मानव सभ्यताको विकासको क्रममा मानव चेतना र श्रमले सृजना र निर्माण गरेका जे जति पनि कुरा छन् ती सबै संस्कृति हुन् । धर्म संस्कृतिको एउटा हिस्सा हो । सभ्यताको विकास क्रमसँगै मानवले निर्माण र विकास गरेका संस्थाहरूमध्ये धर्म पनि एउटा संस्था हो । समय र कालक्रमसँगै मानव समुदायले संस्कृतिको निर्माण, विनिर्माण र पुनःनिर्माण गर्दै आएको छ।
धर्म संस्कृतिको एउटा हिस्सा हुुँदाहुुँदै पनि यसले संस्कृतिको निर्माण, विनिर्माण र पुनः निर्माणमा महत्वपूूर्ण भूमिका निर्वाह गरिरहेको छ । यस्तो लाग्छ, धर्म संस्कृतिको हिस्सा होइन कि यो कुनै लौकिक जगत्बाट कसैले निर्देशित गरिरहको छ र मानव समुुदाय यसलाई अक्षरशः पालन गर्न बाध्य छ तथापि यो मानव मर्यादाको प्रतिकूल छ । मान्छेले परिवर्तनका धेरै चरण पार गर्दा समेत यसको अनुसरण गर्ने तरिकामा र प्रभावकारितामा खासै देखिने परिवर्तन आउन सकेको छैन । धर्मले मान्छेको हर दैनिकीलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित पारिरहेको छ । व्यक्ति, परिवार, समाज, राष्ट्र यतिसम्म कि विश्वको मानचित्रमा समेत फेरबदल गर्न सक्ने ताकत धर्मले राखेको देखिन्छ।
बहुसंख्यक मान्छेहरूको जन्मदेखि मृत्युुसम्म जीवन प्रक्रियामा यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव गम्भीररूपमा देख्न सकिन्छ । ‘धर्मको अर्थ केवल पूजा पाठ, सन्ध्या वन्दना र प्रार्थना मात्र होइन । धर्म शब्दले ती सबै कुराको ज्ञान हुन्छ जुन यस जीवनमा मनुष्यलाई आवश्यक छ । त्यसकारण हाम्रो धर्मको परिधिभित्र भोजन, आचार, व्यवहार उठबस सबै आउँदै छ । समाजका ती नियम जसलाई हामी विधान या कानुन भन्छौँ । त्यसकारण मनुुस्मृतिलाई धर्मशास्त्र भनिन्छ।’
राज्यले ऐन कानुन बनाएर पनि त्यसको प्रभावकारी कार्यान्वयन गर्न सकेको छैन।
धर्मको उत्पत्ति इतिहासको एउटा कालखण्डमा भएको थियो । प्रकृतिको रहस्यलाई बुुझ्न नसक्दा, ब्रम्हाण्डको उत्पत्ति र त्यसको वैज्ञानिक विकासक्रमको प्रक्रियालाई मानव मस्तिष्कले खुुट्टयाउन नसक्दा प्रकृतिको रहस्यलाई धर्मको नाम दिइयो र मानवको जैविक र सामाजिक जीवन प्रक्रियालाई धर्मसँग जोडेर हेरिन थालियो । बिस्तारै धर्मसँग पवित्रता र अपवित्रता जोडिँदै गयो । राज्यको विकाससँगै समाजमा जब पितृसत्ता हाबी हुँदै गयो धर्म पनि विभेदकारी बन्दै गयो । शक्तिशालीले निर्धालाई दमन, शोषण र अत्याचार गर्ने माध्यम बन्यो । पूर्वजन्म र पूूनर्जन्मको, पाप र धर्मको डर, त्रास देखाएर मान्छेलाई आफ्नो नियन्त्रण राख्न विभिन्न मिथकहरू प्रचलनमा ल्याइयो।
महिलामाथि इतिहासको विभिन्न कालखण्डदेखि वर्तमान अवस्थासम्म आउँदासम्म पुरुष हैकम स्थापित गर्न धर्मशास्त्रहरू नै कामयाव भएको देखिन्छ । जुुनसुुकै धर्मले पनि महिलालाई पुुरुष सरहको समान हैसियत भएको मानवका रूपमा स्थान दिन सकेको छैन । महिलालाई पुुरुष सरहको स्वतन्त्र नागरिकको रूपमा सम्मानजक हैसियत छैन।
अहिले पनि संसारभरि नै धर्म पितृसत्तासँग जोडिएकाले कुनै न कुुनै रूपमा महिलालाई राज्यले समेत पुुरुषसरह समान हैसियत दिन कन्जुुस्याइँ गरिरहेको छ । तर, खासगरी इसाई धर्म र बौद्ध धर्ममा र अन्य केही धर्महरूमा समाज रूपान्तरणको प्रक्रियासँगै आएका सुुधार र उदारवादी अवधारणाले ती समाजमा महिलाहरूको हैसियतमा धेरै सुधार आएको देखिन्छ । पश्चिमी देशहरू र पूर्वी एसियाका देशहरूमा महिलाको हैसियत माथि उकास्न राजनैतिक सुधारका साथै धार्मिक सुधारले महत्वपूर्ण भूूमिका खेलेका छन् । तर नेपालजस्ता देशहरूमा राजनैतिक सुधार हुँदाहुँदै पनि धार्मिक सुुधारको क्षेत्रमा खासै चासो र चिन्ता अभिव्यक्त नभएको हुँदा राज्यले महिलाका अधिकार र अस्मितालाई संरक्षण गर्न ऐन, नियम, कानुनहरू निर्माण गर्दागर्दै पनि महिलाहरू विभिन्न खालका हिंसाबाट प्रताडित हुन बाध्य छन्।
नेपालजस्ता देशहरूमा राजनैतिक सुधार हुँदाहुँदै पनि धार्मिक सुुधारको क्षेत्रमा खासै चासो र चिन्ता अभिव्यक्त नभएको हुँदा राज्यले महिलाका अधिकार र अस्मितालाई संरक्षण गर्न ऐन, नियम, कानुनहरू निर्माण गर्दागर्दै पनि महिलाहरू विभिन्न खालका हिंसाबाट प्रताडित हुन बाध्य छन्।
नेपाल बहुभाषिक, बहुधार्मिक, बहुुजातीय र बहुसांस्कृतिक राष्ट्र« हो । तर शताब्दीयौँदेखि हिन्दु राज्य व्यवस्थाको वर्चस्व कायम भएको र हिन्दु धर्मशास्त्रअनुुसार समाज र राष्ट्र चलेको हुँदा र विगतमा राज्यले नेपाललाई असली हिन्दुस्तान बनाउने नाममा जबर्जस्ती हिन्दु धर्म लादिएको हुँदा जुुनसुुकै जाति र समुुदायमा पनि हिन्दुु धर्मको प्रभाव अत्यधिक छ । चाहे त्यो इसाई होस् या बौद्ध, प्रकृतिपूजक होस् या अन्य धर्मावलम्बी । त्यसैले जुनसुुकै जाति या समुदायका महिला धेरैथोरै हिन्दुु धर्मले महिलाप्रति हेर्ने दृष्टिकोणबाट प्रभावित छन् । यहाँ बसोबास गर्ने मुुस्लिम धर्मावलम्बीहरूमा हिन्दुु धर्मको खासै प्रभाव देखिँदैन । महिलाहरू मुुस्लिम धर्ममा पनि अति नै पीडित र प्रताडित छन् । तर उनीहरूको बाह्य संसारसँगको सम्बन्ध साँघुुरो भएकाले घरेलु हिंसाबाट पीडित भएको भए तापनि सामाजिक हिंसाबाट भने खासै पीडित भएको देखिँदैन।
लोकतान्त्रिक राज्य व्यवस्थाको स्थापनासँगै महिलामाथि हुुने हिंसालाई न्यूूनीकरण गर्न राज्यले धेरै ऐन, नियम कानुनहरू बनाइसकेको छ । शिक्षा, स्वास्थ्य, रोजगार आदिमा महिलालाई उच्च प्राथमिकता दिएको छ । तर त्यसका बाबजुद महिला माथि हुने जघन्य हिंसामा भने खासै कमी आउन सकेको छैन । राज्यले ऐन कानुन बनाएर पनि त्यसको प्रभावकारी कार्यान्वयन गर्न सकेको छैन।
महिलालाई समान हैसियतको नागरिकका रूपमा राज्य संयन्त्र परिचालन गर्ने निकायमा बस्ने व्यक्तिहरूले पनि व्यवहारतः स्वीकार्न सकेका छैनन् । त्यही कारणले गर्दा नै राष्ट्रि«य अन्तर्राष्ट्रि«य दबाबमा ऐन कानुनहरू बन्दा समेत नियम कानुनको अक्षरशः पालन हुन सकेको छैन । एक जना नेपाल प्रहरीका उच्च पदाधिकारीले एउटा अन्तर्वार्तामा भनेका थिए, ‘राज्यका विभिन्न निकायहरू पनि समाजकै प्रतिविम्ब हुुन् । जतिसुुकै ऐन, कानुन, नीति, नियम, कार्य योजनाहरू बनाए पनि मान्छेको मनोविज्ञानमा परिवर्तन आएको छैन भने त्यसको कार्यान्वयनमा चुुनौति आउँछ । त्यसैले हामीले राजनैतिक सुधारका साथै सामाजिक सुधारमा समेत अभियान चलाउन जरुरी छ ।’ भन्नुको मतलब महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुुन जरुरी छ भन्नु हो।
राजनैतिक सत्ताको परिवर्तनका बाबजुद महिलालाई हेर्ने दृष्टिकोणमा किन परिवर्तन आउन सकेन ? महिला हिंसामा किन कमी आउन सकेन । छ महिनाको अबोध बालिकासँगै ६० वर्षका वृद्ध महिलासमेत किन बलात्कारको शिकार भएका छन् ? महिलामाथि हुुने घरेलुु हिंसा र अन्य यौनजन्य हिंसा बढ्दो छ ? यी यावत् प्रश्नहरूको उत्तर खोज्ने बेला आएको छ।
नेपाली राजनैतिक सत्ताको चरित्र र चिन्तन लोकतान्त्रिक भए तापनि सामाजिक सत्ताको चरित्र र चिन्तन भने अहिले पनि हिन्दु धर्मशास्त्रद्वारा निर्देशित छ । यो जातिवादी छ, पुरुषवादी छ, एउटा धर्म र संस्कृतिबाट बढी प्रभावित छ । समाजमा राज्यको कानुनभन्दा प्रथाजन्य कानुन खासगरी हिन्दु धर्मशास्त्रमा उल्लेख भएका विधि विधानले बलियो जरा गाडेको छ । यो स्वाभाविक पनि हो । हजारौँ वर्षदेखि मान्छेले राज्यसत्ताभन्दा पनि सामाजिक सत्तालाई केन्द्रमा राखेर आफ्नो जीवन पद्धतिलाई अगाडि बढाइरहेको छ।
साथै विगतमा धर्मशास्त्रले निर्देश गरेको विधानले सिंगो राष्ट्रलाई समेत परिचालन गरेको हुँदा यसको प्रभाव धेरै थोरै समाजमा हुुनु स्वाभाविक हो । त्यसमा थप के भएको छ भने विगतमा धर्मशास्त्रकै आदेशमा चलेको समाजमा विद्यमान ऐन कानुनमा राज्यले धेरै हदसम्म परिमार्जन गरेको भए तापनि धर्मको नाममा धर्मशास्त्रले संरक्षण गरेका विधि विधानमा परिवर्तन गर्न कतिपय अवस्थामा धर्मशास्त्रका रूपमा समाजमा व्यापकरूपमा प्रचलित त्यस्ता पुस्तकहरूमा समेत संशोधन गर्नुपर्नेमा वा समयसापेक्ष रूपमा परिमार्जन गर्दै जानुपर्छ अथवा त्यस्ता पुस्तकहरू अध्ययन गर्नमा रोक लगाइनुुपर्छ भन्नेतर्फ ध्यान नजानुुको कारणले गर्दा पनि राज्यको ऐन कानुनको कार्यान्वयमा चुुनौती आएको देखिन्छ।
प्रकाशित: ११ आश्विन २०७५ ०३:३९ बिहीबार