साना नानीलाई राजनीतिक दलका भातृ संगठनका बिल्ला लगाइदिने विरोध कार्यक्रम गर्नु पर् यो कि स्कुले विद्यार्थीलाई प्रयोग गर्ने अनि शैक्षिक संस्था बन्द गर्ने हाम्रो प्रवृत्ति नै बनेको छ। हामी वयस्कहरुमा सामान्य अवस्थामा पनि कर्तव्यबोध हराउँदै गएको छ। अधिकारमुखी समाजको निर्माण कर्तव्यबोधको अभावमा औचित्यविहीन र निरर्थक हुन्छ। बालबालिकालाई बालबालिकाकै रुपमा लिउष र उनीहरुलाई पठनपाठन र सिर्जनात्मक कार्यमा नै लाग्न दिऊँ भन्ने सोच आवश्यक छ। हामी राजनीति गर्नेहरु नराम्रो कार्य गर्दा पहिला उसले गर्न हुने हामीले वा मेरो दलले अहिले गर्न किन नहुने भनेर औचित्य साबति गर्न खोज्छौँ।
हिजो अरुले गल्ती गरेका थिए हामीले त्यसलाई उचित नठानेर विकल्प दिएका छौँ भन्ने इच्छा र सोच हामी कसैमा पनि नहुनु अवश्य पनि दुखको विषय हो। स्वस्थ सजग कर्तव्यपरायण सहयोगी र मैत्रीपूर्ण समाज आजको आवश्यकता हो। बालबालिका र युवामा यसबाट देश र समाजप्रति उत्त।दायी भावना विकास हुन्छ। तर हामीले यसमा कहिल्यै निष्पक्ष भएर ध्यान दिन सकेका छैनौं। संयुक्त राष्ट्र संघका पूर्व सहायक महासचिव कूलचन्द्र गौतमले एउटा लेखमा स्वस्थ शिक्षित सिर्जनात्मक र सामाजिक रुपमा सचेत बालबालिका नै समुन्नत राष्ट्रका आधारशीला हुन् भन्ने लेख्नु भएको छ। त्यसका लागि वातावरणमात्र बनाउन सकेमात्र पनि हामी कल्पना गरेको समाज निर्माणका बाटोमा अगाडि बढ्न सक्छौं।
मानिसहरु टायर बालेर बाटो बन्द गरेर पसलहरुमा धावा बोलेर शैक्षिक संस्था बन्द गरेर र त्यस्तो उपद्रो गरेर बेलुका थकित भएर घर फर्कदा गर्वको अनुभव गर्दछन् रे। सरकार पनि न्यूनतम जायज मागप्रति सजग हुने र सार्वजनिक स्वास्थ्य तथा जनजीवनलाई अझ कष्टकर बनाउने कार्य आन्दोलनकारीले पनि नगर्ने वातावरण निर्माण आजको आवश्यकता हो। हामी हड्ताल बन्द आयोजना त गर्छौँ र हामीले गरेका कार्यको दीर्घकालीन परिणाम के हुन्छ भन्न्ोमा भने कहिल्यै ध्यान दिन दिँदैनौ। त्यसले गर्दा कार्यक्रमको औचित्य साबिच नहुने मात्र हैन परिणाम पनि नकारात्मक नै हुन्छ। अरुका कुरा नसुन्ने आफ्ना धारणामात्र लाद्न खोज्ने लक्ष्यप्रति उदासीन युवाले देशलाई अनिश्चित र कहालीलाग्दो भविष्यबाहेक केही दिन सक्दैनन्। परीक्षा दिन जान लागेको विद्यार्थीलाई बन्दकर्ताले साइकल रोक्छ र भन्छ - कि रोक नत्र साइकल आगोमा फालिदिन्छु। आफू परीक्षा दिन जान लागेको बताउनेबित्तिकै बन्दकर्ता भन्छ -मेरो पनि जाँच छ। तँलाई मात्र पढैया बन्नु छ देशका लागि पढाइ छोड्नसक्नु पर्छ। उसको यस भनाइलाई कसरी हेर्ने बन्दकर्ताले देश समाज र आपुूलाई नै बर्बाद गरिरहेको देखिन्छ तर उस्ले आफ्नो तर्कलाई उचित मानिरहेको हुन्छ।
विदेशमा पढ्न गएका कतिपय युवाको पढाइ सकिएपछि नेपालबाट आमाबाबु र साथीसंगीले अब नेपाल आऊ भन्छन्। मन्दीको कारणले विकसित राष्ट्रमा पनि राम्रो काम पाइन छाडेको छ भन्ने तर्क पनि गर्लान्। उताबाट भने ुकमसेकम नेपालमा जस्तो दण्डहीनता उद्दण्डता तथा अराजकता त यहाँ छैन निु भन्ने गरेको सुनिएको छ।
पढेलेखेका सिर्जनशील युवालाई देशमा आउनै मन नलाग्ने अवस्था सिर्जना गर्दैछौँ भने हाम्रो समाज कस्तो होला
मुलुकमा कतिपय स्थानमा राणाकालमा विकासको अवस्था जस्तो थियो अहिलेसम्म पनि त्यस्तै छ। जनजीवनमा भौतिक वा सामाजिक अवस्थामा केही अन्तर परेको छैन। फरक केमात्र छ भने अहिले अशान्ति छ र आपुनै घरमा पनि ढुक्कसँग सुत्न डर छ। आफ्नो पाकेको खेती भित्र्याउन पाइने हो कि होइन भन्ने चिन्ता लिनुपर्ने अवस्था छ। यो राष्ट्रका लागि नै असह्य पीडा नै हो। अन्यत्र जहाँ विकास भएको छ त्यहाँ पनि शान्ति नहुँदा निरर्थक हुन पुगेको छ। संरक्षण र समानता तथा सौहार्दता नभए विकास अपूरो र अधुरो हुन्छ।
सदुपयोग गरिएमा बमले बाटो बनाउँदा चट्टान फोर्छ। दुरुपयोग गरिएमा बमले मानिस मार्छ। अब हाम्रा युवाले सोच्ने बेला आएको छ बम बसमा विद्यालयमा एम्वुलेन्समा हान्ने कि बम हानेर पुल भत्काउने कि त्यसलाई बाटो बनाउन प्रयोग गर्ने अनि ससाना स्कूले भाइबहिनीलाई जबर्जस्ती टायर बाल्न लगाउने कि शान्तिपूर्वक हुर्कन दिने परीक्षा दिन गएको साथीलाई बाटैबाट फर्काउने कि सँगै गएर जाँच दिने ?
प्रकाशित: १ असार २०६६ १९:५९ सोमबार