमा आधुनिकीकरण भनेको पश्चिमीकरण होइन। द्वन्द्वदेखि सहकार्यसम्म, (स्यामुएल) हचिनसनको ‘सभ्यताको द्वन्द्व’देखि फुकुयामाको ‘इतिहासको अन्त्य’सम्मको बृहत् आरोहअवरोहले भोगेको भूराजनीतिक सहअस्तित्वको जटिलता र अन्तर्यको अभिव्यक्ति नै चीन र पश्चिमा सम्बन्धको आजको रूप हो।
पश्चिम र चीन सबै कुरामा एकमत हुन सक्दैनन्। तर उनीहरूले धेरै साझा चासोका विषय पहिचान गर्न सक्छन्। संवाद र वार्ता नै साझा पहिचान पहिल्याउने माध्यम हुन्। आपसी मतभेद घटाउने र सहकार्य बढाउने ती नै साधन हुन्। चीनप्रतिको रणनीतिक अवधारणा बनाउ“दा मध्य राजतन्त्रको आफ्नो लामो इतिहासमा चीन सधैँ विश्वका लागि खुला रहेको पश्चिमा देशहरूले बुझ्न जरुरी छ। ताङ राजतन्त्र (६१८–९०७), सोङ वंश (९६०–१२७९), मिङ वंश (१३६८–१६४४) र अलगावको कालखण्डमा पनि चीन सधैँ संसारका लागि खुला थियो। चीनको ढोका कहिल्यै बन्द भएन।
बजारको आकार, महादेशभरि चीनले बनाएको आर्थिक मूल्य, विश्वव्यापी मुद्दामा चीन र पश्चिमा देशहरूबीचको सहमति खुला चीनबाट विश्वले उठाउन सक्ने फाइदा हुन्। तर चीनको लामो ऐतिहासिक कालखण्ड पनि खुलापनको कालखण्ड थियो। पश्चिम र प्रगतिका पक्षधर चिनिया“ शक्ति दुवैका लागि मूल खतरा भनेको चीन फेरि पनि अलगावमा जानु हो। चीन अलग हुनु भनेको अ–भूमण्डलीकरणतिर फर्कनु हुन्छ र चिनिया“ पुनर्जागरणका प्रतिबद्धता तुहिनु हुनेछ।
यस्तो परिस्थितिमा पश्चिमा राजनीतिक र आर्थिक नेताहरूले चिनिया“ खुलापनको उत्प्रेरकको भूमिका खेल्न आवश्यक छ। सुधार र खुलापन देङ नीतिका दुई प्रमुख पक्ष हुन्। ती दुई पक्षबीच बलियो अन्तरसम्बन्ध छ। तथापि सुधारको प्रकृति र गहिराइ भने खुलापनको आकारले निर्धारण गर्छ।
चीन बेपर्वाह अलगावमा छैन
चीनको ऐतिहासिक परिस्थितिमा प्रतिपादन गरिएको नया“ रेशम मार्ग कार्यक्रममार्फत चीनका राष्ट्रपति सी चिनफिङले संसारबाट चीनलाई अलग राख्ने अनुदारवादी शक्तिको चाहनालाई चेतावनी दिएका छन्। अनि सीले बेपर्वाह अलगावबाट अझ माथि उठ्न देङको खुलापनको नीतिलाई उचाइमा लगेका छन्।
क्षेत्र र बाटो कार्यक्रम (बिआरआई) का लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोग संयन्त्र एसियाली पूर्वाधार लगानी बैंकको लक्ष्यमाथि शंका गरेर संरा अमेरिकाले चीनको खुलापनबाट उठाउन सकिने फाइदाबाट वञ्चित बनेको छ। सीको कूटनीतिक पहलप्रति सकारात्मक युरोपेली सङ्घले अफ्रो–युरेसियाली ध्रुवस“गै उत्पादनशीलता विकास गर्न अझ सक्रिय भूमिका खेल्न सक्छ।
सन् १९५० को दशकमा चीनका प्रधानमन्त्री चाओ एन लाइले शान्तिपूर्ण सहअस्तित्वको कार्यक्रम अघि सारेका थिए। एक्काइसौँ शताब्दीमा पश्चिमा देश र चीनबीचको सहअस्तित्व शान्तिपूर्वक मात्र होइन, आपसमा रूपान्तरणकारी हुन सक्छ। आपसी रूपान्तरणकारी सहअस्तित्वका रूप धेरै थरी हुनसक्छन्। तर चीनको खुलापनका लागि युरोपेली सङ्घ उत्प्रेरक हुनसक्छ भने चीन पनि युरोपको सहकार्यका लागि शक्तिशाली उत्प्रेरक बन्न सक्छ।
चिनिया“ समाजको आयाममा डिजिटल क्रान्तिले ठूलो प्रभाव पारिरहेको छ। तर आजको डिजिटल चीनले युरोपलाई नया“ आकांक्षासहितको डिजिटल युगमा प्रवेश गर्न आग्रह गर्छ। डिजिटल वा कृत्रिम बौद्धिकता (एआई) ले सिर्जना गर्न सक्ने मूल्य असीमित हुन्छ। डिजिटल युगले बराबरीको खेल अवधारणा (जिरो सम गेम) भन्दा धेरै अघि बढेर अन्तर्निर्र्र्भरताको आयाममा अँगाल्न आमन्त्रण गर्छ।
चीन आज बृहत् व्यापारिक क्रान्तिको सुरुवाती बिन्दुमा छ। सन् २०१५ मा चीनमा प्रत्येक एक मिनेटमा आठवटा निजी कम्पनी स्थापना भए। प्रतिदिन १२ हजार निजी कम्पनी स्थापना भए। चीनको खुलापनको निरन्तरताले सहयोग प्राप्त, उत्साहित र सुनिश्चित गरेको पश्चिमा र चिनिया“ निजी व्यापारिक संस्थाको सम्बन्धले नया“ विश्व अर्थतन्त्र सिर्जना गर्नुका साथै सामाजिक मूल्य मान्यताको समेत रचना गर्यो।
पश्चिमा आधुनिकीकरणले चीनको रूपान्तरणमा सकारात्मक योगदान गर्यो तर का“चुली फेरिएको विश्वव्यापी चीनले मात्र विश्वलाई समृद्धि र विकासको अर्को चरणमा पुर्याउन सक्नेछ। कदाचित शान्तिपूर्ण सहअस्तित्वको आधारले हामीलाई द्वन्द्वको चंगुलमा फस्नबाट जोगाउ“छ भने आपसी रूपान्तरणकारी सहअस्तित्वको बहुआयामिक अवधारणाले सहकार्यको बाटोमा अझ नजिक पुर्याउनेछ।
(लेखक युरोप–चीन मञ्च (२००२) र नयाँ रेशम मार्ग कार्यक्रम (२०१५) का संस्थापक हुन्। उनको नया“ पुस्तक ‘द स्लिपिङ जायन्ट अवेक्स’ प्रकाशनोन्मुख छ। प्रस्तुत लेख सोही पुस्तकको अंश हो। स्रोत : चाइना डेली। अनुवाद : नीरज लवजू।)
प्रकाशित: १८ पुस २०७५ ०२:३८ बुधबार