२ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

घट्दो सदाचार बढ्दो दुराचार

भ्रष्टाचार नेपालमा खग्रास ग्रहण जस्तै लागेको छ । हालै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस कटुुतथ्यलाई सार्वजनिक गरेका छन । विशेष गरी जन प्रतिनिधिहरू नै भ्रष्टाचारमा संलग्न रहेको भनेका छन् । जनप्रतिनिधिहरूले भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्नेमा उल्टै यस्तो दुुराचारमा मुछिनु नराम्रो हो । यसरी रक्षक नै भक्षक हुने हो भने देशको समृद्धिको कल्पना साकार हुने छैन।

ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार २०१७ मा गरिएको १८० देशको सर्वेक्षणमा नेपाल १२२ औँ देशमा परेको छ । हुन त नेपाल पोहोर १२४ औँ स्थानमा थियो । सार्कमा बंगलादेश १४३ नम्बरमा छ । अरु सबै भुटान २६, भारत ८१, श्रीलंका ९१, माल्दिभ्स ११२ र पाकिस्तान ११७ नम्बरमा रहेका छन् । प्रथम स्थानमा न्युजिल्यान्ड रहेको छ भने अन्तिम स्थान सोमालिया छ।

भ्रष्टाचार दुुराचारपूर्ण कार्यकलाप हो । यसलाई एकीकृत सदाचार सिद्धान्तअनुरूप सम्बोधन गरिएको हुन्छ । यसअन्तर्गत कारणवाद, चरित्रवाद, गुुणवाद तथा अन्तज्र्ञान पर्छन् । कारणवादले कुनै पनि कार्यकलापलाई सदाचार या दुुराचारका रूपमा त्यसको परिणामअनुसार ठहर गर्छ भने चरित्रवादले परिणामलाई विचार नगरी कार्यकलाप नै सदाचार या दूराचारपूर्ण हुुने विश्वास गर्छ।

रणका लागि कारणवादले हत्यालाई दुुराचारपूर्ण मान्छ किनभने हत्याले जन्मकैदजस्तो नराम्रो परिणामलाई निम्त्याउँछ । चरित्रवादले बलात्कारलाई दुुराचारपूर्ण मान्छ किनभने यो सुन्दैमा राम्रो होइन र यसको परिणामलाई पर्खिरहनु पर्दैन । गुणवादले खुसीको सिर्जना गर्ने कार्यलाई राम्रो ठान्छ । कसैको उपकार गर्नु गुणवान् कार्य हो । अन्तज्र्ञानले दृष्टिले रङ्गको बारेमा थाहा पाएजस्तै कुनै पनि कार्यकलाप दुुराचारपूर्ण भए–नभएको थाहा पाउन सकिने कुरालाई जोड दिएको पाइन्छ।

भ्रष्टाचारलाई गुणजन्य सदाचारवादले प्रभावकारिताका साथ सम्बोधन गर्न सकिने मानिएको छ। यसलाई सुुकरातले विस्तृत रूपमा विश्लेषण गरेका छन् । उनका अनुसार पूर्णता प्राप्ति जीवनको उद्देश्य हो र सर्वाेच्च आदर्श प्राप्त गरे मात्र जीवन पूर्ण हुन सक्तछ । तर सर्वाेच्च आदर्शको प्राप्ति सहज हुँदैन किनभने यसका लागि पर्याप्तता तथा अपर्याप्तताको स्वर्णिम मध्यममानको निर्वाह गर्नुपर्छ। अथवा पर्याप्तमा मात्तिने र अपर्याप्ततामा आत्तिने काम गरिनु हुँदैन। यसका लागि ठीक मानिससित ठीक समय तथा ठीक हदसम्म ठीक प्रकारले ठीक कार्य गर्नु सक्नुपर्छ। यस्तो असलियत प्राप्त कसै कसैले मात्र गर्न सक्ने हुनाले यो सराहनीय तथा श्रेष्ठतम हुन्छ।

सुकरातले मांशपेसीलाई सबल बनाउन दैनिक व्यायाम गर्नु परेजस्तै सदाचारको प्राप्तिका लागि नैतिकताको अभ्यास नियमित रूपमा गरिनुपर्छ भनेका छन् । सङ्गीत अथवा कलाको साधना जस्तै दैनिक अभ्यास नगरी सदाचार तर्कबाट मात्र प्राप्त गरिने वस्तु होइन । हामी सबैलाई कसरी सदाचारी हुने भन्ने थाहा हुन्छ तर हामी यसको बारेमा थाहा पाएर  पनि अभ्यास गर्दैनौँ।

यो कार्य चिकित्सकले दिएको औषधी नखाए समान हो । यसो गर्दा शरीर स्वस्थ रहँदैन भने थाहा भएर पनि त्यसको अभ्यास गरिएन भने आत्मा स्वस्थ्य रहँदैन । आत्मा स्वस्थ रहेन भने सुख प्राप्त हुँदैन । तर सदाचारको पालना विभिन्न संस्कृतिमा फरक हुन सक्तछ । उदाहरणका लागि, मानिसतर्फ खुट्टा फर्काएर बस्दा एसियाली समाजमा राम्रो मानिँदैन तर अमेरिकी समाजमा यसको कसैले पनि ख्याल गर्दैन । हत्या गरेको व्यक्तिलाई कुनै देशले फाँसी दिन्छ भने कुनै समाजले जन्म कैद मात्र । तर यसरी सजाय दिँदा दुवै देशले हत्यालाई नकारेको कुरा देख्न सकिन्छ।

भ्रष्टाचारले भूमण्डलीय परिघटनाको रूप ग्रहण गरेको छ । यो प्रजातन्त्रवादी, तानाशाही देश तथा विभिन्न संस्कृतिमा विद्यमान भएको पाइएको छ । त्यसकारण यसलाई नियन्त्रण गर्न कार्यहरू नभएका होइनन् । लोक सेवा तथा बजेट प्रणालीलाई परिवर्तन गर्ने, कर प्रणालीलाई सरलीकरण गर्ने कर सङ्कलन क्षमतालाई प्रबल बनाउने, न्यायपालिकालाई सुुधार गर्ने, वित्तीय नियमलाई परिवर्तन गर्ने र आम सञ्चार तथा गैरसरकारी संस्थाजस्ता नागरिक समाजका अङ्गलाई सबल बनाउने आदि पर्छन् । तर सरकारभित्र तथा बाहिरका शक्तिशाली समूह तथा व्यक्तिले यसलाई सहयोग गर्नुपर्छ। परन्तु नेपालमा यस्ता अधिकांश समूहहरू नै भ्रष्टाचारमा चुर्लुम्म डुबेकाले यो सफल हुन सकेको छैन।

विशेषतः भ्रष्टाचार न्यूनीकरणको अभियान दुई धरातलमा हुनुपर्छ । पहिलो नैतिक धरातलमा जसअन्तर्गत सरकारी कर्मचारीलगायत समाजका हरेक सदस्यलाई भ्रष्टाचार अनैतिक कार्यकलाप भएकोबारे विश्वस्त बनाउनुु पर्छ। यसपछि कार्यगत धरातलमा भ्रष्टाचार नियन्त्रण कार्यक्रमलाई कार्यान्वयन गर्नुुपर्छ।

चाणक्यले भ्रष्टाचारलाई नियन्त्रण गर्न जासुसी संयन्त्रको सिर्जना गर्नुुपर्नेतर्फ जोड दिएका थिए । नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग यसका लागि स्थापना गरिएको हो । तर यो अपेक्षा अनुरूप प्रभावकारी हुन सकेको छैन । चाणक्यले भ्रष्ट व्यक्तिको बारेमा सूचना दिनेलाई पुरस्कार दिने पनि व्यवस्था गरेका थिए । कर्मचारीहरूलाई समय समयमा सरुवा गर्ने कार्य पनि महत्वपूर्ण भएको व्यक्त गरेका थिए । अहिलेसम्म पनि सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई प्रान्तमा सरुवा गर्न नसकेकाले यो नेपालमा त्यति सरल छैन।

इटालीमा राजा फेडेरिकोको तानाशाही विरुद्ध एघारौँ शताब्दीमा माफिया अस्तित्वमा आयो । सुरुमा यसले जनतालाई न्याय दिनुका साथै अमनचैयनको कायम पनि गरेको थियो । तर पछि गएर आफैँ भ्रष्ट तथा तानाशाही भयोे । यसकारण अन्य देशमा कर छल्नुलाई विश्वासघात मानिने भए तापनि आम इटालेली भ्रष्ट सरकारलाई कर तिर्नुु र कर छल्नुुमा विशेष अन्तर देख्दैनन्  । नेपालमा पनि राजतन्त्रको विरोधमा अहिलेका राजनीतिक दल नेपाली कांग्रेस, एमाले तथा एमाओवादीले कदम चालेका थिए । जनताले पनि साथ दिएका थिए । तर अहिले कर्णाली प्रदेशका मुख्य मन्त्रीको भनाइ अनुसार उनीहरू नै र विशेष गरेर सत्ताधारी एमाले तथा माओवादी पार्टीहरू नै भ्रष्टाचारमा लीन भएका छन् । इटालीमा जस्तै नेपाली समाजले भ्रष्टाचारलाई सैद्धान्तिक रूपमा राम्रो माने पनि व्यावहारिक धरातलमा त्यस्तो छैन।

कुुनै यन्त्रले काम गर्न छोडेको खण्डमा त्यसलाई परिवर्तन गरिन्छ । सत्ताधारी दल पनि यसबाट अपवाद रहन सक्तैन । तर अहिलेको नेपालको सरकार दुुई तिहाइ बहुमतको हुुँदा हुुँदै पनि टुुलुुटुुलुु हेरेर बसेको जस्तो देखिन्छ । यस परिस्थितिमा सुधार नभए जनताले मुकदर्शक भएर बस्नु हुँदैन । काम गर्न नसक्ने अकर्मन्य सरकारलाई मध्यावधि निर्वाचन गराएर पनि परिवर्तन गरेपछि मात्र भ्रष्टाचार र यस्ता अन्य विकृतिको न्यूनीकरण हुन सक्तछ।

प्रकाशित: १६ कार्तिक २०७५ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App